दक्षिण अफ्रिका र नेपालको स्वास्थ्य सेवाका भिन्नता |
Posted by Sura Health on |
डा. पुष्पराज भट्टराई,
दक्षिण अफ्रिका /
दक्षिण अफ्रिकाको स्वास्थ्य सेवा प्रणालीबारे बताइदिनोस् न ?
दक्षिण अफ्रिकी सरकारको मुख्य ध्यान स्वास्थ्य र शिक्षामा केन्द्रित छ । यहाँको स्वास्थ्य संरचना धेरै राम्रो छ । प्रत्येक अस्पताल र सानो क्लिनिकमा चाहिने संरचनाबाहेक यिनीहरू बाटो, खानेपानी, बिजुलीजस्ता सेवासँग पनि जोडिएका हुन्छन् । अहिले यहाँको सरकारले स्वास्थ्य बीमा पनि सुरु गर्न लागेको छ । यसले देशभरिका नागरिकलाई एकै किसिमको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्नेछ । यसका लागि सरकार र सक्ने जनताले पैसा हाल्नेछन् र निम्न आय भएका जनतालाई समान स्वास्थ्यसेवा प्रदान गरिनेछ ।
यहाँ ट्रमा (दुर्घटना) र एचआईभी एड्सको बिगबिगी छ । आठ वटा मेडिकल कलेजले बर्सेनी १३ सय डाक्टर उत्पादन गरे पनि तिनीहरू कि निजीमा काम गर्छन् कि त विदेसिन्छन् । जसका कारण ग्रामीण भेगमा स्वास्थ्य कार्यकर्ताको जहिल्यै अभाव हुन्छ । अर्कोकुरा, निजी स्वास्थ्य सेवामा खर्च गर्न सक्नेहरूको पैसाको ठूलो हिस्सा एउटा सानो समूहलाई जान्छ । त्यसैले पनि निजी र सरकारी स्वास्थ्य सेवामा हुने खर्चमा ठूलो अन्तर छ । तर, निम्न र मध्यम वर्गका लागि भने स्वास्थ्य सोवा छोइनसक्नु छ ।
नेपालको स्वास्थ्य सेवा स्तरोन्नत्तिका लागि कस्ता कदम चाल्नुपर्छ जस्तो लाग्छ| स्वास्थ्य प्रणाली एउटा जटिल प्रणाली हो, जसमा हरेक कुराको उत्तिकै महत्व हुन्छ । स्वास्थ्यलाई अन्य आधारभूत सेवासँग जोडेर लैजानुपर्छ । शिक्षा र सवल आर्थिक अवस्था स्वास्थ्य सेवाको आधारभूत पक्ष हो । जतिसुकै धनी राज्यमा पनि निःशुल्क स्वास्थ्य सेवा दिन गाह्रो हुन्छ । काम गर्दै जाँदा भविष्यमा निःशुल्क बनाउनेसम्मको कल्पना गर्न चाहिँ सकिन्छ । नेपालमा ‘टेलिमेडिसिन’ र ‘टेलिकन्सल्टेसन’को अवधारणा अपनाउन सके राम्रो हुन्छ । हरेक प्रशासनिक काम चुस्त बनाइनुका साथै चिकित्सकलाई आकर्षित गर्न सक्ने प्रोत्साहन ‘प्याकेज’ ल्याउनु जरुरी छ । जसले नेपालका ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा पु¥याउन मद्दत पुग्छ । प्रमुख कुरा त सरकारको स्वास्थ्य सेवालाई मुख्य प्राथमिकतामा राख्नुपर्दछ ।
नेपालको शल्यचिकित्सा क्षेत्रमा कसरी सुधार ल्याउन सकिएला ?
