अबिबाहित पुरुष हरु को लागि अति आबस्यक टिप्स हरु !!

Posted by Sura Health on |







                                                                                               आफुभन्दा धेरै कान्छी श्रिमति बिबाह नर्गनुस है..पछुताउनु र्पला अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उम ेरका पुरुषसित हुन्छ ।हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ,तर श्रीमान-श्रीमती­बीच उमेरको भिन्नता कति हुनुपर्छ भन्ने कुरामा नत युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै ।भविष्यमा गएर त्यही उमेरभिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ। कुन हो सही उमेर ? यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ,किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारी माथि नै निर्भर गर्छ।उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र यौन शक्ति १६ देखि २७-२८वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा२५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ। कति ग्याप हुनु ठीक ? यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमती ­का बीच २-३ वर्षको अन्तर राम्रो हुन्छ।त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ।उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर३०वर्ष र युवतीको उमेर२१वर्ष छ भने विवाहको सुरुवाती४-५ वर्षसम्म त उनिहरु मजै र्गछन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३०वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब उनले आफ्नो योनईच्चा परिपुर्ति आफ्नो श्रिमानबाट भएको पाउँदिनन्।कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने महिलाहरू त्यतिबेला सबैभन्दा बढि सेक्स खोज्छन।यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ ।विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमती ­ले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् ।यतिसमय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ। पुरुष उमेरमा जेठो भए.. . यदि श्रीमान्को उमेर धेरै बढी भए,उनीहरूको यौन चाहनाले मेल नखान सक्छ।कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षार प्रेमको आवश्यकता पर्छ,जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ।यस स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन्।फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द्रष्टिकोणले सक्रिय हुन थाल्छिन् श्रीमानको नजिक हुन चाहन्छि तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ। महिला उमेरमा जेठी भए यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ।बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नोयौन साथीलाई सन्तुष्ट राख्न सक्छन्।यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौन जीवनलाई सन्तुष्ट तुल्याउन सक्छन्। यदि दुवैको उमेर बराबर भए यदि श्रीमान-श्रीमती ­दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ।दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन्। उमेर र यौन १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ।यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ।२१ देखि२८वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ।प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ ।२८ देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो।यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन्।३५ देखि४१ वर्षको उमेर सम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ।४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ।महिलाहरूमा यौन अनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी आउन थाल्छ।४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ।यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips