भुँडी घटाउन नुन कम::
Posted by Sura Health on |
अमेरिकाको ग्यास्ट्रोइन्टरोलोजिस्ट रबिन चुटकनले आफ्नो नयाँ पुस्तकमा उक्त उपायहरुबारे चर्चा गरेका छन् । चुटकनका अनुसार, पुरुषको दाँजोमा महिलालाई भुँडी लाग्ने समस्या बढी देखिन्छ, किनभने उनीहरूको आन्द्राको लम्बाइ बढी हुन्छ ।
उनले आपmनो पुस्तकमा महिला एवं पुरुषको पाचनतन्त्रमा केही मूल अन्तर औंल्याउँदै भुँडी लाग्नबाट जोगिन केही सुझावसमेत दिएका छन् ।
सुझाव अनुसार खानामा नुनको बढी प्रयोगले पेट फुल्न सक्छ । यसैले एक दिनमा न्यूनतम १५ सय मिलीग्राम नुन मात्र सेवन गर्नुपर्छ ।
यस्तै, आपmनो भोजमा धेरैजसो रेसायुक्त आहार लिनुपर्छ । घुलनशील र अघुलनशील रेसायुक्त खानाको मिश्रति मात्राको उपयोग गर्नु चुस्त एवं छरितो रहनुको सबैभन्दा राम्रो तरिका हो । यस्तै पेटलाई धेरै भर्नुबाट समेत बाँच्नुपर्छ । यसले गर्दा कब्जियतको समस्या हुन सक्छ ।
शरीरमा सोडियमले जल स्तर कायम राख्छ भने पोटेसियले अतिरिक्त पानीबाट मुक्ति दिलाउन सघाउँछ । केरा लगायतका पोटेसियमयुक्त खाद्यपदार्थ सेवन गर्नाले कमरको बीचको खण्डलाई पातलो गर्न सहयोग मिल्छ ।
किताबमा वर्णन गरिएअनुसार पर्याप्त मात्रामा पानीको सेवन गर्नाले खानामा भएको रेसाहरु आपmनो काम बढी राम्ररी गर्न सक्छन् । यसले कब्जियतको समस्याबाट समेत जोगाउँछ ।
सुपाच्य खाने कुरा नै सेवन गर्नु राम्रो । चिनी, बोसोयुक्त लगायतका पचाउन गाह्रो हुने खाद्यपदार्थबाट टाढा रहनुपर्छ ।
यति मात्र नभई कृत्रिम मिठोपना भएको वस्तुको उपयोगसमेत गर्नु हँुदैन । वास्नायुक्त पेयपदार्थ, कम कार्बोहाइड्रेट भएको र चिनीरहित खाद्यपदार्थलाई हाम्रो शरीर सजिलै पचाउन सक्दैन । ठूलो आन्द्रामा पाइने जीवाणु यसलाई टुत्रmयाउने प्रयास गर्दा पेटमा ग्यास उत्पन्न हुन गई पेट फुल्छ । स्रोत :::कान्तिपुर !
You can subscribe by e-mail to receive news updates and breaking stories.