पुरुषको बन्ध्याकरण गर्दा के असर पर्छ..? जानी राखौ..|

Posted by Sura Health on |








कतिपयलाई पुरुष बन्ध्याकरण गरे यौनजीवनमा के-कस्तो असर पर्ला भन्ने चासो हुन्छ । कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गमा गरिने कुनै पनि कुराप्रति निकै सजग हुन्छन् । त्यसमा पनि यस्तो शल्यक्रियाको कुरा गर्दा चासो-चिन्ता मात्र होइन एक किसिमको भयले नै सताउँछ । बन्ध्याकरण गर्न लाग्दा कतै पुरुषत्व नै गुमाउँछु कि वा यौनआनन्द नै पाइँदैन कि भन्नेजस्ता प्रश्नले सताउँछ । पुरुष बन्ध्याकरण -भ्यासेक्टोमी) का सन्दर्भमा खसी पारिएको भन्ने मिथ्या धारणाको व्यापकताले पनि असर पारिरहेको हुन्छ, तर पुरुष बन्ध्याकरण गर्दा अण्डकोषदेखि वीर्यथैलीसम्म शुक्रकीट ओसार्ने नली शुक्रवाहिनी नली) लाई मात्र काटिन्छ, त्यसैले वीर्य उत्पादन तथा स्खलन भए पनि शुक्रकीट नभएकाले गर्भ रहँदैन । अन्य रक्त तथा स्नायु प्रणालीका नसा यथावत् नै हुन्छन्, त्यसैले अण्डकोषले हार्मोनको निष्कासनलगायतका कार्य निरन्तर गर्न सक्छ । बन्ध्याकरण गर्दा यौनआनन्द प्राप्त गर्ने कायर् प्रणालीमा कुनै किसिमको नकारात्मक असर गर्दैन, यौनसम्बन्धी व्यग्रता तथा भावनाहरू यथावत् नै रहन्छन् । बन्ध्याकरण गरेपछि गर्भ रहने भय नहुने भएकाले विनादबाब यौनआनन्द उठाउन सकिन्छ । एक किसिमले तपाईं नै यसको उदाहरण हुनुहुन्छ ।      





                       

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips