स्वस्थ्य रहन शिरोधारा |
Posted by Sura Health on |
भावनात्मक कायाकल्प, स्वास्थ्य संरक्षण, शारीरिक एवं मानसिक सन्तुलनको अवधारणा शिरोधाराको रहेको छ । तसर्थ प्रायः सम्पूर्ण शारीरिक एवं मानसिक समस्यामा शिरोधारालाई बहुआयामिक महत्वपूर्ण चिकित्सा कर्मको रूपमा लिईन्छ । शिरोधारा तरल पदार्थ तक्र, जल, क्षीर प्रयोग अनुसार तैलधारा, तक्रधारा, जलधारा अथवा क्षीरधारा पर्दछन् र यसमध्ये तैल धारा ज्यादा चर्चित छ ।
शिरोधारा चिकित्सा कर्म भन्नाले तरल पदार्थ निरन्तर रुपमा निदारमा निश्चित समयसम्म झार्ने प्रक्रिया हो । शिरोधारालाई सबैभन्दा उत्कृष्ट आरामदायी चिकित्साको रुपमा मानिन्छ । जसले सम्पूर्ण शरीरलाई शून्यता र आरामको अनुभूति दिन्छ । शिरोधारा शिरमा तेल लगाउने स्वतन्त्र चिकित्सा कर्म हो । आधुनिक जीवनशैलीले कमजोर स्वास्थ्यको नेतृत्व गर्दछ र दिर्घायु, स्वास्थ्य संरक्षण उद्देश्य पाउनको लागि आयुर्वेदशास्त्रमा शिरोधारालाई महत्वपूर्ण चिकित्सा कर्मको रुपमा विभिन्न शारीरीक, मानसिक अवस्था विशेषमा भिन्न औषधयुतm तरल पदार्थ प्रयोगको बारे वर्णन गरिएको छ । आयुर्वेद चिकित्सा विज्ञानमा सुख चिकित्सा र पञ्चकर्म (शुद्धि, सफाई एवं कायाकल्प चिकित्सा) को रुपमा वर्णन गरिएको छ । शिरोधारा चिकित्सा हाल स्पा, ब्युटी पार्लर, न्याचुरोप्याथी सेन्टरमा चर्चित विश्राम चिकित्सा बनेको छ ।
शिरोधाराको महत्व
शिरलाई नै प्राणको स्थान मानिन्छ । मानव शरिरको त्रिमर्म मध्ये महत्वपूर्ण मर्म शिरमा स्थित छ ।
शिरमा सम्पूर्ण इन्द्रियहरुको स्थान छ ।
नाक, कान, घाँटी जस्ता महत्वपूर्ण अंग शिरमा रहेको छ ।
मन र बुद्धिको स्थान शिर नै हो ।
मस्तिष्क एवं मानसिक रोगहरुको स्थान पनि शिरमा स्थित छ ।
शिरोधाराको प्रक्रिया
शिरोधारा गर्नुअघि बिरामीलाई दिशापिसाब गर्न लगाई धारा टेबुलमा सुतेर मन एकाग्र गर्नको लागि भनिन्छ ।
शिरोधारा कक्ष प्रत्यक्ष हावा र घाम प्रवाह नहुने प्रकारका हुनुपर्दछ ।
निधारमा कपडाले बादिन्छ तसर्थ तेल आँखामा नआओस् भनेर र आँखा कानमा कपास राखिन्छ ।
तरल पदार्थ जस्तै तेल मनतातो गरी तताइन्छ ।
धारा पात्रमा क्रमशः तेललाई राखिन्छ र निधारमा तेलको धारा लगाइन्छ ।
धारा पात्रलाई एक थेरापिष्ट निदारको एक कुनादेखि अर्को कुनासम्म हल्लाइन्छ ।
दोश्रो थेरापिष्टद्वारा निदारबाट संकलन गरिएको तेललाई पुनः तापक्रम मिलाउन तताइन्छ र फेरि धारा पात्रमा राखिन्छ ।
तेश्रो थेरापिष्टले बिरामीलाई मन्द रुपमा मसाज गरिन्छ जसले बिरामीलाई जागरण गराइरहोस् र तन्त्रिकलाई पोषण पुगोस् ।
शिरोधाराको प्रक्रियापछि निदारलाई राम्ररी पुछ्नु पर्दछ र शिरमा रास्नादि चूर्ण जस्ता वातप्रधान चूर्ण लगाउनु पर्दछ । रोगीलाई केहिसमयसम्म आराम गराई १ घण्टापछि मनतातो पानीले नुहाउनु पर्दछ । शिरोधारापछि प्रत्यक्ष चिसोको सम्पर्कबाट बच्नु पर्दछ र दिवा स्वप्न मनाही छ । शिरोधाराको लागि तरल पदार्थ तेल अथवा तक्र्र्रमोहि को उपयोग गरिन्छ । बिरामीको अवस्था हेरेर विभिन्न तेल रोगानुसार उपयोग गरिन्छ र तेलहरुमा तिलको तेल, क्षीरबला, धन्वन्तर, बला गुडुच्यादि, मधुयष्टादी तेल उपयोग गरिन्छ ।
समय तालिका
- यो कर्म हरेक दिन ३०–९० मिनेटसम्म बिरामीको अबस्था हेरेर गर्न सकिन्छ ।
- चिकित्सा कर्मको लागि चिकित्सकको निगरानीमा ७ देखि २१ दिनसम्म गर्न सकिन्छ । विश्राम उद्देश्यले छ भने ५–७ दिनसम्म निरन्तर गर्न सकिन्छ ।
- शिरोधारा गर्नको लागि बिहान ७ –१० बजेसम्म र साँझ ४–७ बजेसम्म उत्तम मानिन्छ ।
शिरोधारा ध्यानमा राख्नु पर्ने कुराहरु
तेललाई आंँखा, कानमा पर्नबाट बचाउन सावधानी अपनाउनु पर्छ ।
बिरामीलाई निदाउन दिनुहुँदैन र सदा जागरूप राख्नुपर्दछ ।
शिरोधाराको उत्कृष्ट प्रभावको लागि पूरा प्रक्रियामा धाराको प्रवाह रोक्नु हुँदैन र निरन्तर धाराको प्रवाह कायम राख्नुपर्दछ ।
धारा तेल प्रत्येक तीन दिनमा बदल्नुपर्दछ र एक बिरामीलाई प्रयोग गरेको तेल अर्को बिरामीलाई प्रयोग गर्नुहँुदैन ।
सावधानी
टाउको दुख्ने, मूच्र्छा पर्ने, सिंगान बग्ने, पैताला चिसो हुने जस्ता लक्षण देखिएमा तुरुन्त प्रक्रिया रोक्नु पर्दछ र उष्ण चिकित्सा गर्नुपर्दछ ।
शिरोधारा सामाग्रीको बनावट
शिरोधाराबाट लाभ
शिरोधाराले मस्तिष्कलाई रक्त परिसंचरणलाई बढाउँछ, स्मृति, पोषण हुन्छ । कपाल र शिरलाई पोषण गर्दछ, राम्रो निन्द्रा प्रदान गर्दछ, र शरीर र मनलाई शान्त गराउँछ । शिरोधारा तनाव तथा मानसिक समस्या उपचारको महत्वपूर्ण उपचार प्रक्रिया हो ।
भावनात्मक एवं मानसिक विश्राम चिकित्सा
निद्रा नलाग्ने समस्या
तनाव, डिप्रेसन, भ्रम, पागलपन, रिस, चक्कर लाग्ने
वाथ रोग, उच्च रतmचाप, दम जस्ता दिर्घ रोग
तन्त्रिका सम्बन्धि विकार, अनुहारको पक्षाघात, वत्र्मगत पक्षाघात
घाँटी र टाउकोलाई मजबुत बनाई राख्छ
स्वरको गुणमा सुधार
ज्ञानेन्द्रियको कार्य सम्पादन
पाचन शक्तिमा सुधार
आध्यात्मिक जागरुकता बढ्छ र जीवनमा मिठासता नविकरण
कपाल झर्ने, पातलो हुने, कपाल फुल्ने
सम्झना शक्ति कम भएमा
शरीरलाई शीतलता एवं दुखाइबाट मुक्ति
मस्तिष्क एवं मानसिक रोगमा
एकाग्रता, बुद्धि, आत्मविश्वास, र आत्मसम्मानमा सुधार
घाँटी भन्दा माथिका इन्द्रियको समस्या
छाला रोग उपचार तथा सौन्दर्य बचाइ राख्न शिरोधारा निषेध अवस्था पेट भर खाना खाएपछि
दिर्घ वाथ रोगीले
व्लड प्रेसर कम भएमा
गर्भवती अवस्थामा
मद्यपान गरेर
ब्रेन टयूमर
शिरमा चोट लागेको अवस्थामा
तेलसँग एलर्जी भएका रोगी
तत्काल गर्धन, घाँटीमा चोट लागेमा
नोट, आयुर्वेद चिकित्सकको सल्लाहअनुसार प्रत्यक्ष निगरानीमा शिरोधारा उपचार गर्न सकिन्छ । शिरोधाराको साइड एफेक्ट अत्यन्त कम हुन्छ । उचित उपचारको लागि आयुर्वेद तथा पञ्चकर्म चिकित्सा सेवा केन्द्रमा आयुर्वेद विशेषज्ञलाई सम्पर्क गर्नसकिन्छ ।
- डा.राममणि भण्डारी,
ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर स्रोत :स्वस्थ खबरपत्रिका>
You can subscribe by e-mail to receive news updates and breaking stories.