किन हुन्छ यस्तो लापरबाही ( सुत्केरी महिलाको यौनाङ्गमा २ वटा सेनेटरी प्याड )

Posted by Sura Health on |







चितवन, साउन ७   - मेडिकल सिटीको रुपमा चर्चा हुन थालेपछि बिभिन्न जिल्लाबाट चितवनमा उपचारका लागि आउने बिरामीको संख्या बढेपनि विरामीको उपचारमा हुने लापरवाहीका घटना बढ्दै गएका छन् ।
लम्जुङबाट प्रसुतिका लागि चितवन आएकी एक महिलाले स्वास्थ्यकर्मीको लापरवाहीका कारण सास्ती बेहोर्नु परेको छ । साउन १ गते प्रसुतिका लागि भरतपुर अस्पतालमा भर्ना गरिएकी ३५ वर्षकी रोमादेबी गुरुङको यौनाङ्ग भित्र दुई वटा सेनेटरी प्याड राखेर अस्पतालले डिस्चार्ज गरिदिएको छ ।
२ गते बिहान सामान्य अवस्थामा बच्चा जन्माएकी गुरुङको रक्तश्राव रोक्नका लागि प्रयोग गरिएको सेनेटरी प्याड ननिकाली अस्पतालले उहाँलाई डिस्चार्ज गरिदिएको हो ।
अस्पतालबाट डिस्चार्ज भएको तीन दिनपछि शनिबार बेलुकी घरमा घाउ सफा गर्ने क्रममा स्वास्थ्यकर्मी समेत रहेकी गुरुङले यौनाङ्ग भित्र प्याड फेला पार्नुभएको थियो । रातीको समय भएकाले एउटा प्याड घरमै निकालिएको उहाँका श्रीमान गुणराज घलेले जानकारी दिनुभयो ।
अरुपनि प्याड भएको आशंकामा फेरी अस्पताल लगिएकोमा आइतवार अर्को प्याडपनि फेला परेको घलेले जानकारी दिनुभयो । गुरुङलाई संक्रमण हुने आशंकामा फेरी एण्टिबायोटिक औषधि दिएर अहिले भरतपुरको कृष्णपुरमा रहेको आफन्तको घरमा रोमालाई राखिएको घलेले जानकारी दिनुभयो ।
आफूले यसबारेमा उजुरी गरेपछि अस्पतालका स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर सुनिलमणणि पोख्रेल स्वयंमले विरामीलाई हेरेको घलेले बताउनुभयो ।
अस्पतालले गुरुङको उपचारमा खटिने स्वास्थ्यकर्मीको नाम सार्वजनिक गरेको छैन । अस्पतालले विरामीको स्वास्थ्यमा केही खराही देखिए अस्पतालले निशुल्क उपचार गर्ने र पहिला लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गरिने आश्वासन दिएको घलेले बताउनुभयो 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips