चितवनमा मुटु रोगसम्बन्धी सबै उपचार गरिने |

Posted by Sura Health on |







                                                          सुराहेल्थ न्युज डट कम संवाददाता:भाद्र १८ चितवन :मुटुसम्बन्धी जटिल रोगको उपचार अब यहाँको मेडिकल कलेजले बिहीबार सुरु गरेको छ । स्थानीय चितवन मेडिकल कलेजले अत्याधुनिक उपकरण भित्र्याएसँगै अब मुटुसम्बन्धी सम्पूर्ण रोगको उपचार हुने भएको हो ।

मेडिकल कलेजले ७ करोड मूल्य पर्ने यो अत्याधुनिक उपकरण भित्र्याएको हो । उपकरण भित्र्याएसँगै कलेजले अब मुटुसम्बन्धी गम्भीर प्रकृतिका रोगको उपचार यहींबाट गर्न सकिने जनाएको छ ।

कलेजका अनुसार अहिले यो उपकरण काठमाडौंको गंगालाल हृदय रोग केन्द्र, नर्भिक, बयोधा तथा ग्रान्डी अस्पतालमा मात्र छ । मेसिनबाट उपचार सुरु गर्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले उपचार क्षेत्रमा आएको विकेन्द्रीकरणले नागरिकलाई सुविधा हुने बताए ।

उपकरण भित्र्याएसँगै कलेजले अस्पताल परिसरमाक्याथ  ल्याबु स्थापना गरी सेवा सुचारु गरेको छ । कोइरालाले उपत्यकाबाहिर चितवन मेडिकल कलेजले उपकरण भित्र्याएर मुटुका बिरामीका लागि नयाँ आयाम थपेकामा खुसी व्यक्त गरे ।अब मुटु रोगसम्बन्धी उपचार गराउन राजधानी नै धाउनुपर्ने बाध्यता हटेको छ, भने, यी सेवा अन्य जिल्लामा पनि हुनुपर्छ ।उपकरण शुभारम्भका मुटु रोगसम्बन्धी उपचारमा ख्याति कमाएका डा। यादव भट्ट, डा.अनिल ओम मूर्तिलगायतको सहभागिता थियो । अस्पतालले भित्र्याएको यो उपकरणबाट मुटु रोगीको मुटुका एन्जियोग्राफी, एन्जियो प्लास्टी, मुटुका साँघुरो भल्भ खोल्न तथा मुटु बाहिरका रक्तनलीको अवस्था हेरेर उपचार गर्न सकिने भएको छ ।


त्यसैगरी मृगौला, हात, खुट्टाका रक्तनलीहरू ब्लक छन् कि छैनन् त्यसको पनि जाँच गरेर पूर्ण उपचार सेवा दिने कलेजले जनाएको छ । कलेजले मुटु रोगसम्बन्धी उपचारका लागि १० वर्ष राजधानीस्थित गंगालाल हृदय रोग अस्पतालमा अनुभव सँगालिसकेका डा। श्यामराज रेग्मीले सेवा प्रदान गर्ने बताए ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips