खोकी लागेमा घरेलु उपचार !!
Posted by Sura Health on |
१. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो मिलाएर चाटे पनि लाभ गर्छ ।
२. आँकको ४-५ वटा पात पोलेर त्यसको खरानी रातभरी पानीमा राखेर बिहान लुगाले छानी पिएमा पनि खोकी निको हुन्छ ।
३. तिलको तेलमा कपुर मिसाएर छातीमा बिस्तारै दलिदिने गरेमा साना बच्चाहरूको खोकीमा लाभ गर्छ ।
४. मह र भुटेको असलीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ । असलीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ ।
५. अतिसको चूर्ण र मह मिलाएर चाटे पनि लाभ हुन्छ ।
६. महसित चम्पाको बोक्राको ८ ग्राम चूर्ण सेवन गरे कफजनित खोकीबाट छुटकारा पाउन सकिन्छ ।
७. दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ ।
८. जलकुम्भीको चुर्ण र मिश्री पाँच-सात ग्राम खाएर त्यसमाथी दुई घुट्को गुलाब जल पिउनाले खोकीमा फाइदा गर्छ ।
९. सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ ।
१०. चिराइतोको काढाँ पिउनाले वा शतावरी, मिश्री र छोहोडाको पानीमा पकाएर पिउनाले पुरानो खोकी निको हुन्छ । ४. मह र भुटेको असलीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ । असलीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ ।
५. अतिसको चूर्ण र मह मिलाएर चाटे पनि लाभ हुन्छ ।
६. महसित चम्पाको बोक्राको ८ ग्राम चूर्ण सेवन गरे कफजनित खोकीबाट छुटकारा पाउन सकिन्छ ।
७. दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ ।
८. जलकुम्भीको चुर्ण र मिश्री पाँच-सात ग्राम खाएर त्यसमाथी दुई घुट्को गुलाब जल पिउनाले खोकीमा फाइदा गर्छ ।
९. सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.