युनिभर्सल मेडिकल कलेजमा आन्दोलन |

Posted by Sura Health on |







universal                            (काठमाण्डौ) असोज १३ /
युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवाका विद्यार्थीहरु कलेज प्रशासन बिरुद्ध आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीले सबै पठनपाठनका कार्यक्रम अवरुद्ध गरेका छन् । गत विहिवार देखि आन्दोलनमा उत्रिएका विद्यार्थीले भोली (सोमवार) देखि ओपिडि सेवा बन्द गर्ने बताएका छन् । कलेज प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएर आन्दोलन शुरु गरेका विद्यार्थीले माग सम्बोधन नभएपछि  ओपिडि सेवा बन्दगर्नु परेको जानकारी दिएका छन् ।

विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको नियम विपरीत कलेजले बढि शुल्क लिएको, होस्टेल सुविधा नभएको, विद्यार्थीको सुरक्षा नभएको, सरकारी अस्पतालमा अभ्यासका लागि नलगेको लगाएका विषयका आन्दोलन गर्नु परेको एक विद्यार्थीले बताए । कलेजमा नयाँ प्रिन्सिपल प्रोफेसर आनन्द कुमार आएपछि विद्यार्थीमाथी रुखो व्यवहार गरेको विद्यार्थीहरुले दाबि गरेका छन् । कलेज प्रशासनले आन्दोलनमा लाग्ने विद्यार्थीलाई फेल गराइदिने धम्कि दिएका कारण विद्यार्थीले समाचारको स्रोतको रुपमा नाम नराख्न आग्रह गरेका छन् ।  कलेजका प्रवन्ध निर्देशक खुमा अर्यालले विद्यार्थीको आन्दोलन जायज नभएको स्वास्थ्य खबरपत्रिकालाई बताए । कलेजमा करीब १५ सय विद्यार्थी अध्ययनरत छन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips