कम्प्युटर/टीभीले झोक्किने बनाउँछन् |

Posted by Sura Health on |







                           टीभी र कम्प्युटरको धेरै प्रयोगले बालबालिकाहरू क्रोधी, झोक्किने स्वभावका हुने गर्छन् । नयाँ अनुसन्धानअनुसार टीभी र कम्प्युटरसँग बढी समय बिताउँदा बालबालिकामा बेचैनीको स्तर बढ्छ र उनीहरूको स्वभाव झोक्किने हुन्छ ।

पब्लक हेल्थ इंग्ल्डन्डको अनुसन्धानअनुसार निष्त्रिmय जीवनशैलीसमेत बच्चाहरूमा नकारात्मक असर पारिरहेको छ ।

धेरै बढी समयसम्म टीभी हेर्नाले वा कम्प्युटर गेम खेल्नाले बच्चाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । योसँगै बच्चामा आत्मसम्मान र खुसीको भावनाको कमी भइरहेको छ भने यस्तो बच्चालाई डिप्रेसन, भावनात्मक समस्या र झोक्किने स्वभावबाट गुजि्रनु परिरहेको छ ।

अध्ययनअनुसार एक दिनमा दुई घन्टा वा यसभन्दा बढी समयसम्म टीभी वा कम्प्युटरमा बस्नाले साना नानीहरूमा क्रोधी र झोक्किने समस्या बढ्छ । अनुसन्धानअनुसार दिनहुँ दुई घन्टाभन्दा बढी समय टीभी वा कम्प्युटरमा दिने बालबालिकामध्ये ६० प्रतिशतमा स्वभावसँग जोडिएको समस्या पाइयो ।

              

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips