निद्रामा देखिने समस्याहरु र तिनको रोकथाम !!
Posted by Sura Health on |
डा. सिपी सेडाईं
मानिसहरुमा निद्रा कम लाग्ने समस्या प्रशस्त पाइन्छ, खासगरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै बिउँझने आदि समस्या रहन्छ ।
हाम्रो शरीरको स्वास्थ्यका लागि निद्रा अति अत्यावश्यक हुन्छ । निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीमा निश्चित समयमा निद्रा लाग्छ, साथै हामी निद्राबाट बिउँझिन्छौँ । निद्रा विभिन्न किसिमका हुन्छन् ।
१. हल्का निद्रा
२. गहिरो निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा
खासगरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुँदै सक्रिय रुपमा आइरहेका हुन्छन् । हल्का निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौँ र झसंग हुँदै उठ्न सक्छौँ । त्यस्तै, आँखाको गेडी हल्लिने निद्रामा पनि यस्तै हुन्छ । तर जब गहिरो निद्रामा हामी हुन्छौँ, त्यतिबेला हामीलाई केही थाहा हुँदैन । यस्तो निद्रालाई भाते–निद्रा भनिन्छ । हाम्रो मस्तिष्कको आरामका लागि यो अति आवश्यक छ । हाम्रो शरीरको स्वास्थ्यका लागि करिब ६ घन्टा निद्राको आवश्यकता पर्छ । बालक तथा बिरामी पर्दा बढी नै घन्टा निद्राको आवश्यकता पर्छ । कहिलेकाहीँ १ दिनको निद्रा बिथोलिएमा अर्काे दिन त्यसले असर गर्दछ । त्यसैले भनिन्छ, एक दिनको निद्राले ७ दिन पिरोल्छ ।
निद्रामा देखिने समस्याहरु ः
प्रायः मानिसहरु निद्रा कम पर्ने गरेको गुनासो गर्छन् । कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घन्टौँ कुर्नुपर्ने र कोही भने निदाउने तर बीचबीचमा बिउँझने गर्छन् । कोही निदाएर उठेपछि फेरि निदाउन गाह्रो हुन्छ, जसले गर्दा भोलिपल्टसम्म फूर्तिलो नदेखिने हुन्छन् । कोही बढी निदाउने गर्छन् । खासगरी, दिउँसो बढी निद्रा लाग्ने निद्राले गर्दा काम गर्न गाह्रो हुने, पढ्न नसक्ने, पटकपटक निद्राले सताउने गर्छ ।
निद्रामा देखिने अन्य रोचक समस्याहरु ः
– निदाएको बेलामा डराउने, आत्तिने, चिच्याउने, नराम्रो सपना देख्ने भोलिपल्ट कुनै कुरा सम्झने अनि कुनै सम्झन नसक्ने ।
– निदाएको बेलामा घरबाट बाहिर निस्कने, हिँड्ने अनि धेरै हिँडिसकेपछि मात्र चेत आउने र फेरि घर फर्कने ।
– निदाएको बेलामा पिसाब छुट्ने पनि हुन्छ । उपचार गरे यो निको हुन्छ ।
– निद्राको बेलामा बोल्ने,
दाँत चपाउने, निद्रामा घुर्ने, खुट्टा हल्लाउने आदि ।
– निद्राबाट बिउँझिँदा शरीर चलाउन नसक्ने पनि हुन्छ । यो यस्तो अवस्था हो, जसमा हामी अचानक निद्राबाट बिउँझिन्छौँ । प्रायः आत्तिँदै सपनाका कारण हामी डराइरहेका हुन्छौँ । हामी शरीर चलाउन सक्दैनौँ, बोल्न पनि सक्दैनौँ र त्यसैले निसासिएजस्तो लाग्छ । केही मिनेटमा हामी बोल्न सक्छौँ र हाम्रो शरीर पनि चलाउन सक्छौँ । यस्तो अवस्थालाई बोक्सीले छलेको भनेर अहिले पनि भन्ने गरिन्छ । वास्ताममा यो सही होइन, यो एक निद्राको अवस्थामा देखिने प्यारालाइसिस हो, जुन १–२ मिनेट मात्र रहन्छ ।
धेरै मानिसहरुमा उमेर ढल्कँदै जाँदा निद्रा कम पर्ने हुन्छ । राति निद्रा नपर्दा अत्यन्त पीडा हुन्छ । मनमा अनेकौँ कुरा खेल्छन्, दिमागले आराम पाउँदैन, छटपटी हुन्छ, बारम्बार पिसाब फेर्नुपर्ने हुन्छ । डर लाग्छ, पेट पोल्छ, खानामा अरूचि हुन्छ, पसिना आउँछ र हाम्रो शरीरका मांसपेशी दुख्छन् । भोलिपल्ट मन कमजोर हुने, शरीर स्वस्थ नहुने हुन्छ । धेरै मनोरोगका बिरामीहरु आफ्नो निद्रा गडबड भएको बताउँछन् तथा अन्य शारीरिक रोगीहरु पनि निद्रा नपर्नाले आफूलाई सताएको बताउँछन् ।
निद्रा राम्रोसँग लाग्न गर्नुपर्ने घरेलु उपाय ः
– सुत्ने कोठा शान्त, हल्ला नहुने खालको हुनुपर्छ ।
– दैनिक रुपमा शारीरिक व्यायाम गर्ने ।
– दिउँसो भरसक नसुत्ने ।
– सुत्नुअगाडि चिया, कफी नलिने र बढी खाना नखाने वा कम खाना पनि नलिने । बेलुकाको खाना ठिक्क रुपमा लिने ।
– जहिले पनि एउटै समयमा सुत्ने बानी बसाल्ने र चाँडै सुत्ने, चाँडै उठ्ने बानी गर्ने ।
– निद्रा लाग्ने बेलामा मात्र ओछ्यानमा जाने, जाँडरक्सी
सेवन नगर्ने ।
– सुत्नुअघि मनतातो पानीले नुहाउनु उत्तम हुन्छ ।
सपनाको मनोवैज्ञानिक विश्लेषण ः
प्रसिद्ध मनोवैज्ञानिक सिगमन्ड फ्रायडका अनुसार निद्रामा देखिने सपना अनौठो रुपमा आएको हुन्छ । खासगरी हाम्रो मस्तिष्कमा रहेका (रेकर्ड भएका कुराहरु) एकअर्कामा जोल्टिएर आउने, हाम्रो मनमा रहेको इच्छा पूरा गर्ने, कहिलेकाहीँ एकआपसमा घुलमेल हुँदै अत्यन्तै पीडादायक डरलाग्दो रुपमा प्रस्तुत हुने, एउटा कुराको टाउको अर्काे कुराको पुच्छरसँग चामत्कारिक सपना देखिने, कहिले राम्रो रुपमा आउने र कहिले नराम्रो रुपमा आउने हुन्छ ।
नराम्रो सपना देखियो, अब के हुन्छ भनेर अहिले मनमनै त्रासमा पर्नेहरु पनि हुन्छन्, तर यो भ्रममात्र हो । यस्तो सोचाइ गलत हो र यसले मनमा अशान्ति पैदा गर्छ । सपना राम्रो देख्नाले मन खुशी पनि हुन्छ । त्यसैले सपना सुल्टो–उल्टो जे पनि हुन सक्छ, सपना नराम्रो देख्दा कुनै खतरा हुँदैन । तपाईंले भेट्न नसकेको मानिस वा तपाईंले मनमा सोच बनाउनुभएको मानिससँग पनि तपाईंको भेट सपनामा हुन्छ, त्यसले तपाईलाई क्षणिक आनन्द मात्र हुन्छ ।
अर्को शब्दमा भन्दा हाम्रो मस्तिष्क एउटा कम्युटर हो । उसमा रेकर्ड भएका कुराहरु जब हामी निद्रामा हुन्छौँ, मस्तिष्कचाहिँ अर्धचेतनामा हुन्छ । त्यसबेला सपनामा यी वर्षौंदेखिका रेकर्डहरु फाइल टेपजस्तै गरी एकअर्कामा घुलमिल भई प्रस्तुत हुन्छन् । कहिले यी आनन्ददायक हुन्छन् त कहिले पीडादायक हुन्छन् । तर सपना नराम्रो देखियो, अब के हुन्छ भनेर आत्तिनुचाहिँ मूर्खता मात्र हो । नराम्रो सपना देख्दा र चिन्ता लिँदा कति मानिस मनोरोगी बन्छन् । कहिलेकाहीँ रातभरि नै निद्रा पर्दैन, जुन खतरनाक पनि हुन सक्छ । निद्रा नपर्नाले गर्दा रात अत्यन्तै लामो लाग्ने र पीडादायी महसुस हुन्छ ।
डिप्रेसन रोगका बिरामी निद्रा गहिरो नभएको बताउँछन्, जसबाट भोलिपल्ट फूर्ति नआउने हुन्छ । डरलाग्दो सपना देख्ने गर्छन् र आत्तिन्छन् । मेनिया रोगमा निद्रा २ घन्टा सुते पनि पुग्छ । बिरामी राति पनि टिभी हेरिरहने, कराउने, यताउता हिँड्ने गर्छन् । सिर्जाेफेनियाका बिरामी रातभरि यताउता डुल्छन्, दिउँसो सुत्छन् । सन्तुलित भोजन, शारीरिक व्यायाम गर्ने मानिस रातमा राम्रोसँग निदाउँछन् । एक प्रकारको छारेरोग, जुन निदाउँदा मात्र देखिन्छ । बिरामी अचानक ओछ्यानबाट खस्ने, शरीर कडा हुने, तन्किने, मुखबाट फीँज काड्ने, १५ मिनेटपछि फेरि उठ्ने गर्छन् ।
त्यस्तै, एन्जाइटी डिसअर्डरका बिरामी अँध्यारोमा डराउँछन् । ढोका–झ्याल लगाउँदा आफू निसासिएको जस्तो मान्छन् । एक्लै बस्न सक्दैनन्, आत्तिने र डराउने गर्छन् । पुरानो अन्धविश्वासले गर्दा रात बढ्दै जाँदा भूत, बोक्सी आदि आउँछ भनेर डराउँछन तर त्यस्तो भएको हुँदैन । कोही निद्रामा बेसरी घुर्ने हुन्छन् । मोटो शरीर, कम शारीरिक व्यायाम, रक्सी सेवनले गर्दा प्रायः यस्तो भएको हुन्छ । रात लामो हुँदा हाम्रो शरीरको मेलाटोनिन भन्ने हर्माेन बढी प्रवाह हुँदा जाडो महिनामा कसैमा डिप्रेसन रोग देखिएको छ । खासगरी, ध्रुवीय देश नर्वेमा यस्तो बढी पाएको बताइन्छ ।
राति कफी, चिया पिउनु निदाउनका लागि घातक हुुन्छ । शरीरको अपरेसनपछि निद्रा राम्रो परेन भने घाउ निको हुन गाह्रो हुन्छ । यस्तो अवस्थामा निद्रा लाग्ने औषधि प्रयोग गरिन्छ । धेरै किसिमका निद्रा लाग्ने औषधिहरु पाइन्छन् । थोरै निद्रा नपर्दामा औषधि लिनुहुँदैन । औषधिविना गरिने उपचार सफल नभएमात्र औषधि प्रयोग गर्नुपर्छ । राति सुत्दा पूरै झ्यालढोका बन्द गर्न हुँदैन, जसले गर्दा अक्सिजन कम हुन पाउँदैन । जब हामी धेरै घन्टा सुत्छौँ, तब हल्का निद्राको मात्रा पनि बढ्दै जान्छ । बिहानीपख प्रायः हामी सपना देख्छौँ, जुन हामी उठेपछि सम्झन सक्छौँ । तर गहिरो निद्रामा देखिएको सपना हामी सम्झन सक्दैनौँ । कहिलेकाहीँ हामी सुतेको १–२ घन्टामै अत्यन्तै डराउने, आत्तिने, चिच्याउने हुन्छ, मुटुमा ढुकढुकी बढ्छ, यसलाई नाइट टेरर भनिन्छ । यो भोलिपल्ट सम्झना हुँदैन । राति आनन्दले सुत्दा शरीरमा आराम महसुस हुने, मांसपेशी हलुका हुने, शरीरको तौल बढ्ने, मानसिक तनाव कम हुने गर्छ ।
निद्रामा देखिने समस्याहरुको उपचार ः
– निद्रामा देखिने छारेरोगका बिरामीले छारेरोगको औषधि सेवन गर्नुपर्छ । औषधि करिब ४ वर्ष लिनुपर्ने हुन्छ ।
– निद्रा नपर्ने, निद्रामा बिउँझिने बिरामीले सबैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ । त्यसबाट निको नभए निद्रा पर्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
– निदाएका बेला डराउने, नराम्रो सपना देख्ने मानिसलाई औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा हुन्छ ।
– निदाएको बेलामा हिँड्ने बिरामीहरु औषधिको प्रयोगबाट निको हुन्छन् ।
– निदाएको बेला पिसाब फेर्ने बिरामीले बेलुकीपख कम पानी पिउने, सुत्नुअगाडि पिसाब फेरेर मात्र सुत्ने गर्नुपर्छ । त्यसबाट पनि निको नभए राति कति बजे पिसाब छुट्छ, त्योभन्दा ३–४ मिनेट पहिला उठाएर पिसाब फेराउनुपर्छ । त्यति गर्दा पनि निको नभए औषधि सेवन गर्नुपर्दछ ।
– निद्राको बेला बोल्ने, दाँत चपाउने, निद्रामा खुट्टा हल्लाउने मानिसका लागि औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा हुन्छ ।
– निद्रामा डराउँदै बिउँझिँदा शरीर चलाउन नसक्ने बिरामीलाई उपचारको आवश्यकता पर्छ । यो बोक्सी लागेको होइन भन्दै अन्धविश्वास हटाउनुपर्छ । यो बोक्सीले छलेको होइन, अचानक बिउँझिँदा शरीर चलाउन केही समय लागेको हो ।
– दिउँसोमा बढी निद्रा
लागेमा चिया, कफीको प्रयोगबाट फाइदा हुन्छ ।
– निद्रामा देखिने नराम्रो सपनालाई विश्वास गर्न हुँदैन । सपनामा देखेको कुरा पछि मिल्छ भन्नु अन्धविश्वास मात्र हो । मन ढुक्क बनाउन पर्दछ । सपना नराम्रो देखे पनि बिपनामा केही हुँदैन ।
कसरी मानसिक स्वस्थ बन्ने ? ः
– अनावश्यक कुरामा बारम्बार एकोहोरो र गहिरो सोचाइ नगर्ने ।
– अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
– पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झूटा सावित भएका छन्, तिनमा विश्वास नगर्ने ।
– हरेक काममा खुशी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
– जे छ, त्यसमा सन्तुष्ट हुने तर मेहेनत गर्न नछाड्ने ।
– लागूपदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकाले, यी वस्तुबाट टाढा रहने ।
– दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।
– समाजमा, घरपरिवारमा दुष्टतापूर्ण वातावरणको अन्त्य गर्ने ।
– अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
– आफ्ना समस्या आफ्नो परिवार र साथीभाइलाई भन्ने बानी गर्ने, जसबाट मनको उत्तेजना
(चिन्ता) कम गर्न सहयोग मिल्छ ।
– मनलाई सधैँ शान्त राख्ने ।
(नसा तथा मानसिक रोग विशेषज्ञ
चितवन मेडिकल कलेज, भरतपुर)
मानिसहरुमा निद्रा कम लाग्ने समस्या प्रशस्त पाइन्छ, खासगरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै बिउँझने आदि समस्या रहन्छ ।
हाम्रो शरीरको स्वास्थ्यका लागि निद्रा अति अत्यावश्यक हुन्छ । निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीमा निश्चित समयमा निद्रा लाग्छ, साथै हामी निद्राबाट बिउँझिन्छौँ । निद्रा विभिन्न किसिमका हुन्छन् ।
१. हल्का निद्रा
२. गहिरो निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा
खासगरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुँदै सक्रिय रुपमा आइरहेका हुन्छन् । हल्का निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौँ र झसंग हुँदै उठ्न सक्छौँ । त्यस्तै, आँखाको गेडी हल्लिने निद्रामा पनि यस्तै हुन्छ । तर जब गहिरो निद्रामा हामी हुन्छौँ, त्यतिबेला हामीलाई केही थाहा हुँदैन । यस्तो निद्रालाई भाते–निद्रा भनिन्छ । हाम्रो मस्तिष्कको आरामका लागि यो अति आवश्यक छ । हाम्रो शरीरको स्वास्थ्यका लागि करिब ६ घन्टा निद्राको आवश्यकता पर्छ । बालक तथा बिरामी पर्दा बढी नै घन्टा निद्राको आवश्यकता पर्छ । कहिलेकाहीँ १ दिनको निद्रा बिथोलिएमा अर्काे दिन त्यसले असर गर्दछ । त्यसैले भनिन्छ, एक दिनको निद्राले ७ दिन पिरोल्छ ।
निद्रामा देखिने समस्याहरु ः
धेरै मानिसहरुमा उमेर ढल्कँदै जाँदा निद्रा कम पर्ने हुन्छ । राति निद्रा नपर्दा अत्यन्त पीडा हुन्छ । मनमा अनेकौँ कुरा खेल्छन्, दिमागले आराम पाउँदैन, छटपटी हुन्छ, बारम्बार पिसाब फेर्नुपर्ने हुन्छ । डर लाग्छ, पेट पोल्छ, खानामा अरूचि हुन्छ, पसिना आउँछ र हाम्रो शरीरका मांसपेशी दुख्छन् । भोलिपल्ट मन कमजोर हुने, शरीर स्वस्थ नहुने हुन्छ । धेरै मनोरोगका बिरामीहरु आफ्नो निद्रा गडबड भएको बताउँछन् तथा अन्य शारीरिक रोगीहरु पनि निद्रा नपर्नाले आफूलाई सताएको बताउँछन् ।
निद्रा राम्रोसँग लाग्न गर्नुपर्ने घरेलु उपाय ः
You can subscribe by e-mail to receive news updates and breaking stories.