केशलाई बलियो र सुन्दर बनाउन के गर्नुपर्छ ?

Posted by Sura Health on |







सौन्दर्य जिज्ञासा

लक्ष्मी श्रेष्ठ,अल ब्युटिपार्लर, बनेपा

केशलाई बलियो र सुन्दर बनाउन के गर्नुपर्छ ?

हप्तामा एकपटक हट ओयल मसाज गर्ने। केही समयपछि तातोपानीमा रुमाल भिजाई निचोरेर टाउकोमा बाँध्ने। त्यसपछि मेथीको प्याक लगाउने। आधा घण्टापछि  स्याम्पु गर्ने। यो उपाय नियमित रूपमा अवलम्बन गरियो भने केश बलियो एवं सुन्दर हुन्छ।

केश र्झन रोक्नका लागि के गर्नुपर्छ ?

मुख्यतः केश चायाँका कारण र्झछ। चायाँको समस्याले केश झरेको हो भने  एन्टी डेन्ड्रफ स्याम्पु प्रयोग गर्नुपर्छ। केशलाई सही तरिकाले सफा गरेर घाम, धूलो र फोहोरबाट जोगाउन सकिन्छ। केशमा हेयर सिरम लगाउने। बाहिर घाममा निस्कदा टाउकोलाई स्काफले छोप्ने।

उमेर नपुग्दै केश फुल्ने समस्याबाट मुक्ती पाउन के गर्नुपर्छ ?

अमलामा सबैभन्दा बढी भिटामिन सी पाइन्छ। यसले केश, दाँत एवं नङलाई बल प्रदान गर्छ। यसले युवावस्थामै केश फुल्ने समस्या कम गर्नुका साथै केशको चायाँ हटाई बलियो बनाउँछ। अमलालाई मज्जाले पकाएर सेलाएपछि केशमा पनि लगाउने। हप्तामा एकपटक यसरी अमला प्याक लगाउँदा केश सेतो हुन रोकिनुका साथै फुलेको केश कालो हुन थाल्छ।

केशअनुसार स्याम्पु कसरी छनोट गर्ने ?

सर्वप्रथम आफ्नो केश कस्तो खालको हो थाहा पाउनुपर्छ। बिहान केश धोएको दिन दिउँसो केश चिल्लो देखिन्छ भने केश तैलीय हो। यस्ता केश हुनेहरूले ओइली हेयरका लागि हुने स्याम्पु प्रयोग गर्ने। धेरै केमिकल प्रयोग गरिने केशका लागि क्लेरिफाइङ स्याम्पु प्रयोग गर्ने। जसले केशलाई डिप क्लिन्जिङ गर्नुका साथै स्टाइलिङ प्रोडक्सनमा प्रयोग भएको केमिकलको असर पनि कम गर्छ। कलर लगाइएको केशका लागि कलर रिप|mेसर स्याम्पुले हेयर कलरलाई लामो समयसम्म टिकाउँछ।

केशमा हुने चिपचिपेपन हटाउन के गर्न सकिन्छ ?

कपासको टुक्रा वा कटन बड्समा गुलाबजल भिजाएर केशको जरासम्म लगाउने। केही समयपछि स्याम्पु गर्ने। यो उपायले केशमा हुने चिपचिपेपन कम हुँदै जान्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips