पाठेघर झर्ने समस्या र उपचार !!
Posted by Sura Health on |
- डा. अपर्णा भट्ट
केही वर्षदेखि महिलाहरूको पाठेघर झर्ने समस्या धेरैजसो सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको चासोको विषय हुँदै आएको छ। महिलाहरूको पेल्भिक (तल्लो पेटको भाग) सतहमा पाठेघर मात्र नभएर पिसाबको थैली तथा दिसाको थैली अत्यन्तै नजिक भएर बसेका हुन्छन्। ती तीन अंग यति नजिक हुन्छन् कि कुनै एक अंग आफ्नो स्थानबाट तल्तिर झर्दा अर्को अंगलाईर् पनि तान्दै तल ल्याउँछन्। ती तीनै अंगलाईर् मांसपेशीको एउटै झुण्डले थामेको हुन्छ। यो मांसपेशीको झुण्ड अलि खुकुलो अथवा कमजोर भयो भने कुनै पनि अंग र्झन सक्छ। चित्रमा देखिएका पेल्भिक सतहका अंगहरूमा सबैभन्दा अगाडि पिसाबको थैली, बीचमा अलिकति माथितिर पाठेघर तथा सबैभन्दा पछाडि दिसाको थैली वा नली छन्।
नेपालमा सानै उमेरमा धेरैजसो महिलाका ती अंगहरू तल झरेको पाइन्छ। अविवाहित एवं शिशु नजन्माएका महिलाहरूमा समेत यस्तो समस्या पाइएको छ।
यसका मुख्य कारण ः
स्थापित कारण
- शिशु जन्माउनु
- उमेर बढ्दै जानु
- धेरै मोटाउनु
सम्भावित कारण
- धेरै र छिटो-छिटो गर्भधारण गर्नु
- फोरसेपमार्फत सुत्केरी गराउनु
- सानो उमेरमा शिशु जन्माउनु
अन्य कारण
- दोस्रो चरणको सुत्केरी व्यथा लामो समयसम्म रहनु
- शिशुको तौल ४ किलोभन्दा बढी हुनु
- असाधारण पेल्भिक बोन हुनु वा तल्लो पेटको हड्डीको आकार फरक हुनु
- वंशानुगत रूपमा पेल्भिक अंग झर्ने समस्या हुनु
- गह्रौं भारी बोक्नुपर्ने बाध्यता
- कब्जियत हुनु
- हड्डीसँग जोडिएको मांसपेशी असामान्य भएकालेे पहिले नै पाठेघरको शल्यक्रिया गरिसकेका
- गलत पोजिसनमा काम गर्नु
- दिसा धुँदा अगाडिबाट पछाडितिर धुँदै जाने बानी
- रागरस वा हार्मोनका कारण पनि अंग र्झन सक्छ।
लक्षण
- कुनै कारणवश हार्मोन संचालनमा बाधा परे पेल्भिक अर्गानमा रहेका अंगहरू तल्तिर र्झन थालेपछि खासगरी साँझपख योनिको मुखतिर केही चीज आएको अथवा अडि्कएको अनुभव हुनु अथवा योनिको मुखबाट केही चीज बाहिर निस्किएको अनुभव हुनु
- योनिको मुखबाट तलतिर कुनै वस्तुले थिचे वा घचेटेजस्तो हुनु
- केही डल्लो वस्तु नै निस्किएको देखिनु
- योनि क्षेत्रमा गर्हुँगो अनुभव हुनु
- कम्मर तथा पेटको तल्लो भाग दुख्नु
पिसाबसँग सम्बन्धित लक्षण
- पिसाब रोक्न वा थाम्न नसक्नु
- छिटो-छिटो पिसाब लाग्नु
- पिसाब फेर्न हतार लाग्नु
- पिसाबको धारा सानो हुनु र पिसाब फेर्न धेरै बेर लाग्नु
- झर्को लाग्नु
- पिसाब सबै ननिस्किएको अनुभव हुनु
- पिसाब निखार्नलाईर् बाहिर निस्केको अंगलाईर् हातले भित्र पसाउनुपर्ने हुनु
- कहिले उठेर, कहिले बाङ्गेर, कुप्रेर शरीरको अवस्थालाईर् बदलेर मात्र पिसाब पूरा निकाल्नुपर्ने अवस्था हुनु
- अपान वायु तथा दिसा थाम्न नसक्नु
- दिसा पूरा गर्न नसक्नु
- दिसा गर्दा कन्नुपर्ने हुनु
- दिसा गर्न हतार भएको अनुभव भैरहनु
- दिसा पूरा निकाल्न हातका औंला घुसानुपर्ने हुनु
- दिसाको नली पिसाबको मुख र योनिको वरिपरि औंलाले थिचेर पिसाब निकाल्नुपर्ने हुनु
- दिसा बस्दा केेही कुरा अड्केको वा कुनै वस्तुले छेकेको अनुभव हुनु।
सम्भोगको समयमा
- सम्भोग गर्दा पीडा हुनु
आफैंले समस्या पत्ता लगाउने तरिका ः
- दिनमा ८—१० पटकभन्दा बढी पिसाब लाग्नु
- राति १ पटकभन्दा बढी पिसाब लाग्नु
- खोक्दा, हाच्छिउँ गर्दा वा भारी बोक्दा पिसाब आउनु
- खोक्दा, हाच्छिउँ गर्दा वा भारी बोक्दा अन्डरवेयर भिज्नु
- पिसाब गर्न जाँदाजाँदै वा शौचालय नपुग्दै पिसाब निस्कनु
यी माथिका लक्षण आफूमा छन् भने पेल्भिक सतहमा भएका अंगहरू आफ्नो स्थानबाट तलतिर झर्दैछन् भन्ने कुरा बुझ्नुपर्छ र सम्बन्धित ठाउँमा गएर उपचार गराउनुपर्छ।
रोकथाम
- पिसाब गर्न उत्तेजित गराउने खानपिन जस्तो क्याफिन नभएको चिया, कफी, रक्सी, सोडा, अम्लीय पदार्थ, गोलभेंडा, चकलेट, मसला तथा पिरो भएको खाना कम खाने
- दिसा धेरै कस्सिएमा पिसाब छिटो-छिटो लाग्छ।
- प्रशस्त पानी तथा तरल पदार्थ पिउनाले दिसा कस्सिने र रातमा पिसाब लाग्ने समस्या कम हुन्छ।
- सुत्नुभन्दा १ घन्टाअघिदेखि पानी नपिए राति पिसाब लाग्दैन।
उपचार ः
- कम उमेरमा शिशु नजन्माउने
- धेरै र छिटो-छिटो शिशु नजन्माउने
- धेरै गहौं भारी नबोक्ने र लामो समय नउभिने
- दिसा-पिसाब गर्दा कन्ने बानी हटाउने
- धूम्रपान नगर्ने
- पानी प्रशस्त पिउने
- कस्सिएको पहिरन नलगाउने
- सुत्केरी व्यथा लागेपछि पूरै योनिद्वार नखुलेसम्म नकन्ने
- सुत्केरी भएपछि कम्तीमा पनि १ महिना शारीरिक बल पर्ने काम नगर्ने
- पोसिलो खाना खाने
- टुक्रुक्क बसेर काम नगर्ने, पिर्का, चकटी, काठ, इँटा, ढुंगामाथि बसेर काम गर्ने
- पटुका तलदेखि बाँध्दै माथितिर लाने
- पिसाब लाग्नेबित्तिकै नफेर्ने, लामो-लामो सास फेर्ने वा रिल्याक्स गरेर मात्र पिसाब गर्न बस्ने
- छिटो-छिटो पिसाब च्याप्दा पेल्भिक मसललाईर् दिसा गर्दा जस्तो गरी चिमिक्क गर्दै कस्ने र छोड्ने। ५-१० पटक कसरत गर्ने र खुकुलो पारेर पिसाब गर्न बस्ने
- स्वस्थ पिसाब गर्ने बानी हरेक २-२ घन्टामा अथवा दिनको ८-१० पटकसम्म हो।
पेल्भिक सतहको मांसपेशीको कसरत गर्दा हुने फाइदाहरू ः
कसरतले पेल्भिक सतहका मांसपेशीलाईर् कडा र बलियो बनाउँछ
- पिसाब चुहिनबाट बचाउँछ
- पेल्भिक सतहबाट अंगहरूलाईर् आफ्नो स्थानबाट र्झनबाट जोगाउँछ
- पिसाब थैलीको मुख बन्द गर्ने र खोल्ने शक्ति बढाउँछ
- पिसाब थैलीको मांसपेशीलाईर् बलियो बनाउँछ।
उपचार ः
- हार्मोन रिप्लेसमेन्ट वा रागरसद्वारा उपचार
- पेल्भिक सतहको मांसपेशीको कसरत
- रिङ पेसरी
- शल्यक्रिया
- धेरै महिलामा कुनै न कुनै प्रकारको पिसाब रोक्न गाह्रो अथवा थाम्न गाह्रो पर्ने समस्या हुन्छ। अहिले जम्मा ६ किसिमबाट पिसाब चुहिने समस्याको उपचार गरिन्छ।
- पिसाब थैली, पाठेघर र गुदद्वारको काम क्रमशः पिसाब गराउने, प्रजनन् गराउने र दिसा गराउने हो। तल्लो सतहमा भने पिसाबको मुख, योनि र दिसा नली बसेको हुन्छ। यी सबै अंगले पेल्भिक सतहको मांसपेशीले बाहिरको संसार खोल्छ र बन्द गर्छ।
- किगल व्यायाम
- औषधि
- शारीरिक कसरत तथा नियन्त्रण
- इलेक्ट्रो स्टिमुलेसन वा विद्युतीय उपचार
- पिसाबसम्बन्धी बानी सुधार्ने
- शल्य चिकित्सा
किगल व्यायाम
यो व्यायामले पेल्भिक सतहका मांसपेशीहरू बलियो पार्न मद्दत गर्छ। यो व्यायाम गर्दा चित्रमा देखाइएका अंगहरूलाईर् मजबुत तरिकाले थाम्न सक्ने भएकाले यो कसरत सबै महिलाले सधंै गर्नु आवश्यक छ। पेल्भिक सतहका मांसपेशी हाम्रो अनुहारको छालाजस्तै तन्कने र लचकदार भएकाले यसलाईर् खुम्च्याउन सकिन्छ। महिलाले मांसपेशीलाईर् पिसाब रोक्न प्रयोग गर्छन्।
कसरी गर्ने ?
