दबाई होइन, दिनचर्या बदलौं |
Posted by Sura Health on |
आफ्नो जीवनशैलीलाई थोरै मात्र बदल्ने हो भने रोगबाट धेरै हदसम्म छुट्कारा पाउन सकिन्छ । यद्यपि दिनचर्या बदल्नुभन्दा औषधीको एउटा गोली खान सजिलो हुन्छ, तर औषधीले क्षणिक समाधान दिन्छ भने दिनचर्या बदल्नाले दीर्घकालीन समाधान प्राप्त हुन्छ । दिनचर्या बदल्ने थोरै मात्र प्रयास गरियो भने हामी सुन्दर जिन्दगीको मालिक बन्न सक्छौं ।नियमित व्यायम –दैनिक ३०–४० मिनेट व्यायाम गर्नुपर्छ । यसले शरीरमा स्पूmर्ति पैदा गर्छ । रक्तसंचार सूचारु गराउछ ।प्रशस्त पानी पिउने–पानीले शरीरको विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । साथै छालालाई पनि स्वस्थ्य राख्छ । शरीरको तापमान नियन्त्रण गर्छ ।
नियमित ब्रेकफास्ट गर्ने –यो दिनको महŒवपूर्ण आहार हो । यसले हामीलाई दिनभर काम गर्ने ऊर्जा प्रदान गर्छ । साथै मासंपेशीको तालमेल पनि मिलाउ“छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.