टाउको दुख्यो!! के गर्ने;;

Posted by Sura Health on |







टाउको दुखाइ सँग लड्ने केही उपायहरु:

१. आफ्नो टाउको दुखाइको बारेमा लेख्ने 
कस्तो खालको दुखाइ हो, प्राय: कुन बेलामा शुरु हुन्छ, के खादा वा के गर्दा शुरु हुन्छ, शुरु हुनु अघी, शुरुभएपछी र निको भएपछी तपाईंलाई कस्तो महसुस हुन्छ, प्राय कती समयसम्म रहन्छ जस्ता कुराहरु तपाईंले टिप्नु भयो भने तपाईं उपचार गर्ने डाक्टरलाई र तपाईंलाई पनि टाउको दुखाइको कारण, प्रक्रिती, समाधान र बच्ने उपाय थाहा पाउन सजिलो हुन्छ।

२. निस्चित समयमा सुत्ने
अनिदो रहने, जुन बेला मन लाग्यो त्यही बेला सुत्ने, उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा अरु कारण (जस्तै माइग्रेनको टाउको दुखाइ) बढाइरहेको हुन्छ। त्यसैले सकेसम्म निन्द्रा नफालौ, सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ।

३. नियमितरुपमा व्यायाम गर्ने
नियमितरुपमा व्यायाम गर्नाले शरीर स्फुर्त रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर पनि उत्पादन गर्न मद्दत गर्छ। हफ्ताको ४-५ दिन करीब २०-३० मिनेट छिटोछिटो हिंड्नु (Brisk Walking) स्वास्थ्यकर हुन्छ।

४. मानसिक तनाव कम राख्ने
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल गर्ने, समस्या कसरी समाधान गर्ने, आफुलाई कसरी कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ। तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न जाने, साथीभाइसँग गफ गर्ने, म्युजिक सुन्ने, मुभी हेर्ने, रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ। साथै ध्यान गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ।

५. चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने
चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ।

६. स्वस्थ खाना खाने
स्वस्थ खाना (भन्नाले हरियो सागसब्जी, फलफुल, पानी)को बढी मात्रामा सेवन गर्ने बानी गर्नुपर्छ। त्यस्को मतलब कोकफेन्टा, चाउचाउ, चिप्स जस्ता प्रोसेस्ड खानेकुरा खाँदै नखानु भनेको हैन, किनकी त्यो सम्भवै छैन, तर कम गरेको धेरै बेस। साथै बाहिर होटलका अनहाइजेनिक खानाहरु पनि सकेसम्म नखानु राम्रो। अनी खाना टाइममा खाने, भोको पेट नबस्ने गर्नाले पनि माइग्रेनको दुखाइले सताउन कम हुन्छ।

७. चिसोले टाउको सेक्ने
चिसोले सेक्नाले पनि दुखाइमा केही आराम गर्छ, त्यसैले चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राख्नाले टाउको दुखाइमा आराम मिल्छ।

८. दुखाइको औषधी खाने
टाउको दुखाइ अती नै बढी छ, सहन नसकिने छ भने दुखाइका साधारण औषधीहरु जस्तै सिटामोल, सिटामोल र कोडिनको कम्बिनेसन (कोडोपार, डोलोपार आदी) खान हुन्छ। निम्स, ब्रुफेन जस्ता पेनकिलरको अत्यधिक सेवनले ग्यास्ट्राइटिस, किड्नीमा समस्या गर्न सक्छ। र टाउको दुखाइ पहिले भन्दा फरक, धेरै छ भने डाक्टरलाई देखाउनु बेस हुन्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips