कोदोका परिकार खानुस् स्वस्थ रहनुस {health food}

Posted by Sura Health on |







कोदोका परिकार खानुस् स्वस्थ रहनुस {health food}

कोदोका परिकार खानुस् स्वस्थ रहनुस {health food}

Millet flour bread 


कोदोका परिकार खानुस् स्वस्थ रहनुस {health food}

राम्रो स्वास्थ्यका लागि तपाईँ हाम्रै बारीमा फल्ने खाध्यान्न निकै फलदायी छन् । आडिलो र धेरै तत्वयुक्त भएर पनि हेलाहोचो गरिने खाध्यान्न कोदोबाट बनेका परिकार स्वास्थ्यका लागि निकै उत्तम हुने स्वास्थ्य विज्ञहरु बताउँछन् । 


विज्ञहरुका अनुसार कोदो निकै आडिलो खाद्यान्न हो । कोदोलाई बच्चाहरुको उत्तम खानाको रुपमा लिईन्छ । नियमित कोदोका परिकार खाने बालबालिका अरु भन्दा स्वस्थ हुन्छन् । कोदोमा फलाम र प्रोटिन तत्व धेरै हुने भएकाले यसले हाड बलियो बनाउन तथा रगतको मात्रा बढाउन सहयोग पुर्याउँछ ।


चिसो, ग्यास्टिक र निन्द्रा नलाग्ने बिरामीलाई पनि कोदोको परिकारले फाईदा गर्छ । कोदोको पिठोले एलर्जी पनि निको हुने विज्ञहरुको भनाई छ । कोदोको पिठोबाठ ढिंडो, खोले, सूप बनाएर खान सकिन्छ । ठूलो लगानी आवश्यक नपर्ने र पहाडका जस्तो सुकै ठाउँमा पनि खेती हुने भएकाले कोदोको उत्पादन तथा अनुसन्धान बढाउन आवश्यक रहेको नेपाली कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ ।


कोदोको माग बिस्तारै बढ्न थालेको छ । माग बढ्न थालेपछि पहाडी क्षेत्रका किसान कोदो खेतीतर्फ आकर्षित हुन थालेका छन् । खाद्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण मानिने कोदो शहरमा बस्नेहरुले पनि रुचाउन थालेपछि माग बढेको हो । 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips