घरमा पालेका जनावार नै आफ्नो रोगका कारक !

Posted by Sura Health on |







                                                                               
           काठमाण्डौं । अधिकांश नेपालीका घरमा कुनै न कुनै घरपालुवा जनावर हुन्छन् । तर, ती घरपालुवा जनावर सुरक्षित र स्वस्थ छन् छैनन् विचार गर्नुभएको छ ? तपाईंले पाल्नुभएको जनावर सुरक्षित र व्यवस्थित तरिकाले पाल्नुभएको छैन भने होस् गर्नोस्, तिनै जनावरबाट रोग निम्तिरहेको पनि हुन सक्छ । पशुबाट मानिसमा सर्ने रोग (जुनेटिक) सम्बन्धी अध्ययन गरेका चिकित्सकहरूका अनुसार, आफंैैले पालेका जनावरबाट पनि मानिसमा रोग सरिरहेको हुन्छ, जुन दीर्घकालसम्म पनि देखिँदैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जुनेटिक रोग नियन्त्रण अधिकृत डा.जितेन्द्रमान श्रेष्ठका अनुसार नेपालमा पशुबाट मानिसमा सर्ने ६ प्रकारका रोग छन् । ती रोगहरूमा इन्ङ्खलोइन्जा, लेप्टोस्पाइरोसिस, बु्रसेल्लोसिस, सिस्टिसर्कोसिस, हाइडेटिडोसिस र टक्सोप्लाज्मोसिस रहेका छन् । यस्ता रोगहरू पशुबाट मानिसमा सरे दीर्घकालीन असर पर्ने गर्छ । ‘यी रोगबाट संक्रमित घरपालुवा जनावरसँगको संसर्गबाट मानिसमा सर्ने उच्च सम्भावना छ,’ डा.श्रेष्ठले भने, ‘यी रोगहरूको उच्च सम्भावना भए पनि पशुबाट मानिसमा सर्ने रोगहरूको प्रारम्भिक लक्षणहरू पत्ता लगाउन मुस्किल पर्छ ।’ विशेषगरी गाई, भैंसी, सुँगुर, बंगुर, भेडा र बाख्राका मलमूत्रबाट मानिसमा यो रोग सर्ने गरेको राजधानी दैनिकमा खबर छ । यस्तै, हाँस, कुखुरा परेवा आदिबाट पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ । उपचारमा हेलचेक्र्याइँ गरे दीर्घरोगीसमेत हुन सक्ने डा.श्रेष्ठको भनाइ छ ।

सुरुमा सामान्य भाइरलसँग मिल्ने लक्षणहरू देखिए तापनि परीक्षण नगरी जुनेटिक रोग/होइन भनी पत्ता लगाउन नसकिने उनको तर्क छ । पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक विजयकान्त झाकाअनुसार यी रोगका जीवाणुहरू पशुको रगतमा मिसिने र पिसाबको माध्यमबाट मानिसमा सर्ने गर्दछ । ‘ब्रुसेल्लोसिस ब्रुसेल्ला नामक ब्याक्टेरिया घरमा पालिएका भेडा, बाख्रा, गाई, भैंसी, कुकुर, सुँगुर बंगुरमा संक्रमण भए तिनीहरूबाट प्राप्त हुने राम्ररी प्रशोधित नगरिएको दूध, चिज, मासु, क्रिम मानिसले प्रयोग गरेमा यो रोग सर्ने गर्छ । यसका साथै यो रोगबाट मृत्यु भएका जनावर जथाभावी फाल्दा यो रोगको संक्रमण वढी हुन्छ ।’ सस्टिसर्कोसिस रोग कुकुर र बंगुरहरूमा देखिने फित्ते जुकाबाट मानिसमा सर्ने रोग हो ।

यो रोग लागेका कुकुर र बंगुरले जथाभावी, दिसापिसाब गर्दा त्यसमा भएका अन्डा, सागपात र घाँसमा छोडिन गई राम्ररी सफा नगरी खाँदा मानिसमा सर्ने निर्देशक झा बताउँछन् । उनका अनुसार यो रोग मानिसमा सरे सीधै दिमागमा असर परी मानिसको मानसिक अवस्था असामान्य हुने हुन्छ । गाईवस्तुको बासस्थानलाई सफा नराख्दा हाइडेटिडोसिस रोगको संक्रमण बढी देखिएको झा बताउँछन् । यो रोग लागेका जनावरको मलमूत्रबाट मानिसमा सर्न गई हातखुट्टामा फोका आउने, पाक्नेजस्ता असरहरू गर्ने चिकित्सकहरू बताउँछन् । पशुबाट मानिसमा सर्ने अर्को रोग टक्सोप्लाज्मोसिस हो ।                                                                                                                                                                

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips