सर्पको डसाई |

Posted by Sura Health on |







शरीरमा टोकेको खण्डमा:
लोकल कम्प्रेसन प्याडको प्रयोग गर्नुपर्दछ । प्याडलाई सर्पले टोकेको ठाउँमाथि राख्ने र कटनको ब्याण्डेजले हल्का चाप दिने गरी बाँध्ने गरिन्छ । टोकेको भाग तथा शरीरलाई भरसक हल्लाउनु हुँदैन ।
नोट: कृपया यी प्राथमिक उपचार पद्धति अपनाएमा धेरै हदसम्म सर्पको डसाइका असरहरु तथा मृत्युहरुलाई कम गराउन सकिन्छ । धामी–झााक्रीलगायत विष झार्ने मन्त्र आदिको भर परेर आफू र आफ्नो परिवारलाई टुहुरो नबनाउनुहोस् । विभिन्न ठाउँमा विष झारेर मान्छे बाँच्यो भन्ने पनि सुनिन्छ तर सत्य के हो भने उसलाई विषालु सर्पले टोके पनि शरीरमा विष प्रवेश नगरेकोले ऊ बाँचेको हो ।
प्रतिविष प्रयोग
प्रतिविष सुईको प्रयोग एकमात्र अन्तिम उपचार पद्धति हो तर सुई कहिले र कति मात्रामा, कसरी दिने भन्ने कुरामा एकदम सचेत हुनुपर्दछ । नेपालमा भारतमा बनेको प्रतिविष सुई प्रयोग गरिन्छ जसले चार प्रकारका सर्प डसाइमा काम गर्दछ । ती हुन्:
१) गोमन
२) सामान्य करेत
३) रसेल्स भाइपर
४) स–स्केल्ड भाइपर
विशेष लक्षणहरु रहेसम्म प्रतिविष ९ब्क्ख्० दिइन्छ र पूर्ण लक्षण हटेपछि २४ घण्टासम्म अस्पतालमा राखिन्छ
खानपानमा रहेका गलत धारणाहरु :                                                                                                                     २९ वर्षीया पवित्रा घिमिरे (नाम परिवर्तन) लाई उहाँ रहनुभएको स्थान इलामको सिद्धिथुम्कामा गत २०६८ असार ३१ गते राति ९ बजे शौचालय जाने क्ररममा कालो छिर्के सर्पले टोक्न पुग्यो । इलाममा खासै विषालु सर्प पाइादैन भन्ने सोचेर उहाँ त्यत्तिकै बस्नुभयो तर राति १ बजे उहाँलाई पेट पोल्न थाल्यो, आँखा धमिलो हुन थाल्यो । आँखाको माथिल्लो ढकनी झर्न थालेपछि आफन्तहरु विषालु सर्पको टोकाइ रहेछ भनेर आत्तिादै करिब ७ घण्टा पैदल बोकेर मोटरबाटोसम्म ल्याउने काम भयो र करिब १ घण्टा मोटर यात्राबाट उहाँलाई चारआलीको सर्पदंश उपचार केन्द्रमा ल्याइयो । बिहानको ९ बजिसकेको थियो । उहाँलाई सर्पले डसेको पनि १२ घण्टा कटिसकेको थियो । चिकित्सक तथा प्राविधिकको टोलीले आकस्मिक रुपमा जाँचेर औषधि शुरु गरे । उपचारको क्रममा उहाँलाई माउन्टेन करेतले टोकेको पत्ता लाग्यो जसको उपचार अत्यन्त कठिन छ । करिब २ दिनसम्मको अथक प्रयासबाट उहाँले नयाँ जीवन प्राप्त गर्नुभयो ।
उपचार केन्द्रमा गरिने आवश्यक प्रक्रिया पूरा गरिसकेपछि उहाँलाई कहिले आउनेलगायत, उहाँ साहाकारी तथा दुब्लो–पातलो भएकोले घर गएर दूधलगायत फलफूल प्रशस्त सेवन गर्न सल्लाह दिइयो । उहाँ सबै कुरा पालन गर्ने भन्दै घर जानुभयो । करिब १ हप्तापछि उहाँ पुन: केन्द्रमा आउँदा अत्यन्त कमजोर देखिनु हुन्थ्यो । निराश देखिनु हुन्थ्यो तथा रक्तचाप कम थियो । वास्तवमा यो सर्पको डसाइपश्चातको असर थिएन । यो त केवल उहाँले दूधलगायत दाल, फलफूल खान नपाउनुको उपज थियो । घर पुगेपछि हामीले दिएको सल्लाहलाई स्वीकार नगरी घरका सदस्य तथा छिमेकीको कुरा सुनेर उहाँले झण्डै आफूलाई मृत्युको मुखमा पुर्‍याउनुभयो । टिमाई भुटानी शरणार्थी शिविरकी ७५ वर्षीया धनमाया तामाङ (नाम परिवर्तन) लाई गत साउन २७ गते शुक्रबार सर्पले डस्यो । उहाँलाई तत्कालै चारआली सर्पदंश उपचार केन्द्रमा लगियो । एक रातको उपचारपछि उहाँलाई सर्पले डस्नुअघि जे खाना खानुहुन्थ्यो, त्यही खान चिकित्सकले सल्लाह दिनुभयो तर ३ दिनपछि उहाँलाई भेट्दा उहाँ कमजोर हुनुहुन्थ्यो । आफन्तले यी वृद्धा आमालाई दूध, फलफूल, दाललगायत खानेकुरा खान बन्देज लगाएछन्, त्यसैले उहाँ थकित देखिनुहुन्थ्यो । समाजमा अन्धविश्वास के रहेछ भने सर्पले दूध खाने हुनाले सर्पले डसेको मानिसलाई दूध खुवाउनु हुँदैन रे । चिकित्सकले दिएको सल्लाह ठाडै अस्वीकार गरियो, किन ? किनकि समाजमा रहेको कुरीति र अन्धविश्वास एकैचोटी हटाउनु त्यति सजिलो छैन । यी त केही प्रतिनिधि उदाहरणमात्र हुन् ।
खानपानसम्बन्धी केही जिज्ञासाहरुको समाधान: .सर्पले दूध पिउँछ र चुस्दछ ?
धेरै मानिस सर्पले दूध पिउने विश्वास राखी सर्पलाई चिडियाखानामा हेर्न जाँदा वा नागपञ्चमीको दिन भाँडामा दूध राखिदिन्छन् । यता धामन सर्पले गाई, भैंसी र सुत्केरीको दूध चुसेर खाने विश्वास गरिन्छ । धेरै तिर्खाएको सर्पले भाँडोमा राखिएको दूध चाट्न सक्छ तर यो सर्पको प्राकृतिक आहार होइन । जहाँसम्म गाई–भैंसीको खुट्टामा बेरिएर फाँचोको दूध चुस्ने कुरा छ, कुनै पनि सर्पमा चुस्ने गुण नभएको र मुखमा लामा, तिखा दाँत भएका हुनाले यो सम्भव छैन । त्यसैले यो एकदम गलत जनधारणा हो । सर्पले डसेकोमा उपचारपछि बिरामीले दूध पिउन सक्छन् । दूध पिउँदा अझ बिरामीको घाउ झन् छिटो निको हुन्छ किनकि यसमा प्रशस्त पौष्टिक पदार्थ रहन्छ ।
२. रक्सी खाएको वा खाने गरेको मानिसलाई सर्पले टोकेको छ भने विष लाग्दैन । के यो सत्य हो ?
यो असत्य हो किनकि सर्पको विषलाई रक्सीसँग तुलना गर्न मिल्दैन । रक्सीले केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ तर यसले हाम्रा इन्द्रीयहरुलाई काम गर्नै नसक्ने गरी शिथिल बनाउँदैन तर सर्पको विषले सिधै स्नायु प्रणालीमा असर पारेर हाम्रा इन्द्रीयहरुलाई शिथिल पार्दै काम गर्न नसक्ने पारेर मान्छेको मृत्यु हुन्छ । त्यसैले रक्सी खाएको वा लागेको बेलामा विषालु सर्पले टोक्यो भने विषको लक्षणसँग झुक्किन सक्ने सम्भावना हुन्छ । विष नलाग्ने भन्ने त प्रश्न नै हुादैन ।
३. सर्पले टोकेको व्यक्तिलाई खुर्सानी खुवाइन्छ । किन ? के यसको कुनै उपयोगिता छ ?
यसको कुनै उपयोगिता छैन । खोर्सानी खुवाउनुको कारण त्यो मान्छेले पिरो भएको थाहा पाउँछ कि पाउँदैन भनेर हो किनभने एक खाले विषालु करेतले हाम्रो स्नायु प्रणालीमा असर गरेपछि स्वाद थाहा नपाउने बेहोसीको अवस्था सिर्जना गर्दछ । स्वाद थाहा नपाउने भनेको एकदम अन्तिम अवस्थामा मात्र हुन्छ । त्यसैले खोर्सानी खुवाउनेजस्ता कार्य गरी एक छिन पनि समयलाई खेर फाल्नु हुँदैन ।
४. सर्पले डसेपछि बिरामीले पानी खान मागेमा दिन हुन्छ कि हुँदैन ?
सर्पले डसेपछि श्वास–प्रश्वास प्रणालीमा पक्षघात गर्दै लैजान्छ । यदि पानी वा खाना खाइयो भने उल्टी हुँदा उक्त खाना वा पानी बिरामीको फोक्सोमा छिर्न सक्दछ । जसले गर्दा बिरामीको तत्काल मृत्यु भएको ताजा एउटा उदाहरण हामीसँग छ ।
५.सर्पले डसेको मान्छेको जुठो खायो भने अर्को व्यक्तिलाई सर्छ कि सर्दैन ?                                                              ६. यदि बिहान दिनदिनै ६–७ वटा निमको पत्ता चपायो भने ६–७ महिनापछि त्यस व्यक्तिमा यस्तो प्रतिरक्षा शक्ति विकास हुन्छ, जसलाई कुनै सर्पले डस्यो भने आपैंm मर्छ । के यो सही हो ?
यो प्रमाणित भएको छैन, यसमा कुनै सत्यता छैन ।
७. गड्यौला पिाधेर खुवाउनाले सर्पले डसेको बिरामी सञ्चो हुन्छ भन्ने धारणा एकदम गलत हो ।
८. मह खुवाउने, डसेको ठाउँमा लगाउने, बालुवा र सस्र्यू मन्तरेर हान्ने कुराहरु पूर्णत: अन्धविश्वास हुन् ।
उपचारपछिका खानपानका गलत धारणा
सर्पदंश उपचार केन्द्रमा पूर्ण उपचार गरिसकेपछि जब डिस्चार्ज गरी घर पठाइन्छ, तब बिरामीले आफूलाई सर्पले डस्नुअघि जस्तो खाना खानुहुन्थ्यो त्यस्तै खाना नि:सन्देह खान सक्नु हुनेछ तर धेरै बिरामीहरु दूध, आलु, दाललगायतका खाना खानुहुन्न । किन ? भन्ने प्रश्नमा उहाँको जवाफ यस्तो भेटिन्छ–सर्पले दूध खाने हुनाले, सर्पले डसेपछि ६ महिनासम्म दूध खानु हुँदैन, आलु, दाल खाँदा घाउ पाक्दछ आदि । यस्ता अवधारणाहरु, सोचाइहरु एकदमै गलत हुन् । यिनीहरुमा कुनै सत्यता छैन । तपाईं मज्जाले खान सक्नु हुनेछ
सारांश
समग्रमा कुरा गर्दा हाम्रो समाज धेरै विकसित भइसकेको छ तर समाजका शिक्षित, प्रतिष्ठित व्यक्तिहरुमा यस्ता गलत धारणाले जरो गाडेको दु:खद् अवस्था विद्यमान् छ । समाज हाँक्ने अगुवाहरु समेत गलत धारणाहरुबाट ग्रसित भेटिन्छन् अनि कसरी हाम्रो समाज र हामी विकसित हुन सक्छौं । तराईमा बढ्दो गर्मी तथा वर्षात्सँगै सर्पको बिगबिगी बढ्दो छ । तसर्थ, सम्पूर्ण कुराहरु अध्ययन गरेरआजैबाट तपाईं–हामी सबै मिलेर अकाल मृत्युबाट आफू पनि बाच्नुहोस् र अरुलाई पनि बाचाउनुहोस् भन्दै हार्दिक अनुरोध गर्दछु ।                     -डा. सूर्य पराजुली 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips