You are here: Home /
Health News / अन्तर्राष्ट्रिय अवार्ड नेपाली प्राध्यापकलाई Health Award
 |
| padam simkhada |
बेलायतको द युनिभर्सिटी अफ सेफिल्डका वरिष्ठ प्राध्यापक डा. पदम सिम्खडा ग्लोबल हेल्थ रिसर्च अवार्ड, २०१३ बाट सम्मानित भएका छन् । विश्वव्यापी संगठन भएको अमेरिकास्थित इन्टरनेश्नल इपिडियोमोलोजिकल एसोसियनले जनस्वास्थ्य क्षेत्रमा काम गर्ने एक जनालाई बर्सेनि यो अवार्ड प्रदान गर्छ । सोही कार्यक्रमअन्र्तगत यसवर्ष नेपालबाट डा सिम्खडा छानिएका हुन् ।
भारतको महात्मा गान्धी युनिभर्सिटिमा उनलाई अवार्डद्वारा सम्मानित गरिएको हो । महात्मा गान्धी युनिभर्सिटिका उपकुलपति डा एभि जर्ज र केरला स्टेट आइयर एजुकेसन काउन्सिलका भाइस चेयरपर्सन टिपि श्रीनिवासनद्वारा संयुक्त रुपमा एक कार्यक्रमका बीच उनलाई यो अवार्ड प्रदान गरिएको हो । यो अवार्डबाट सम्मानित हुने उनी पहिला नेपाली हुन् । नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधारका लागि योगदान पु¥याएवापत डा. सिम्खडालाई ग्लोबल हेल्थ रिसर्च अवार्ड प्रदान गरिएको हो ।
‘अवार्डले मलाई थप हौस्याएको छ,’ सिम्खडाले भने ‘अब स्वास्थ्य क्षेत्रको उच्च शिक्षा सुधारका लागि लागिपर्नेछु ।’ बेलायतको द युनिभर्सिटी अफ सेफिल्डमा अन्र्तराष्टिय हेल्थ स्कुल तथा हेल्थ रिसर्चमा संलग्न डा सिम्खडाका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जर्नलमा ७० भन्दा बढी अनुसन्धनात्मक लेख प्रकाशित छन् । प्रजनन् तथा यौन स्वास्थ्य, बसाइसराइ, मातृ तथा शिसु स्वास्थ्यबारे प्रसिद्ध जर्नलमा प्रकाशित उनका अनुसन्धनात्मक लेख नेपाल र अन्य न्युन आय भएका देशका लागि उपयोगी भएको एसोसियनले जनाएको छ ।
यसअघि सेभ द चिल्डे«न र स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. सिम्खडा पोखरा विश्वविद्यालयअन्र्तगतको नोबेल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन मेमोरियल इन्सिटच्युटमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत थिए । सिम्खडा ग्रामिण महिलाको स्वास्थ्य क्षेत्रमा काम गर्ने ग्रिनतारा ट्रस्ट बेलायत र सोही संस्थाको नेपाल शाखामा आबद्ध छन् ।