डीएनए परीक्षण के हो? यो कसरी गरिन्छ ?
Posted by Sura Health on |
डीएनए परीक्षण के हो? यो कसरी गरिन्छ ? निजी तवरमा यो सेवा कहाँ उपलब्ध हुन्छ ? यो
परीक्षण गर्न कति खर्च लाग्छ ?
५९७४३
तपाईंले किन यो प्रश्न सोध्नुभयो, थाहा भएन। तपाईंले कुन प्रयोजनका लागि डीएनए परीक्षण गराउन लाग्नुभएको हो त्यसका बारेमा थप जानकारी भएको भए जवाफ दिन केही सजिलो हुने थियो।
डीएनए जाँच के हो ?
DNA अंगे्रजी Deoxy-ribonucleic acid को सानो रूप हो। हाम्रो वंशाणुगत गुण बोक्ने हाम्रो कोषकेन्द्रमा पाइने क्रोमोजोमहरू यसैबाट बनेका हुन्छन्। यो हजारौं वंशाणुले यो बनेको हुन्छ र त्यसमा adenine, guanine, cytosine and thymine अणुहरू डोरीको केही बेरिएको भर्याङजस्तै संरचनामा बसेका हुन्छन्। एकातिरको adenine र अर्कातिरको thymine जोडिएको हुन्छ भने एकातिरको guanine र अर्कातिरको cytosine जोडिएको हुन्छ। सन् १८९० मै डीएन पत्ता लागिसकेको भए पनि डीएन परीक्षणलाई सर एलेक जेफ्रीले सन् १९८५ मा स्थापित गरेका हुन्। अहिले यसको व्यावहारिक उपयोगिता निकै भएकाले यो प्रचलित पनि हुँदै गएको छ। अहिले गरिने डीएनए टेस्ट लामो अनुसन्धानपछिको परिमार्जित रूप हो। हालैका दशकमा डीएनए जाँच गर्ने प्रविधिमा उल्लेखनीय प्रगति भएको छ र यस किसिमको परीक्षण थुप्रै किसिमका समस्या सुल्झाउन प्रयोग गर्न सकिन्छ। सजिलो भाषामा भन्नुपर्दा डीएनए टेस्टमा दुई जैविक नमुनाका विचमा कत्तिको समानता छ हेरिन्छ।
डीएनए परीक्षण कसरी गरिन्छ ? यो एक अति नै विकसित तथा परिष्कृत परीक्षण हो। सबैभन्दा पहिले परीक्षण गर्न डीएनए भएको वस्तुको नमुना संकलन गर्नुपर्छ। यस्ता नमुनामा केशको केही भाग, छाला, थूक, लुगा वा अन्य वस्तुमा शरीरबाट निस्किएको तरल पदार्थ सुकेकै अवस्थामा भए पनि, मुख वा गालाको भित्री भागवाट निकालिएको कधबद, शरीरका अङ्ग-प्रत्यङ्गको कुनै पनि भाग हुन सक्छन्। यस्ता नमुनाका आधारमा खोजिएको वा जाँच गरिएको व्यक्तिसम्म पुग्न सकिन्छ। त्यसपछि प्रयोगशालामा परीक्षण गरिन्छ। यसमा पर्याप्त सावधानी अपनाउनुपर्ने हुन्छ। नमुना सामग्रीवाट कोषिका निकालिन्छ, उक्त कोषिकाबाट डीएनए नमुनालाई शुद्धीकरण गरिन्छ, डीएनएको रेसाबाट विभिन्न भागवाट लिइएका पृथकीकरण गर्ने र नतिजालाई विश्लेषण गर्ने कार्य गरिन्छ। नतिजाप्रति पक्का हुन उक्त प्रक्रियालाई दोहर्याईन्छ। अन्तिम चरणमा डीएनए परीक्षणको नतिजाको प्रतिवेदन तयार गरिन्छ। उक्त प्रतिवेदनमा जुन उद्देश्यका लागि डीएनए परीक्षण गरिएको हो त्यसको निष्कर्ष उल्लेख हुन्छ।
डीएनए जाँच के-कस्ता कुरामा गर्न सकिन्छ ?
प्रत्येक जीवका केही विशिष्ट गुण हुन्छन् ती कुनै सूक्ष्म जीव हुन् वा कुनै जनावर वा कुनै मानव। डीएनए परीक्षण गर्दा त्यही विशिष्ट गुणको स्वरूप पत्ता लगाउने प्रयास गरिन्छ। अहिले सबैजसो क्षेत्रलाई यसले छोएको देखिन्छ। फोरेन्सिक अनुसन्धान, पितृत्व परीक्षण तथा अन्य जैविक अनुसन्धानमा यसका अनेक उपयोगिता छन्। मानव जनजातिदेखि वन्यजन्तुसम्म कुन जाति प्रजाति कसरी फैलिएर बसेका छन् वा वा कोसँग वंशाणुगत रूपमा बढी नजिक छन् भन्ने जानकारी यही परीक्ष्ाणबाट प्राप्त गर्न सकिन्छ। परीक्षण कुनै एक समयमा हुने भए पनि यसले पहिलेका घटनालाई निश्चितताका साथ भन्न सक्छ। कुनै आपराधिक घटनाको सन्दर्भमा के-कस्ता घटना कसरी कुन व्यक्तिको उपस्थितिमा भएको हो जानकारी दिन्छ। कुनै पीडित वा संदिग्ध व्यक्तिको पहिचान गर्छ। यसले रक्तसम्बन्धका बारेमा ठोस आधार प्रदान गर्छ। कुन व्यक्तिको सन्तान को हो, कुनै माता पिता वा सन्तान हराएको स्थितिमा पत्ता लागे पछि ठोस रुपमा ऊ नै हो भनेर पक्का गर्न सहयोग गर्छ। चिकित्सा विज्ञानमा यो प्रविधि अङ्ग प्रत्यारोपणमा कत्तिको समान छ भनेर हेर्न गर्न सकिन्छ।
किन परीक्षण गराउन चाहनुभएको ?
डीएनए परीक्षण कुनै शिशुको पिता को हो भनेर पत्ता लगाउन निकै भरपर्दो भएकाले यस किसिमको जाँचको माग संसारभर बढेको पाइन्छ। त्यसका लागि सामान्यतः आमा, शिशु तथा संदिग्ध पिता भनेर आरोप लगाइएको व्यक्तीको परीक्षण गरिन्छ।
तपाईंले किन यो परीक्षण गर्न चाहनु भयो थाहा भएन। यदि आफ्नी श्रीमतीबाट जन्मिएको शिशुलाई आफ्नो मान्न तयार हुनुहुन्न वा मनमा शंका भएकाले परीक्षण गराउने निर्णयमा पुग्नुभएको हो भने केही कुरामा विचार गर्नु पर्ने हुन्छ। तपाइर्ंले शंका गर्नुपर्ने आधार कत्तिको वैज्ञानिक छ भन्ने कुरामा पर्याप्त विचार पुर्याउनुपर्छ। गर्भावधिमा आउन सक्ने विविधता तथा जन्मदा शिशुको स्थितिलाई विचार गर्नुपर्ने हुन्छ। यदि ती सबै कुरा ठीक छन् भने आफ्नी श्रीमतीको व्यवहार विचार गर्नुपर्ने हुन्छ। निश्चित रूपमा कुनै आधार नभई त्यसै शंका गर्नु भनेको नभएको समस्या निम्त्याउनु हो। एकपल्ट सोच्नुहोस् त, तपाईले अनावश्यक रूपमा शंका गर्नुहुन्छ भन्ने कुरा तपाईंकी श्रीमतीले थाहा पाउनुभयो भने कति नरमाइलो मान्नुहोला ?
डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?
डीएनए परीक्षणको सन्दर्भमा थप जानकारीका लागि राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानमा सम्पर्क गर्न सकिन्छ। त्यसका लागि कति खर्च लाग्ला, त्यहीँ नै बुझ्नु मनासिब होला। डीएनएको कस्तो किसिमको परीक्षण गरिने हो खर्च त्यसमा पनि फरक पर्न सक्छ। त्यसबाहेक डीएनए नमुना विदेशमा पठाई डीएनए परीक्षण गराउन सकिने स्थिति पनि छ। यसका लागि कतिपय संस्थाले सेवा प्रदान गर्छन् भने तिनका सेवा शुल्क अनि खर्च पनि फरक-फरक हुन सक्छ।
-

You can subscribe by e-mail to receive news updates and breaking stories.