एपेन्डिसाइटिस (appendicitis)

Posted by Sura Health on |







अचानक बेस्सरी पेट दुख्नु र दुखाई शुरुमा नाइटोका वरिपरि अनि विस्तारै दायाँतिर पेटको तलतिर सर्दै जानु सामान्य दुखाई मात्र नभएर एपेन्डिसाइटिस पनि हुनसक्छ ।एपेन्डिसाइटिस ठूलो आन्द्रासँग सम्बन्धित रोग हो । ठूलो आन्द्राको छेउमा भर्मिफम एपेन्डिक्स रहेको हुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । तर, निस्कासन गरिनुपर्ने विषाक्त पदार्थ लामो समयसम्म ठूलो आन्द्रामा रहेमा यसले रोग उत्पादन गर्छ ।कारणहरु (causes) :– लामो समयसम्म कब्जियतको समस्या हुनु (chronic constipation)– पच्न गाह्रो हुने तारेको, भुटेको र मसालेदार खाना खानु ।– अत्यधिक मासु खानु ।– अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैली ।– शारीरिक व्यायाम कम हुनु ।लक्षणहरु (symptoms) :– शुरुमा नाइटोका वरिपरि दुख्दछ र विस्तारै उक्त पीडा दायाँतिर पेटको तलतिर बढ्दै जान्छ ।– अपच हुनु (Indigestion)– वाकवाक लाग्नु र वान्ता हुनु (nausea & vomiting)– ज्वरो आउनु (fever)– पेटको दाया भागको मांसपेशी कडा भएको महसुस हुनु– बायाँतिर चलाउँदा समेत दायाँतिर दुख्नु (rovsin’s sign positive)– बिरामीको पेट छामेर छोड्दा विरामीले पीडाको महसुस अलि बढी गर्दछ ।– पखाला वा कब्जियत हुनु ।उपचार (treatment)– एपेन्डिसाइटिस भएका विरामीलाई ४८ घण्टाभित्र नै शल्यक्रिया गरी एपेन्डिक्सलाई काटेर फाल्नु नै यसको प्रमुख उपचार हो । तसर्थ यस्ता प्रकारका विरामीको शंका लाग्नासाथ जतिसक्दो छिटो शल्यक्रियाको निमित अस्पतालमा लैजानु पर्छ ।– तुरुन्तै अप्रेसन गर्नुपर्ने बाहेक अन्य अवस्थामा खानपान, आराम व्यायाम, योग, ध्यान आदिको माध्यमबाट यसको उपचार गर्न सकिन्छ ।– दुखाईको अवस्थामा भोजन नगरी पानी, फलफूलको जुस र फलफूल मात्र सेवन गर्नुपर्दछ ।– कब्जियत यो रोगको मुख्य कारण भएको हुँदा यसको उपचार वा कब्जियत हुनै नदिने उपाय अपनाउनुपर्छ ।– दैनिक भोजनमा प्रशस्त पलफूल र तरकारी समावेश गरिएको सन्तुलित भोजन गर्नुपर्दछ ।– प्रशस्त पानी पिउनुपर्दछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips