दाँत बचाउँन गिँजा स्वस्थ राखौं |
Posted by Sura Health on |
मानिस हेर्दा स्वस्थ देखिए पनि उसको स्वास्थ्यमा जुनसुकै बेला समस्या देखिन सक्छ । स्वास्थ्यको बिषयमा कुरा गर्दा हामीले मुख र दाँतको स्वास्थ्य छुटाउन हुँदैन । कसैको मुख र दाँतमा समस्या छ भने उ जति स्वस्थ देखिए पनि उसको सास गन्हाउन सक्छ । मुख तथा दाँतको समस्या महिला, पुरुष, बृद्ध र बच्चा जो सुकै र जुनसुकै उमेरका व्यक्तिमा पनि देखिन सक्छ । मुख तथा दन्त चिकित्साशास्त्र अन्तरगत देखिने समस्यामध्ये गिँजासम्बन्धी समस्या पनि एक हो ।गिँजामा देखिने समस्या पनि फरकफरक हुन्छन् । दाँतमा फोहोर अड्किएर शुरुमा गिँजा सुन्निने हुन्छ । शुरुको अवस्थामा नै वास्ता गरेन भने फोहोर भित्रसम्म पसेर वोनले सपोर्ट गरेको दाँत खियाइदिने, दाँत हल्लिने र दाँत यताउता सर्ने हुन्छ । फोहोरले गर्दा गिँजालाई मात्र होइन, दाँतलाई पनि असर गरिरहेको हुन्छ । त्यसकारण दाँत र मुखसम्बन्धी स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गिँजा पिंक रंगको हुन्छ । फोहोरले गर्दा पछि गएर गिँजा रातो हुने पनि हुन्छ । गिँजामा समस्या देखिए पछि शुरुको अवस्थामा ब्रस गर्दा रगत देखिन थाल्छ । त्यसो त रगत देखिनुमा ब्रस पनि जिम्मेवार हुन सक्छ । कडा खालको ब्रस छ भने सामान्य अवस्थामा पनि रगत आउन सक्छ । तर, नरम किसिमले ब्रस गर्दा पनि रगत देखिन थालेमा चाहिँ विशेष ध्यान दिनु जरुरी हुन्छ । रगत देखिँदासमेत ध्यान नदिए फोहोर भित्रसम्म पुगेर हड्डी खिइएर दाँत हल्लिने र अन्त्यमा दाँत नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ ।
गर्भवती महिलालाई छिट्टै रोग लाग्ने हँुदा यस समयमा गिँजा ठूलो भएर सुन्निने पनि हुन्छ । हामीले राम्रोसँग दाँत सफा गरेनांै भने दाँतको कापमा फोहोर बस्ने र त्यसले गिँजामा समस्या उत्पन्न गर्ने गर्छ । त्यसैले गिँजाको समस्याबाट बँच्नकालागि दिनमा दुई पटक दुईदेखि चार मिनेटसम्म ब्रस गर्नुपर्छ । यससँगै बिभिन्न माउथ वास प्रयोग गर्नुपर्छ । माउथ वास छैन भने नुन पानीले कुल्ला गर्ने बानी बसाल्नु पर्छ । यति गर्दा पनि गिँजामा समस्या देखिएमा दन्त चिकित्सकलाई जँचाउनु पर्छ ।
गिँजाबाट रगत आउने, सुन्निने, पिप आउने अवस्थामा पनि ध्यान नदिएमा भित्र इन्फेक्सन भैसकेको हुन्छ । यो अवस्थामा उपचार प्रक्रिया नअपनाइ पान, गुट्खा र सुपारी खाने गरेमा मुखको क्यान्सर समेत हुन सक्छ । मुखको क्यान्सर कुने प्रमुख कारण नै चुरोट, सुर्ती, पान र गुट्खा हो ।
गिँजा स्वस्थ छैन भने बोल्दा सास गन्हाउने पनि हुन्छ । हामी नेपालीहरु दाँत तथा मुखको स्वास्थ्यलाई त्यति महत्वका साथ हेरेको पाइँदैन । स्वस्थ दाँत हुनु भनेको हामी स्वस्थ हुनुको पहिलो सर्त हो । यदि दाँत नै स्वस्थ छैन भने हामी खाएको खाना पनि राम्रोसँग चपाउन सक्दैनौं । यसले गर्दा हाम्रो कारण पाचन प्रक्रियमा समेत समस्या हुन्छ । त्यसकारण दाँत स्वस्थ हुनुपर्छ भन्ने हामी नेपालीले बुझ्न सकेका छैनौ ।
गिँजाको समस्याले दाँतलाई अड्याएर राख्ने हड्डी खिइँदै जान्छ र दाँत हल्लिन शुरू हुन्छ । समस्या देखिने बित्तिकै उपचार गरियो भने दाँतलाई बँचाउन पनि सकिन्छ । तर हड्डी धेरै नै खिइसकेको छ भने दाँत नै निकाल्नु पर्ने पनि हुन्छ ।
दाँतको सुरक्षाकालागि गिँजा महत्वपूर्ण भाग हो । दाँत किराले खाएर दाँत भर्नुप¥यो भने पनि गिँजा स्वस्थ छैन भने यस्तो अवस्थामा रगत आउन थाल्छ । गिँजामा छँुदा पनि रगत आउन थाल्छ । रगत आउन थालेपछि दाँतको फिलिङ गर्दा त्यहाँ रगत परेमा राम्रोसँग बस्दैन । त्यसैले पछि उपचार गर्नुभन्दा गिँजालाई सधैं स्वस्थ राख्नुपर्छ । हरेक दन्त चिकित्सामा गिँजा एक महत्वपूर्ण भाग हो ।गिँजाको वरिपरी मात्र फोहोर र समस्या भएमा गिँजाको वरिपरी सफा गर्नुपर्छ । भित्रसम्म फोहोर पसेर गिँजा तल सर्न थाल्ने भएको छ भने गिँजाको भित्री भागसम्म सफा गर्नु पर्छ । यदि हड्डी पूरै खिइसकेको छ भने सर्जरी गरी बोनको ग्राफ्टिङ्ग गर्नुपर्ने हुन्छ । स्रोत :स्वस्थ्य नेपाल
You can subscribe by e-mail to receive news updates and breaking stories.