केयु मेडिकल कलेज : कसलाई कति कोटा ?
Posted by Sura Health on |
काउन्सिलले यसवर्ष काठमाण्डौ विश्वविद्यालयको कुम्स, मनिपाल पोखरा र लुम्बिनी मेडिकल कलेज पाल्पाको सिट (विद्यार्थी कोटा) संख्या बढाएको छ । यसैगरी केयु अन्तर्गतका अन्य कलेजको कोटा भने हेरफेर भएको छैन । अघिल्लो वर्ष ६० सिट रहेको कुम्सको यसवर्ष बढेर ७५ पुगेको छ भने मणिपालको १ सय ३० बाट बढेर १ सय ४५ कोटा पुगेको छ । यसैगरी सय सिट कोटा रहेको लुम्बिनीको बढेर १ सय २० पुगेको छ ।
काउन्सिलले हरेक मेडिकल कलेजमा अनुगमनका लागि अलगअलग विज्ञ टोली पठाएको थियो । ३ सदस्सीय टोलीमा क्लिनिकल, बेसिक साइन्स र डेन्टल समुहबाट एकएक जना रहेको काउन्सिलका एक सदस्यले बताए । उनका अनुसार अनुगमन टोलीको रिर्पोटका आधारमा काउन्सिल गाइडलाइन अनुसार कोटा बितरण गरीएको हो । काउन्सिललाई कोटा बितरणमा आर्थिक चलेख हुनेगरेको आरोप लाग्दै आएको छ ।
कसको कति कोटा ?
कलेज गतवर्ष यसवर्ष
कुम्स ६० ७५
मणिपाल मेडिकल कलेज १३० १४५
लुम्बिनी मेडिकल कलेज १०० १२०
नेपाल मेडिकल कलेज १५० १५०
भरतपुर मेडिकल कलेज १५० १५०
काठमाण्डौ मेडिकल कलेज १५० १५०
नेपालगञ्ज मेडिकल कलेज १५० १५०
नोबल मेडिकल कलेज १५० १५० स्रोत :स्वस्थ्य खबरपत्रिका
You can subscribe by e-mail to receive news updates and breaking stories.