शल्यचिकित्सकहरूले सुविधासम्पन्न ठाउँ नै रोज्छन् । म पनि क्लिनिकल डाक्टर भएकाले ठूला शैक्षिक संस्था जहाँ आधुनिक प्रविधि हुन्छ, त्यहाँ काम गर्न चाहन्छु । नेपालका ग्रामीण भेगमा ‘जनरल सर्जन’ पु¥याउन नै गाह्रो हुन्छ । अझ विशेषज्ञ चिकित्सक पु¥याउनु त कल्पनाबाहिरको कुरा हो अहिले । तर, राम्रो ‘रिफरल सिस्टम’ भए शल्यक्रिया चाहिने बिरामीलाई सजिलो हुन सक्छ । यसका लागि ठूला अस्पतालमा शल्यचिकित्सकहरू जुनैबेला पनि उपलब्ध हुनु जरुरी छ ।
दक्षिण अफ्रिका किन जानुभयो ?
यसको जवाफ अलि गाह्रो छ । ठ्याक्कै उत्तर दिन सकिँदैन । यहाँ नआउन्जेल नेपाल छोड्छु भन्ने लागेको पनि थिएन । नेपालमा हुँदा कतै म यतै पो अड्किन्छु कि जस्तो लाग्थ्यो । पीजी सकेपछि त झन् संसार हेर्न, बुझ्न मन लाग्न थाल्यो । नयाँ अवसरको खोजी र पारिवारिक कारणले पनि म यता आएको हुँ ।
तपाईंले नेपालको स्वास्थ्य क्षेत्रमा कस्तो सहयोग गर्न सक्नु हुन्छ ? मैले दक्षिण अफ्रिकाको स्वास्थ्य सेवा प्रणाली राम्रोसँग बुझेको छु । तसर्थ, यहाँ भएका राम्रा कामहरू नेपालमा पनि प्रयोग गर्न सकिन्छ । यहाँ विभिन्न देशका डाक्टरहरू छोटो ट्रेनिङका लागि आउनेगर्छन् । नेपालबाट पनि यहाँ आउनका लागि नेपाल मेडिकल काउन्सिल वा अन्य संस्थाले यहाँका मेडिकल कलेजहरूसँग सहकार्य गर्न सक्छन् । केही फोरमहरू पाए म पनि नेपालमा आफ्नो अनुभव सुनाउन चाहन्छु । यदि, मैले सहयोग गर्ने कुनै त्यस्तो ठाउँ भए जानकारी पाऊँ ।
नेपालमा मेडिकल टुरिजमको सम्भावना कस्तो देख्नु हुन्छ ?
पहिलो त, राम्रा मेडिकल कलेजहरूमा विदेशका विद्यार्थीलाई आकर्षित गरेर मेडिकल टुरिजम बढाउन सकिन्छ । नेपालको सन्दर्भमा यो एकदमै सम्भावना बोकेको क्षेत्र हो । अर्को कुरा, सरकारी र निजी सहकार्यबाट स्वास्थ्य सेवालाई उत्कृष्ट बनाउन सक्यो भने विदेशबाट बिरामी तान्न सकिन्छ । सरकार एक्लैले भने यो काम गर्न सक्दैन । नेपालका डाक्टरहरूलाई विदेशमा पहिचान दिलाउने अवसर पनि दिनुपर्छ । स्वास्थ्य सेवा संवेदनशील हुने भएकाले बिरामीलाई विश्वस्त हुने आधार तयार भयो भने मेडिकल टुरिजमको सम्भावना रहन्छ ।
नेपाल कहिले फर्किने त ?
ठ्याक्कै समय त नभनौँ । जन्मभूमि अवश्य फर्किन्छु । एउटा डाक्टरले आफूलाई परिचित गराउन धेरै समय लाग्छ । फेरि शल्यचिकित्सकका नाताले मलाई काम गर्न एउटा दह्रो समूह चाहिन्छ । पारिवारिक अप्ठ्यारा पनि आफ्नै ठाउँमा छन् । तर, नेपाल फर्किन्छु भन्ने कुरा सधैँ मनमा खेलिरहेकै हुन्छ । स्रोत :स्वस्थ्य खबरपत्रिका<

You can subscribe by e-mail to receive news updates and breaking stories.