यो व्यायाम उठेर, बसेर वा सुतेर गर्न सकिन्छ। लामो सास फेर्ने र पूरै छोड्ने, पूरै शरीरलाईर् खुकुलो छोड्दै पिसाबले च्यापेको बेला, कतै पिसाब गर्दागर्दै फ्याट्ट कोही मानिस आइपुग्यो भने पिसाब रोकेर जुरुक्क उठे जस्तैगरी यो व्यायाम गर्ने। यसरी पिसाब रोक्ने प्रक्रियालाईर् ५-१० सेकेन्डसम्म रोक्ने र छोड्ने। यो कसरत कम्तीमा १० पटक गर्नुपर्छ अनि मात्र एक चक्र पूरा हुन्छ। यो कसरत दिनको ३ पटक गर्नुपर्छ। यो व्यायाम गर्दा पूरा शरीरलाईर् पूरै खुकुलो पार्ने र सास नरोक्ने तथा खुट्टा र पेटलाईर् पनि नकस्ने। यसो गर्दा पेल्भिक सतहको मांसपेशी कसिन्छ।
यो सजिलो कसरत हो। सही तरिकाले सामान उठाउने, टुक्रुक्क नबस्ने, भारी उचाल्नुअघि माथिको कसरत उठेर गर्ने बानी बसालेर अंग खस्ने समस्याबाट बच्न सकिन्छ।
सफलताको अनुभव
महिला स्वास्थ्यका क्षेत्रमा धेरै दशकसम्म कार्यरत उमा शर्मा भछिन्-
'पाठेघर, दिसा तथा पिसाबका अंगहरू केवल मांसपेशीका आधारमा अडेका हुन्छन् भनेर कति पढियो कति सुनियो तर त्यति वास्ता गरिएन। हामीमध्ये धेरै महिलालाईर् उमेर बढ्दै गएपछि, छिटो-छिटो पिसाब लाग्ने, पिसाब थाम्न नसक्ने, छिउँ गर्दा, खोक्दा पिसाब चुहिने, अन्डर वेयर भिज्ने समस्या हुन्छन्। म भर्खरै ५० काटेकी महिला हुँ। ३-४ वर्षदेखि पिसाब चुहिने समस्याका कारण दिनमा २-३ पटक अन्डर वेयर फेरेर हिँड्नुपर्ने भैसकेकी थिएँ। यसैबीच मैले विगत व्यायाम सिक्ने अवसर प्राप्त गरे र त्यसको नियमित अभ्यास गर्ने थाले । एक महिनामै मेरो समस्या हट्यो, अहिले म ढुक्क भएर हिँड्न सक्छु। यसको महत्व बुझेपछि मैले पनि महिला दिदी-बहिनीहरूलाईर् पनि यो कसरत सिकाउन थालेकी छु। हाम्रो समाजमा यस्तो समस्यालाईर् राम्रो मानिँदैन। त्यसैले महिलाहरू समस्या भए पनि लुकाउन चाहन्छन्। हिजोआज पाठेघर झर्ने समस्यामा चर्चा हुन थालेको छ तर दिसाको थैलो र पिसाबको थैलो पनि उत्तिकै संवेदनशील अंग हुन् भन्ने कुरा चर्चामा आउँदैन। साधारण पेल्भिक अंगहरू मांसपेशीले थामेकाले यी मांसपेशीलाईर् बलियो पार्न साधारण किगल कसरत गरे पाठेघर मात्र होइन तीनवटै अंग आफ्नो स्थानबाट तल र्झन पाउँदैनन्।'
You can subscribe by e-mail to receive news updates and breaking stories.