मुटु रोगीका लागि खाना |
Posted by Sura Health on |
मुटु रोगका कारण
=========
बढी चिल्लो तथा मसलायुक्त खानेकुरा खानु
चिनी तथा चिनीजन्य पदार्थको प्रयोग बढी मात्रामा हुनु
दाल, गेडागुडी, ताजा फलफूल तथा सागसव्जी खाने बानी घट्नु
खानामा बढी मात्रामा प्रशोधित खानेकुरा समावेश गर्नु
मासुका परिकारको प्रचलन बढ्नु
समयमा खाना खाने बानी हट्नु
जंकफुड र फास्टफुड खाने प्रवृत्ति बढ्नु
के गर्ने ?
धूमपान त्याग्ने
तौल नियन्त्रणमा राख्ने
नियमित व्यायाम गर्ने
स्वस्थ्यकर खाना खाने
रक्तचाप नियन्त्रणमा राख्ने
रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्ने कस्तो खाने ?
कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ । कुल क्यालोरीको करिव १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । एक ग्राम तेलबाट ९ क्यालोरी शक्ति पाइने भएकाले तौल बढ्ने संभावना भएकाले कम मात्रामा तेलको प्रयोग गर्नुपर्छ । तसर्र्थ कम तेलमा पकाउने विधिहरू वफाउने, उसिन्ने पनि प्रयोग गर्नुपर्छ ।
चिल्लो पदार्थ छनौट गर्दा ध्यान दिनुपर्ने कुरा
स्याच्युरेटेड प्mयाट अर्थात् सामान्य तापक्रममा ठोस हुने चिल्लो बढी भएका घिउ, नौनी, वोसो आदिको प्रयोग धेरै कम गर्नुपर्छ । यी चिल्लो पदार्थको अत्याधिक प्रयोग गर्दा रक्त धमनीमा जम्न गई क्रोनरी आर्टरी रोग छिटो हुने संभावना रहन्छ ।
पोलीअनस्याच्युरेटेड फ्याटी एसिड बढी भएका चिल्लो पदार्थ र तेल ठिक मात्रामा प्रयोग गर्नुपर्छ । सनफ्लावरको तेलले रगतमा नराम्रो कोलेस्टेरोल घटाए तापनि मुटुको लागि सुरक्षित मानिएको राम्रो कोलेस्टेरोल नबढाउने भएकोले यस्ता तेल धेरै मात्रामा प्रयोग गर्नु स्वस्थकर हुँदैन ।
मोनोअनस्याच्युरेटेड फ्याटी एसिड बढी भएका तेल तोरी, बदाम, ओलिभको तेल मुटुका लागि राम्रो मानिन्छ ।
ओमेगा ३ फ्याटी एसिड यो हाम्रो शरीरलाई अत्यावश्यक चिल्लो पदार्थ हो । यो शरीरमा नबन्ने भएकाले खानाबाट नै प्राप्त गर्नुपर्छ । यसका थुप्रै फाइदामध्ये यसले रगतमा ट्राइग्लिसराइडको मात्रा घटाउनुको साथै रगत जम्ने प्रक्रियालाई रोक लगाउँछ र रक्तचाप कम गराउँछ । तसर्थ यसको राम्रो स्रोत माछा, तोरीको तेल नियमित रूपमा प्रयोग गरेमा बढी फाइदा पुग्दछ । केही मात्रामा हरिया सागसव्जी, भटमास, कालो दाल र मेथीबाट पनि प्राप्त गर्न सकिन्छ ।
रेसा खानामा रेसादार (फाइबर) युक्त पदार्थ प्रयोग गर्नुपर्छ । फाइबरले कोलेस्टेरोल, वजन घटाउन मद्दत पुग्दछ । मुटु रोगीहरूमा दिशा राम्ररी नहुंदा समस्या हुन सक्ने भएकोले सोको निराकरणको लागि पनि रेसादार खाना बढाउन सकेमा कब्जियतबाट बचाउन सकिन्छ ।
मुटु रोगको प्रमुख कारणमा उच्च रक्तचाप पनि भएकोले नुनको प्रयोगमा विशेष ख्याल राख्नु जरुरी छ । मुटु रोगबाट बँच्न दैनिक ५ ग्राम (एक चिया चम्चा ) भन्दा बढी नुन प्रयोग गर्नु हुँदैन तर नुनको मात्रामा पूरै रोक लगाउनु हुँदैन । साथै नुनिलो खानेकुराको प्रयोग कम गर्नुपर्छ । नुनीलो अचार, टीनमा बन्द गरिएका खानेकुरा खानु हुँदैन ।
You can subscribe by e-mail to receive news updates and breaking stories.