महिनावारी रोक्ने औषधि !

Posted by Sura Health on |







महिनावारी रोक्ने औषधिको सेवनले बाँझोपनको समस्या बढाउँछ भन्ने सुनिन्छ, के यो सत्य हो ? - नेहा, वीरगन्ज⁄ हाल : पेप्सीकोला

नेहाजी, महिनावारी रोक्नको लागि हर्मोन पिल्स उपयोग गर्ने गरिन्छ । त्यस्तो औषधिले २–३ दिन महिनावारी पर सर्ने गरेको अध्ययनले देखाएको छ । साधारण गुलाफ चक्की पनि यस कार्यका लागि उपयोग गर्ने गरिन्छ । यस्तो औषधि नियमित उपयोग गरिँदैन र गरे पनि चिकित्सको सल्लाहले उपयोग गर्ने हुनाले बाँझोपनको सीधै खतरा रहँदैन । बाँझोपनको समस्या त्यस्ता चक्कीले गराउँछन् भन्ने अध्ययनले नदेखाएकोले यो सत्य हो भन्न सकिएन ।

मलाई छ्यौं आउँदा, खोक्दा पिसाब अडिँदैन । समाधानको उपाय बताइदिनुभए आभारी हुने थिएँ । -एक पीडित महिला

पीडित महिला, तपाईंको पिसाबथैलीमा भएको पिसाब रोक्ने घाँटीको मांसपेशी (स्पिड्डचर) खुकुलो, लुलो, ढिलो भएकाले नै त्यस्तो भएको हो । बच्चा जन्माउँदा मांसपेशी फाट्ने, च्यातिने भएमा तथा अन्य कारणले त्यो मांसपेशी घाइते वा रोगी भएमा पनि यस्तो समस्या हुन सक्छ । मांसपेशीको व्यायाम गर्नुभएमा त्यो मांसपेशी बलियो भएर जान्छ र सुधार हुन सक्छ । यसका लागि पिसाब फेर्दा १०–१२–१४ पटकसम्म पिसाब छोड्दै–रोक्दै गर्ने र त्यसै प्रकारका व्यायाम अन्य समयमा पनि गर्ने गर्नुस् । यदि त्यसले सुधार भएन भने एक पटक युरो सर्जनलाई देखाउनुस् । उपयुक्त सहयोग पाउनुहुनेछ ।
औषधि खानेबित्तिकै सकेसम्म ओछ्यानमा पल्टिनु राम्रो होइन भन्ने सुनिन्छ, खास कारण के होला ? - रोदीप थापा, मलेखु, धादिङ

रोदीपजी, औषधि खानेबित्तिकै सुत्नु (ओछइनमा पल्टिनु) हुँदैन भनेर कहीँ–कतै लेखिएको थाहा छैन । सुत्नु र बस्नुमा त्यस्तो कुनै नियम छैन । निश्चित औषधि खाली पेटमा, खानाअघि, खानापछि, सुत्ने बेलामा खाने सल्लाह दिइन्छ । सोही अनुसार सल्लाह माग्नुपर्ने पनि हुन्छ । प्रमाणहीन तर्क वा सल्लाहको पछि नलागौं ।

मेरो ९ वर्षीय छोराको जन्मैदेखि दाहिने हातको कान्छी औंला छैन । पछि गएर औंलाकै कारण उसलाई चिन्ता पर्न सक्छ । त्यसैले कृत्रिम औंला राख्न मिल्छ कि ? सल्लाह पाऊँ । - चण्डिका

चण्डिकाजी, दाहिने हातको कान्छी औँला नहुनासाथ अपाड्डताको परिभाषामा परे तापनि आफ्नो काम गर्न, लेख्न, पढ्न तथा अन्य व्यावसायिक काम गर्न नसक्ने भन्ने हुँदैन । उसलाई सकारात्मक वातावरण दिने, राम्रोसँग अध्ययन गरेमा त्यो एउटा औँलाले फरक पार्दैन भन्ने कुराको विश्वास दिलाउन आवश्यक छ । औँला प्रत्यारोपण गर्ने, कृत्रिम औँला राख्ने भन्ने कुरालाई हेर्ने हो भने प्लास्टिक सर्जनले केही मात्रामा मिल्दोजुल्दो बनाउन सक्छन् । उनीहरूसँग बसेर परामर्श गरेमा मात्र निर्णय लिन सकिन्छ । शिक्षण अस्पताल, काडमाडौं मेडिकल कलेज, मोडेल अस्पतालमा यी प्लास्टिक सर्जरीका विभागहरू छन्, सल्लाह लिनुहोला ।
म २४ वर्षको भएँ । मेरो कपाल फुल्न थालेको छ । अरूले झट्ट हेर्दा नदेखे पनि अलि ठम्याएर हेर्दा फुलेको थाहा भइहाल्छ । यसलाई रोक्न मैले के गर्नुपर्ला ? साथै कहिलेकाहीँ मेहन्दी लगाउने गरेको छु । यसले कुनै हानि त गर्दैन ? सुझावको अपेक्षा गर्दछु । - टीकाराम न्यौपाने, नारायणगढ, चितवन

टीकारामजी, कपाल फुल्ने कार्य रोक्ने भन्ने हुँदैन । सेता रौँ नदेखाउन सकेसम्म ढाक्ने तथा मेहन्दी वा कालो रड्ड लगाउने मात्र उपाय छ । तपाईंको कपाल धेरै छिटो फुल्यो । त्यो वंषाणुगत कारण पनि हुन सक्छ । तपाईंले लगाउने गरेको मेहन्दी ओर्जिनल हो भने यसले हानि गर्दैन । किनकि मेहन्दी केमिकल नभएर प्राकृतिक उत्पादनमा पर्दछ । फुल्न रोक्ने कुनै औषधि वा उपाय छ भन्ने कुरा मैले अहिलेसम्म सुनेको छैन । यदि त्यस्तो भएको भए धेरैले राहत पाउनेथिए र फुल्नै नदिने
उपाय अपनाउँथे होला ।

मेरो छोरो १३ वर्षको भयो । उठ्दा–बस्दा प्रत्येक पटक उसको दुवै घुँडा पड्किन्छ । घुँडाको अन्य समस्याचाहिँ केही छैन । यसरी घुँडा किन पड्किन्छ ? पछि केही हानि त गर्दैन ? -रुपमा कार्की, सानोठिमी, भक्तपुर

रूपमाजी, जसरी औँला पड्कन्छन् त्यसरी नै जोर्नीभित्र हावा भएमा त्यो हावा स्थानान्तरण हुँदा पड्कने गर्छ । त्यही प्रक्रियाले होला बच्चाको घुँडाको जोर्नी पड्कने गरेको । कहिलेकाहीँ अन्य व्यक्तिको पनि घुँडा पड्केको सुन्ने गरेकै पनि होला । यसरी पड्कँदैमा हानि गर्ने भन्ने हुँदैन । दुख्ने, सुन्निने समस्या छैन भने यसप्रकार पड्कँदैमा समस्या होलाजस्तो पनि लाग्दैन । आफूले बल गरेर पड्काउने बानी गर्नुचाहिँ राम्रो होइन । एक पटक हाड–जोर्नी विज्ञ वा फिजियोथेरापिस्ट भेट्नुभएमा थप सल्लाह मिल्न सक्नेछ ।

मेरो घाँटीको दायाँ–बायाँ र काखीमा गरी ६–७ वटा मासुका साना गिर्खा आएको छ । यसले खासै असर नगरे पनि सुन्दरतामा आँच आउने र पछि अरू पनि थपिँदै जाने हो कि भन्ने लागेकोले सल्लाह पाऊँ । - सम्झना श्रेष्ठ, बनेपा, काभ्रे

सम्झनाजी, तपाईंले गिर्खा त भन्नुभयो तर कुन आकार तथा नापका छन् तथा तिनीहरूको घाँटी–जग कस्तो छ भन्ने कुरा स्पष्ट भएन । साना मासुका त्यान्द्राजस्ता बनावट भएका क्पष्ल त्बन पनि हुन सक्छ । यस्ता गिर्खा डल्ला, लाम्चा, चेप्टा जस्तो आकारमा पनि हुन सक्ने र धेरैजसो घाँटीमा आउने हुनाले त्यही नै होलाजस्तो लाग्यो । त्यस्ता बनावटलाई काटेर फाल्न पनि सकिन्छ । छालारोग विज्ञले ओपीडीमा सहजै निकाल्न पनि सक्ने हुनाले त्यति डराउनु, आत्तिनु नपर्ला । तर पनि छाला विज्ञले आँखाले नहेरेसम्म यही हो भन्न गाह्रो भएकोले छालारोग विशेषज्ञकोमा देखाउनको लागि सल्लाह दिन चाहन्छु । यसको संख्या थपिँदै जानेचाहिँ संक्रमण भएको खण्डमा तथा अन्य रोग भएको खण्डमा सम्भव रहला, त्यो पनि छाला विज्ञले नै स्पष्ट पार्नुहुनेछ ।
म २१ वर्षीया युवती हुँ । विगत २ वर्षअघि पेट दुख्ने समस्याले अस्पतालमा भर्ना हुँदा मृगौला इन्लार्ज भएको समस्या देखिएको थियो । औषधि खाएर ठीक भइयो तर मृगौला आkm\नो साइजमा आए⁄नआएको थाहा भएन । गत महिना त्यही समस्या दोहोरिएको थियो । औषधिले ठीक पनि भयो । तर यो के कारणले हुन्छ । उही समस्या दोहोरिइरहँदा भोलि मृगौलामा ठूलै समस्या देखिने त होइन? कृपया बताइदिनुहुन्थ्यो कि ? - विनायक थापा, काठमाडौं

विनायकजी, मृगौला ठूलो हुने भनेको पिसाब रोकिएपछि भित्रका स्थान फैलिनु हो । अथवा जन्मजात नै मृगौलाको ठूलो आकार पनि हुन सक्छ । त्यो कुरा मृगौलाको भिडियो एक्सरे गरेर मात्र पत्ता लाग्छ । आफ्नो स्थानमा फर्कनको लागि रोगले सुन्निएको र उपचार भएको हुनुपर्यो । जन्मजात नै ठूलो हो भने त पुरानो साइजमा फर्कने कुरै भएन । तसर्थ एकपटक भिडियो एक्सरे (अल्ट्रा साउन्ड) गरेर मृगौला विशेषज्ञलाई देखाउनुस्, सबै स्पष्ट हुनेछ ।

म १९ वर्षकी भएँ । दुई वर्षअगाडि बाध्यतावश कसैसँग मेरो शारीरिक सम्पर्क भएको थियो । अहिले मेरो विवाह भयो । श्रीमान्ले ठट्टैठट्टामा तिम्रो कसैसँग सम्पर्क भएको त छैन? भनेर जिस्क्याउँदा मेरो मन झसड्ड भयो । के त्यस्तो कुरा श्रीमान्ले थाहा पाउन सक्छन् ? कतै मेरो जिन्दगी बरबाद त हुने होइन ?

चिन्तित बनेकी बहिनी, पुराना कुरा बिर्सेर तन, मन, धनले श्रीमान्प्रति इमानदार तथा सत्यवादी बन्नुस्, त्यसैमा भलो छ । यौनजन्य क्रियाकलाप नियमित गर्ने र नगर्ने व्यक्तिको हाउभाउ तथा प्रतिक्रिया फरक त हुन्छ नै, त्यो तपाईंमा लागू हुँदैन । किनकि तपाईंको शारीरिक सम्पर्क बाध्यतावश र त्यो पनि एक पटक मात्रै भएकोले निर्धक्क भएर अब श्रीमान्प्रति
इमानदार बन्नुस् ।

मेरो छोरा ३ वर्षको भयो । उसको जाडो होस् या गर्मी दुवै मौसममा दाहिने आँखाबाट आँसु आउने गर्छ । यस्तै समस्या मेरो भतिजाको पनि सानो बेला भएको मलाई याद छ र पछि ठूलो भएपछि आफैं ठीक भयो । के यो वंशाणुगत रोग हो? यस्तो हुनुको कारण के होला ? उपचारको लागि सल्लाह चाहन्छु । -मनोज शाक्य, लगनटोल, काठमाडौं

मनोजजी, बच्चाको आँखाबाट आँसु आउनुको कारण कुनै संक्रमण वा असामान्य महसुस ९क्ष्चचष्तबतष्यल० को कारण हो । त्यसै आँसु आउँदैन र आउनु हुँदैन पनि । आँसु आउन बच्चा रुनुपर्यो वा कुनै कैफियत हुनुपर्यो । एउटा मात्रै आँखाको समस्या भएकाले आँसु ग्रन्थि वा नलीको कुनै खराबी हुन पनि सक्छ । वंशाणुगत रोग नै हो भन्ने आधार नभएकोले एकपटक आँखा रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त होला ।


म २५ वर्षीया युवती हुँ । म हिजोआज निद्रामा बर्बराइरहन्छु भनेर आमा जहिल्यै भनिरहनुहुन्छ । निद्रामै यसरी आवाज निकालेर कराउनु कतै मानसिक समस्या त होइन ? -जेस्मिना महर्जन, थानकोट

जेस्मिनाजी, तपाईंले अहिले २५ वर्ष भएपछि मात्र बर्बराउन सुरु गर्नुभयो कि पहिलेदेखि नै हो भन्ने थाहा भएन । निद्रामा कराउने कताकति भेटिन्छन् । यसलाई मानसिक रोग त नभनौं तर कतिपय अव्यक्त कुराहरू निद्रामा व्यक्त हुन पनि सक्छन् । यो मानसिक रोग नै नभए पनि तपाईंले सम्पर्क गर्नुपर्नेचाहिँ मनोरोग विशेषज्ञ नै हो । एकपटक मनोरोग विशेषज्ञसँग सल्लाह गर्नुभएमा उचित सहयोग मिल्नेछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips