काठमाडौँ उपत्यकामा सामुदायिक अस्पताल खोलिने!!

Posted by Sura Health on |







काठमाडौँ, १२ कात्तिक । मातृभूमिका लागि युवा अभियान नेपालको पहिलो विश्व सम्मेलन एघारबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
घोषणापत्रमा व्यापक युवा सहभागिता बढाउँदै सन् २०१४ को अन्त्यमा देशविदेशबाट १० लाख युवालाई आबद्ध गराउने र यसमार्फत मातृभूमिका लागि परोपकारी गतिविधि, व्यावसायिक लगानी, युवा रोजगारी तथा कृषि प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, पाँच विकास क्षेत्रमा धेरै बेरोजगार युवालाई लक्ष्य गरी एक एक मातृभूमि एग्रो प्रोडक्सन सेन्टर विकास गरी भविष्यमा यसलाई मुलुककै अग्रणी कृषि उद्योगका रुपमा स्थापित गराइने जनाइएको छ ।
काठमाडौँ उपत्यकामा सामुदायिक अस्पताल खोली स्वास्थ्य सेवा सञ्चालन गर्नेलगायत विषय घोषणापत्रमा उल्लेख गरिएको छ । करिब ६० लाख नेपाली देश बाहिर रहेको तथ्याङ्कका आधारमा सबै नेपालीलाई नेपालमै केही गर्न सकिन्छ र स्वदेशमा रहेका तर वितृष्णाले आक्रान्त नेपाली युवालाई पनि आफ्नै मातृभूमिमा सिर्जनशील काममा लगाउन सकिन्छ भनेर सो अभियानको सुरुआत गरिएको सम्मेलनका संयोजक कर्ण बोहराले जानकारी दिए । सम्मेलनमा नेपाल बाहिरका २०० तथा उपत्यकाबाट २०० र बाहिरका २०० प्रतिनिधि सहभागी थिए । विदेशका ११ मुलुक र नेपालका ११ जिल्लामा शाखा गठन तथा शाखा गठन भएका तथा नभएका देश तथा जिल्लामा ५० हजार नेपाली युवा आबद्धसमेत भइसकेको बताइएको छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips