सफल अप्रेशन पेटमै फुटेको एपेन्डिक्सको{news opersoin}

Posted by Sura Health on |







सफल अप्रेशन पेटमै फुटेको एपेन्डिक्सको{news opersoin}

सफल अप्रेशन पेटमै फुटेको एपेन्डिक्सकोnews opersoin
appendix opersoin
गुल्मी, पुस ३ – गुल्मीमा पहिलोपटक पेटमै फुटेको एपेन्डिक्सको सफल अप्रेशन गरिएको छ । 
अमरपुर गाविस १ की १९ बर्षकी दिलमाया मुखियाको सदरमुकामको रेसुंगा अस्पतालमा गरिएको अप्रेसन सफल भएको हो ।

सुरुमा पेट मात्रै दुख्ने मुखियालाई लगातार तीनदिनसम्म पेट दुख्न थालेपछि परिवारले उपचारका लागि जिल्ला अस्पताल लगेका थिए । जिल्ला अस्पतालले मुखियाको पेटमै एपेन्डिक्स फुटेकोले जिल्लामा उपचार सम्भव नभएको भन्दै जिल्ला बाहिरको अस्पतालमा लैजान रिफर गरेको थियो । विरामीलाई खर्चको अभावमा परिवारले सदरमुकामकै रेसुंगा अस्पतालमा लगेको थियो ।

रेसुंगा अस्पतालका डा.निरेश थापा र लक्ष्मण भुसालको टोलीले गरेको अप्रेशन सफल भएको कार्यकारी निर्देशक महेश श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालले दुई महिना अघिपनि यस्तै गम्भीर प्रकृतिको अप्रेशन गरेको थियो ।

पाठेघर भन्दा बाहिरको ट्युवमा बसेको बच्चालाई सफलता पूर्वक ल्यापेरोटोमी अप्रेशन गरेर बाहिर निकालेको हस्पिटलका डा.लक्ष्मण भुसालले जानकारी दिनुभयो ।                                                                                               स्रोत :उज्यालो नाईन्टी

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips