You are here: Home /
Health News / सेप्टेम्वर,अक्टोवर र नोभेम्वरमा जन्मनेहरु धेरै बाँच्ने !!
यदी तपाई सेप्टेम्वर, अक्टोवर या नोभम्वरमा जन्मनु भएको हो भने तपाईले आफूलाई भाग्यमानी ठान्नुभए हुन्छ किनभने यी तीन महिनामा जन्मनेहरु अन्य महिनामा जन्मेका भन्दा बढि बाँच्ने गरेको एक अध्ययनले बताएको छ । युनिभसिर्टी अफ शिकागोमा गरिएको एक अनुसन्धानमा यस्तो नतिजा आएको हो । उक्त अनुसन्धानमा १५०० भन्दा बढि मानिसहरु जो सन् १८८० देखी १८९५ बीचमा जम्मिएका थिए उनीहरुमाथी अध्ययन गरिएको थियो ।
खोजमा धेरैजसो १०० वर्ष भन्दा बढी बाँच्ने मानिसहरु सेप्टेम्वर, अक्टोवर र नोभेम्वरमा जन्मिएको पाईएको थियो । जर्नल अफ एजिङ रिसर्चमा छापिएको यो खोजमा मार्च, मे र जुलाई जन्मिएकाहरु मध्ये थोरैले मात्रै १०० वर्ष बाँचेको तथ्याङक पनि पेश गरिएको छ ।