स्किन केयर फर विन्टर{ skin care for winter}
Posted by Sura Health on |
चि.सो मौसमको आगमनसँगै छालासम्बन्धी समस्याले विकराल रूप लिन्छ । जाडोमा ंछालामा
सुख्खापन बढ्छ जसले गर्दा छाला बेजान र सुख्खा देखिन्छ । छाला
तन्किएको अनुभूति हुने भएकाले इचिङ हुन्छ र छाला फुट्छ । यतिबेला शरीर र छालाको
अतिरिक्त हेरचाह आवश्यक छ । सूर्यको अल्ट्राभ्वाइलेट किरणले पोतो, ट्यानिङजस्ता
समस्या उत्पन्न हुन्छन् । त्यसैले घामको आनन्द लिनुअघि शरीरमा एसपीएफ १५ देखि ३०
सम्मको सनस्त्रिmन लोसन लगाउनुपर्छ । चिसोमा सीटीएम अर्थात् क्लिजिङ, टोनिङ र
मोस्चराइजिङलाई आफ्नो दैनिक क्रियाकलापमा समावेश गर्नुपर्छ । क्लिजिङले धूलो, पसिना
आदि हटाउँछ भने मोस्चराइजरले छालाको सुख्खापन हटाउन सहयोग गर्छ । बडी मसाजमा फिगारो र बदामको तेल प्रयोग गर्नुपर्छ । यसमा लेवेन्डर ओयल, रोज ओयल एवं टिवजर्म ओयलको ४-४ थोपा मिसाएर राख्नुपर्छ । नुहाइसकेपछि पूरा शरीरमा विन्टर केयर वा बडी लोसन उपयोग गर्नुपर्छ । अनुहारमा कोल्ड क्रिम वा ओयल बेस्ड क्रिम प्रयोग गर्नुपर्छ । भिटामिन ईयुक्त क्रिमको प्रयोगले छालालाई पोषण प्रदान गर्छ । चिसोमा हातखुट्टाको नियमित हेरचाह गर्नुपर्छ । खुट्टाका लागि कुनै राम्रो कम्पनीको फुट क्रिम प्रयोग गर्नुपर्छ । महिनामा एकपटक पार्लरमा पेडिक्योर गर्नुपर्छ । यसबाट नङको मृतछाला हटाउन सकिन्छ र फुटेको कुर्कुच्चाको पनि उपचार हुन्छ । पेराफिन बेक्सबाट घरमै फुटेको कुुर्कुच्चा भरेर क्लिङ पिल्मबाट र्याप गरी १०-१५ मिनेटसम्म राखे कुर्कुच्चा नरम हुन्छ । ग्लिसिरिनमा कागती र रोजवाटर मिसाउनुपर्छ । ओठलाई फुट्नबाट जोगाउन लिपबाम प्रयोग गर्न सकिन्छ । गुलाबको फूल पिसेर ओठमा प्रयोग गरे ओठ कालो हुँदैन ।
चिसोमा मेहन्दीको प्रयोग कम गर्नुपर्छ, कारण मेहन्दी लगाएपछि केश सुख्खा हुन पुग्छ । यदि अति आवश्यक छ भने दही मिसाएर प्रयोग गर्नु उचित हुन्छ । केशमा कन्डिसनर तथा हेयर स्पा गर्नु ठीक हुन्छ । मेकअप गर्दा स्किनलाई फेसवास गरी मोस्चराइजर लगाएर १५ मिनेटसम्म छोड्नुपर्छ । त्यसपछि क्रिम बेस्ड फाउन्डेसन प्रयोग गर्नुपर्छ । लिक्विड आइलाइनर प्रयोग नगरी केक आइलाइनर प्रयोग गर्नुपर्छ । पेनकिकलाई पानीमा मिसाएर प्रयोग गर्नाले मेकअपमा क्रेक्स पर्दैन ।
जाडोमा छाला सुख्खा नहोस् भन्ने हेतुले जैतुनको तेल वा बडी लोसन र वाटर वेस्ड क्रिम प्रयोग गर्नुपर्छ । मोस्चर कम भए छालामा प्याच हुन्छ । ठाउँठाउँमा सेतो रंगको छाला निस्कन्छ । ओयल ड्राइ भए छाला पिम्पल्स र एक्नेयुक्त हुनपुग्छ । अतः स्किनको ग्लो कायम राख्न दिनहुँ पर्याप्त मात्रामा पानी पिउनुपर्छ र फेसमा हाइड्रेमाइस, हाइड्रेसिङ एम्पयुल वा मोस्चराइजर प्रयोग गर्नुपर्छ । महिनामा एकपटक फेसियल गर्नुपर्छ । सनवर्न वा ट्यानिङ भए एन्टी टोनिङ प्याक प्रयोग गर्नुपर्छ । मिल्क र हनीको प्याकले छालालाई फेयरनेस प्रदान गर्छ र छाला कसिलो पनि हुन्छ । चन्दनको तेलले एन्टिसेप्टिकको काम गर्छ । त्यसैले बडीमा इचिङ स्क्रेचेस परे जैतुनको तेलमा चन्दनको तेल मिसाएर त्यही ठाउँमा लगाउँदा फाइदा हुन्छ ।
पिम्पल्स र एक्ने भए कुकुम्बर जेलमा टि्रट्री ओयल दुई थोपा मिसाएर राति सुत्नुपूर्व पिम्पल भएको ठाउँमा लगाउनुपर्छ । चिसो मौसमको आगमनसँगै चटपटे एवं मसलेदार खानामा रुचि बढ्छ । तैलीय, मिठासपूर्ण स्वादिष्ट व्यञ्जन हाम्रो आहारमा समावेश हुन्छन् । यस्तो खानपानले हाम्रो पाचन प्रणालीलाई मात्र नभएर शरीरलाई नोक्सान पुर्याउँछ । छालामा कतिपय समस्या उत्पन्न हुन्छन् । चिसोमा छालामा नरमपनको कमी हुनाले सुख्खापन, क्रेक्स, इचिङ आदि समस्या उत्पन्न हुन्छन् । गलत खानपानबाट पिम्पल्स, ब्ल्याक हेड्स आदि समस्या देखापर्न सक्छन् ।
जाडोमा तैलीय खानालाई संयमित मात्रामा प्रयोग गर्नुपर्छ । यसका साथै वाक, एक्सरसाइज एवं वर्क आउट गर्नु जरुरी छ । बिहानको ताजा हावाले नरमपन र शुद्ध अक्सिजन प्रदान गर्छ । यो मौसममा मौसम, अनार एवं मेवाको सेक पिउनुपर्छ । मेवाले पाचनमा सहयोग गर्छ, पिम्पल्स र एक्नेबाट पनि जोगाउँछ । अंकुरित चना, मंुग एवं मटरलाई कागती, नुनका साथमा सलादका रूपमा प्रयोग गर्नुपर्छ । दैनिक रूपमा जुस वा अरू कुनै तरल पदार्थ सेवन गर्नुपर्छ साथै बासी खान र चिसो पदार्थबाट जोगिनु पर्छ |
You can subscribe by e-mail to receive news updates and breaking stories.