विवाहअघि सुन्दरतामा ख्याल गर्नुपर्ने कुरा ?
Posted by Sura Health on |
बिहेमा चिरिच्याँट्ट पर्ने कसलाई रहर हुँदैन र ? सबैले देख्दा ओहो कति राम्री दुलही भनुन् भन्ने चाहना सबैको हुन्छ । त्यसैले बिहेअघि ख्याल राख्नुहोस् :
- ज्यादा मोटो तथा ज्यादा नै दुब्लो शरीर भएका महिलालाई साडीसँग मेकअप त्यति धेरै सुहाउँदैन । त्यसैले शरीरलाई फिट एण्ड फाइन राख्ने कोसिस गर्नुहोस् । विवाह भएर अर्काको घर जाने जस्ता चिन्ताले खानै छाड्ने वा चिन्ता बढी लिने कारणले गर्दा शारीरिक बनावट र सौन्दर्यमा गडवडी हुनसक्छ । खानामा ख्याल राख्ने, बढी चिल्लो, अमिलो र पिरो नखाने, अनावश्यक चिन्ता नलिने, स्वस्थ रहन नियमित व्यायाम गर्ने, ठिकठिक समयमा सुत्ने र उठ्ने गर्ने, सकारात्मक सोच राख्ने, एक्लै नबस्ने र पानी पर्याप्त मात्रामा पिउने गर्नुहोस् ।
- बेहुलीले आफूले सौन्दर्य प्रसाधन प्रयोग गर्नुअघि दÔ व्युटिसियनस“ग सरसल्लाह गर्ने, सौन्दर्यका लागि राम्रोे गुणस्तरको फेसवास, फेस क्लिन्जर, टोनर, डे क्रिम, नाइट क्रिम, सनब्लक क्रिम मोस्चराइजर तथा पाउडर आदि जोहो गर्ने । फेस क्लिन्जिङका साथै अनुहार तथा केशको ट्रिटमेन्ट बेलाबेलामा गराइरहने । अझ सकिन्छ भने घरैमा कसैलाई क्लिन्जिङ गर्न आउँछ भने दिनहँु गराउँदा पनि फरक पर्देन । विवाह हुनु केही समय अगाडि नै मेनिक्योर र पेडिक्योर गराउने, त्यसपछि आफंैले घरैमा बसेर आफना हातखुट्टाको छाला अनुहारको स्याहार गर्ने ।
- विवाह हुनु केही दिन अगाडि हातखुट्टाको वाक्स गराउने र त्यसपछि लोसन लगाउने । यसो गर्दा हातखुट्टा सफा तथा नरम देखिन्छ । आईब्रो बिवाहको अघिल्लो दिन मिलाउने, कपाललाई केही दिन अगाडि नै आफूलाई सुहाउँदो तथा मनपर्ने हेयर कटिङ गर्ने । विशेषतः विवाहमा महिलाले कपालको जुरो बनाउने हुँदा आफनो अनुहारको प्रकार कस्तो छ ? गोलो, लाम्चो, अण्डाकार त्यसलाई विचार गरेर जुरोको स्टाईल दिने । यसका लागि दक्ष ब्युटिसियनसँग आवश्यक परामर्श गर्ने । आफ्नो कपाल सुहाँउदो हेयर कलर १ साता अघि नै लगाए केशमा चमक आउने गर्छ ।
- त्यस्तै बेहुलीले विहेअगावै श्रृंगार सामग्रीबारे याद राख्नुपर्ने कुराहरु :
- लिपिस्टिकको कलर चम्किलो प्रयोग गर्ने, नभए डार्क कलरको लिपिस्टिक भए लिपगल्सको प्रयोग गर्ने ।
- मेकअप सामग्रीमा फाउन्डेसन तथा पाउडरको प्रयोग नगर्ने, यी सामग्री लगाइ सकेपछि हल्का पानी माथिबाट लगाउने जसले मेकअप भद्दा देखिँदैन ।
- आइब्रोको ज्यादै पातलो नबनाउने । आईब्रो नर्मल सेपमा नै राख्दा राम्रो देखिन्छ ।
- आईस्याडो ज्यादा बाक्लो र धेरै कलरहरु मिक्स नगर्दा नै साधारण र सुन्दर देखिन सकिन्छ । आइलाइनर पनिः भरसक मोटो नलगाउने । आइलेस माथिबाट हल्कामात्र देखिने गरी पातलो लाइनर लगाउने र कोश नतानी लाइनर लगाउने । आइलेसमा हल्का मस्कारा पनि प्रयोग गर्ने |
You can subscribe by e-mail to receive news updates and breaking stories.