आँसुबाट स्वास्थ्यको जानकारी !!
Posted by Sura Health on |
वैज्ञानिकका अनुसार आँसुमा पाइने एल.जी. नामक प्रोटिनबाट स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ। यसबाट भविष्यमा क्यान्सर हुन्छ वा हुँदैन थाहा पाउन सकिन्छ। जुन व्यक्तिको आँसुमा एल.जी. तत्त्व पाइन्छ त्यस व्यक्तिका परिवारमध्ये कसैलाई क्यान्सर भएको हुन सक्छ। ऊ आफैंलाई पनि क्यान्सर भइसकेको वा भविष्यमा हुन सक्ने सम्भावना हुन्छ। जसलाई क्यान्सर भएको छ, उसको आँसुमा एल.जी. प्रोटिनको मात्रा बढ्न सक्छ। त्यसैले आँसुबाट क्यान्सरको सम्भावना र अवस्थाबारे पहिचान गर्न सकिने भएको छ।
सिड्नीको न्युवेल्स विश्वविद्यालयको नेत्र अनुसन्धान केन्द्रका वैज्ञानिकले आँसुसम्बन्धी अनुसन्धान गरी उक्त तथ्य पत्ता लगाएका हुन्।{स्रोत ::एजेन्सी}
You can subscribe by e-mail to receive news updates and breaking stories.