स्वस्थ कपालका लागि केही घरेलु उपायहरु !!
Posted by Sura Health on |
कपाल झर्नु :
सानो उमेरदेखि नै कपाल झर्ने समस्या अहिले सामान्य हुँ दै गएको छ। कपाल झर्नुका अनेक कारणहरु हुन सक्छन्। जस्तो चायाँ, प्रदुषण, प्रदुषित पानी गलत साबुन शैम्पु कण्डिशनरको प्रयोग, तनाव, आन्तरिक कमजोरी, कुनै बिमारी इत्यादि। कपाल झर्ने समस्याबाट मुक्ति प्राप्त गर्न कागतीको रसले कपालमा मसाज गर्नुस्। खासगरी बढी तैलियताका कारणले कपाल झर्छ भने यो उपाय अत्यन्तै लाभदायी हुन्छ। अमलाको धूलो र मेहंदीको नियमित प्रयोगले पनि कपाल झर्न रोकिन्छ। नियमित रुपले दहीले कपाल धुनाले पनि कपाल झर्न रोकिन्छ।
कपाल कोर्दा ब्रशले भन्दा कागियो प्रयोग गर्नुस्। टाउकोमा कपाल झरेको स्थानमा प्याजको रस नियमित रुपले लगाउनुस।
रुखो कपाल :
कपाल रुखो हुनुको पनि अनेक कारण हुन सक्छ। तर कारण जेसुकै होस घरेलु उपायहरु अपनाउन सकिन्छ। शिकाकाई, रीठा र अमलाको मिश्रणले कपाल धुने गर्नुस्। कपालमा धेरै शैम्पु नगर्नुस्। शैम्पु गरिसकेपछि कपाललाई आफै सुक्न दिनुस्। घाममा नसुकाउनुस्। आधा कप स्याउको रसमा दुई चम्चा पानी मिलाएर टाउको र कपालमा राम्ररी लगाउनुस्। पाँच मिनेटपछि पानीले पखाल्नुस्। कपाल सुखी सकेपछि कपालमा तेल लगाउनुस्।
कपालमा चाया :
चायाँ कपालको लागि अभिशाप नै हो। चायाको कारणले कपालको जडो कमजोर हुन्छ र झर्न थाल्छ। शैम्पुले कपाल राम्ररी नधुनाले पनि यस्तो हुन्छ। चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। कपालमा तेल लगाएर धेरैबेर नछाड्नुस्। कुनै पनि शुद्ध तेल हल्का तताएर कपासको टुक्राले भिजाएर कपालको जडोमा लगाउनुस्।
You can subscribe by e-mail to receive news updates and breaking stories.