स्वास्थ्यका लागि उपयोगी खाना !!
Posted by Sura Health on |
मानिसले प्रायः पौष्टिक दृष्टिकोणले भन्दा पनि स्वादको दृष्टिकोणले दैनिक खानाको छनोट गर्ने गर्छन् । बढ्दो सहरीकरण, खाद्यपदार्थको आकर्ष विज्ञापन, तयारी खाद्यपदार्थको उत्पादनमा वृद्धिजस्ता कारणले गर्दा विशेषतः सहरी बासिन्दाको दैनिक भोजनमा यस प्रकारका खाद्यपदार्थले प्राथमिकता पाएको देखिन्छ । खास गरी बालबालिका तथा बढ्दो उमेरका केटाकेटीहरूको भोजनको आधिकांश भाग यस प्रकारका खाद्यपदार्थले नै ओगटेको हुन्छ ।
सबै खाद्यसमूहबाट ठीक परिमाण समावेश गर्न सकेमा खाद्यपदार्थले शरीरमा गर्ने कार्य जस्तै- शक्ति दिने, कोष-तन्तु मर्मत तथा विकास गर्ने र रोग-प्रतिरोधात्मक क्षमता बढाउने कार्य गरी स्वस्थ रहन मद्दत पुग्छ ।
|
साधारण अर्थमा भन्ने हो भने यस प्रकारको क्यालोरी कम दिने तर अन्य पौष्टिक तत्त्व पर्याप्त प्राप्त हुने खाद्यपदार्थलाई न्युटि्रएन्ट ९ल्गतचष्भलत० डेन्स खाना अर्थात् पौष्टिक तत्त्व सम्पन्न खाना ९ल्गतचष्तष्यल म्भलकभ ँययमक० को रूपमा परिभाषित गरिन्छ । कुनै पनि निश्चित परिमाणको खाद्यपदार्थबाट प्राप्त क्यालोरीको अनुपातमा अन्य पौष्टिक तत्त्वको परिमाण भन्ने बुझिन्छ ।
जस्तै- तल दिइएको तालिकामा ३ प्रकारका खाद्यपदार्थ र त्यसबाट प्राप्त हुने पौष्टिक तत्त्वको परिमाण उल्लेख गरिएको छ । यसअनुसार कुनै खाद्यपदार्थको क्यालोरीको परिमाण समान भए तापनि अन्य पौष्टिक तत्त्वको परिमाण फरक हुन्छ । जस्तो- पाउरोटीमा भन्दा प्रोटिनको मात्रा दूधमा बढी र दूधमा भन्दा दालमा बढी हुन्छ । यस प्रकार समान क्यालोरी भए तापनि प्रोटिन प्राप्त हुने हिसाबमा दाल पौष्टिक दृष्टिकोणले सम्पन्न भएको देखिन्छ ।
खाद्यपदार्थ क्यालोरी प्रोटिन
दाल ८५ ५.५
दूध ८५ ४.०
पाउरोटी ८५ २.४
यसै गरी एक कप गाजर र ४ वटा ठिक्कको नुनिलो क्राकर बिस्कुटले समान क्यालोरी अर्थात् ५० क्यालोरी दिन्छ भने अन्य पौष्टिक तत्त्व प्राप्त हुने हिसाबले हर्ेर्ने हो भने गाजरबाट ५० क्यालोरी शक्तिबाहेक भिटामिन, फाइबर पनि प्राप्त हुन्छ तर बिस्कुटबाट क्यालोरी मात्र प्राप्त हुन्छ । यस अर्थमा क्यालोरी मात्र दिने खाद्यपदार्थलाई क्यालोरी डेन्स खाना ९ऋबयिचष्भ म्भलकभ ँययम० र क्यालोरी कम तथा अन्य पौष्टिक तत्त्वसमेत प्राप्त हुने खानालाई न्युटि्रएन्ट डेन्स खाना ९ल्गतचष्तष्यल म्भलकभ ँययमक० भनिन्छ ।
प्रशस्त मात्रामा क्यालोरी भएको तर अन्य पौष्टिक तत्त्व नगन्यरूपमा मात्र भएको खाद्यपदार्थलाई बढी क्यालोरी दिने अर्थात् क्यालोरी डेन्स खाद्यपदार्थ ९ऋबयिचष्भ म्भलकभ ँययमक० भनिन्छ र यसलाई शून्य क्यालोरी ९Emउतथ ऋबयिचष्भ० पनि भनिन्छ । जस्तै- बिस्कुट, चिप्स, कुकिज, डोनट, भुजा, कार्बोनेट पेयपदार्थ, चाउचाउ आदि यसका उदाहरण हुन् ।
कार्बोनेट पेयपदार्थ र चिल्लोरहित दूधबाट प्राप्त हुने पौष्टिक तत्त्वको तुलना गर्दा दुवै खाद्यपदार्थबाट प्रशस्त तरल पदार्थ ९ँगिष्म० प्राप्त हुने भए तापनि पौष्टिक दृष्टिकोणले कार्बोनेट पेयपदार्थबाट खाली क्यालोरी मात्र प्राप्त हुन्छ भने दूधबाट क्यालोरीको मात्रा कम तथा अन्य पौष्टिक तत्त्वहरू जस्तै- क्याल्सियम, प्रोटिन, भिटामिन, राइबोÇलाबिन आदि प्राप्त हुन्छ ।
पूरै अन्न ९ध्जयभि नचबष्लक०, दाल-गेडागुडी, दूध, पास्ता, सागसब्जी, फलफूल आदि पौष्टिक रूपले सम्पन्न खाद्यपदार्थको रूपमा लिइन्छन् भने चिनी, चिल्लो मिलाई बनाएको चिप्स, चकलेट, गुलियो रोटी, भुजा, डोनट, निम्की, कुकिज आदिबाट प्रशस्त क्यालोरी प्राप्त भए तापनि अन्य पौष्टिक तत्त्व नहुने भएकाले यस्ता प्रकारका खाद्यपदार्थलाई ँक्यालोरीयुक्त खाद्यपदार्थ’ अर्थात् शून्य कयालोरी ९Emउतथ ऋबयिचष्भ० भएका खाद्यपदार्थको रूपमा लिइन्छ ।
दैनिक भोजन सन्तुलित एवम् पोषिलो बनाउन यस प्रकारका पौष्टिक तत्त्वयुक्त खाद्यपदार्थको पहिचान गरी दैनिक भोजनमा समावेश गर्नुपर्छ । यसरी सबै खाद्यसमूहबाट ठीक परिमाणमा समावेश गर्न सकेमा खाद्यपदार्थले शरीरमा गर्ने कार्य जस्तै- शक्ति दिने, कोष तथा तन्तुको मर्मत तथा विकास गर्ने र रोग-प्रतिरोधात्मक क्षमता बढाउने जस्ता कार्य गरी व्यक्तिलाई स्वस्थ रहन मद्दत पुर्याउँछ ।
पौष्टिक तत्त्वयुक्त खाद्यपदार्थले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव
क्यालोरीको परिमाण तुलनात्मकरूपमा कम तर अन्य पौष्टिक तत्त्व पर्याप्त हुन्छ ।
क्यालोरी कम मात्र प्राप्त हुने भएकाले तौल घटाउन कम क्यालोरीको भोजनको व्यवस्था गर्दा यस्ता खाद्यपदार्थ समावेश गर्न सकिन्छ ।
भिटामिन तथा खनिज पदार्थबाहेक यस प्रकारका खाद्यपदार्थबाट प्रशस्त फाइबर पनि प्राप्त हुने भएकाले पाचनक्रिया सुचारु राख्न मद्दत पुर्याउँछ ।
प्रायः यस प्रकारका खाद्यवस्तुहरू प्राकृतिक रूपले प्राप्त हुने भएकाले, तयारी खाद्यपदार्थमा प्रयोग गर्ने कृत्रिम र·, प्रिजरभेटिभ ९एचभकभचखबतष्खभक०, एडिटिभ ९ब्ममष्तष्खभ० बाट हुने स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।
यस प्रकारका खाद्यपदार्थमा कोलेस्ट्रोलको परिमाण न्यून हुने भएकाले शरीरमा कालेस्ट्रोल नियन्त्रण हुनुको साथै खराब चिल्लो ९ज्म्ी० न्यून गर्न मद्दत पुग्छ ।
यस प्रकारका खाद्यपदार्थले भोजनको परिमाण बढाउनुको साथै लामो समयसम्म पेटभरि भएको अनुभव दिने र बिस्तारै पाचन हुने भएकोले रगतमा चिनीको मात्रालाई पनि सन्तुलित राख्न मद्दत पुर्याउँछ ।
प्रायः यस प्रकारका खाद्यपदार्थमा ँएन्टी अक्सिडेन्ट’ तत्त्व हुने भएकाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ ।
यस प्रकारका खाद्यपदार्थ पौष्टिक दृष्टिकोणले सम्पन्न छन् भनेर एकै प्रकारको धेरै परिमाणमा खानुभन्दा पनि ठीक परिमाणमा सबै खाद्यसमूहबाट फरक-फरक खाद्यपदार्थ छनोट गरी खाँदा पौष्टिक एवम् स्वास्थ्यको दृष्टिकोणले उपयुक्त हुन्छ ।
चीज-पालक -पालुङ्गो)
आवश्यक सामग्री -४ व्यक्तिका लागि)
नरम खालको चीज - २/३ कप
चिल्लोरहित दूध - चैथाइ कप
कडा खालको चीज - १ टेबल चम्चा
लसुनको पेस्ट - आधा चिया चम्चा
उसिनेको पालु·ो - २ कप
नुन/मरिच - स्वादअनुसार
विधि ः
र् र्सवप्रथम ब्लेन्डरमा दुवै प्रकाको चीज, दूध, लसुनको पेस्ट, नुन, मरिच तथा आधा कप उसिनेर काटेको पालु·ो हाली यसको प्युरी बनाउनर्ुपर्छ ।
त्यसपछि ननस्टिक प्यान ९ल्यल-क्तष्अप एबल० मा अगाडि तयार पारेको प्युरी र बाँकी उसिनेर काटेको पालु·ो हाली हलुका आँचमा बिस्तारै चलाई करिब ५ मिनेट जति पकाएपछि आगोबाट हटाउनर्ुपर्छ ।
यसरी बनाएको चीज-पालक -पालु·ो) उसिनेको आलु, सुक्खा रोटी, नान आदिको साथ खान सकिन्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.