You are here: Home /
Health News / मोतिविन्दुको उपचारमा नयाँ खोज !!
आँखाको एक हाम समस्या हो– मोतिविन्दु ।मानिसको आँखामा हुने लेन्सले कुनै पनि वस्तु र प्रकाशको अवस्थामा परिवर्तन गर्ने“फोकस”प्रोटिनहरुको सघन संरचनाले सम्भव हुन्छ । यिनै प्रोटिन जमेर लेन्स छोपिन्छ र त्यस अवस्थालाई मोतिविन्दु भनिन्छ । यस प्रक्रियामा केही विशेष सुरक्षात्मक प्रोटिन पनि हुन्छन्,जसले मोतिविन्दु सिर्जना हुनबाट रोक्ने गर्छन् ।
जर्मनीको म्युनिखमा वैज्ञानिकहरुलेसुरक्षात्मक प्रोटिनहरु मध्येको एक प्रोटिनलाई सक्रिय पारेर लेन्सलाई सफा राख्ने प्रणाली खोजेका छन् ।
टेक्नाइच युनिभर्सिटेट म्युचेनको वैज्ञानिक टोलीले प्रोसेडिङ्स अफ दि नेसनल एकेडेमी अफ साइन्सेसको अनलाइन संस्करणमा हालै जनाए अनुसार यस खोजले मोतिविन्दुको वैकल्पिक उपचारको बाटो खुलेको छ । जसमा शल्यक्रिया आवश्यक पर्ने छैन ।
लेन्सका कोषले विचित्रको कार्य गर्छन् । तिनीहरुलेसघन रुपमा मिश्रित प्रोटिनहरुबनाउँछन् । यसकै आधारमा लेन्सले अपवर्तक शक्ति प्राप्त गर्छ, लेन्सले नजिक र टाढाको वस्तुलाई हेर्ने क्रममा फोकस योग्यता देखाउँछ । त्यसैक्रममा लेन्सलाई सफा पनि राख्छ ।
लेन्समा बादल लाग्न नदिन लेन्सका कोषले नितान्त फरक किसिमले प्रोटिनहरु उत्पादन गर्ने र हटाउने गर्छन् । प्रोटिनहरुले एक पटक भ्रुणको अवस्थामा तिनीहरुलाई बनाएर सँधैका लागि सुरक्षित गरेर राख्छन् । शरीरका अन्य प्रोटिन भन्दा फरक लेन्सका प्रोटिन हाम्रो उमेर सरह पाका हुन्छन् ।
तर, प्रोटिनहरुलाई जीवन पर्यन्त बचाइराख्न लेन्सका कोषले तिनीहरुलाई यात विघटित अवस्थामा या तिनीहरुलाई आपसमा झुण्ड बनाएर राख्नु पर्छ ।भुण्ड बनाएर राख्दा लेन्स माथि बादल लाग्छ र मोतिविन्दु बन्छ ।
जर्मनीमा वैज्ञानिकहरुले लामो समय ती प्रोटिनलाई विघटनको अवस्थामा राख्नेएक प्रणालीखोजेका छन् ।एए–क्रिस्टालिन र एबी–क्रिस्टालिन नामका दुई प्रोटिनले यसमा भूमिका खेल्ने पहिले नै खलस्त भैसकेको थियो । तापरोधी यी प्रोटिन मानिसका सबै कोषमा हुन्छन् र यिनीहरुले कोषमा निकै ताप वा तनावको वेला अन्य प्रोटिनलाई आपसमा जोडिन दिँदैनन् ।
तापनि यी दुई क्रिस्टालिन प्रोटिनको व्यवहार र संरचना बारेमा धेरै जानकारी मिलेको थिएन ।
यी दुई प्रोटिन मध्ये एबी–किस्टालिनलाई सक्रिय बनाउने औषधि तयार पारेर मोतिविन्दुको उपचार गर्न सकिने जनाइएको छ । एजेन्सी