नेत्र रोग बाट कसरी बच्ने !

Posted by Sura Health on |







                                                                             नेत्र रोग बाट कसरी बच्ने ः
आँखा हाम्रो लागि अमुल्य वस्तुहरुमा एक पर्दछ । आज चश्मा लगाउने फेसन धेरै नै बढेको देख्दा चश्मा लगाउदा कुन–कुन कुराको ख्याल राख्नु पर्दछ । कस्तो अवस्थामा चश्मा लगाउनाले हाम्रो आँखा लाई कस्तो फाइदा बेफाइदा हुन्छ भन्ने कुरा बारे जब सम्म पुरा ज्ञान सर्व साधारण लाई दिन सकिदैन तब सम्म आँखाको रोग बाट कसैलाई पनि बचाउन सकिदैन । आँखाको जाँच नगरी चश्मा लगाउने नेत्र ज्योति घट्न गई छोटो समयमा नै अन्धो हुन सक्छ । यिनै विषय वस्तुलाई समेटि आँखालाई कसरी बचाउन
सकिन्छ भन्ने कुरा जानि राखौँ ।
पठन–पठन कार्य गर्दा कम उज्यालो ठाँउमा स्वध्याय गर्नु
आँखाको ज्योति लाई हानि पु¥याउनु हो ।
लामो समय सम्म पत्र पत्रिकाको स्वध्याय गर्नाले नेत्रज्योति
कम गर्दछ ।
दिनमा सुत्ने राति जाग्ने गर्नाले आँखालाई हानि पु¥याउने
प्रमुख कारणमा एक पर्दछ ।
लामो समय सम्म टि.भि. र फिलिम हेर्नाले आँखाको ज्योति
कम गर्दछ ।
 आँखा चेक नगरी चश्मा प्रयोग गर्नाले आँखाको ज्योति घट्दछ ।
 सुतेर उठ्ने बित्तिकै आँखा राम्रो सँग साफ नगर्नाले आँखामा
अनेक रोगले आक्रमण गर्दछ ।
माथिका कारणहरु बाहेक हस्तमैथुन, बहुमैथुन, नशिलो पदार्थको सेवन, सुर्ति, चुरोट, बिडी र मस्तिष्कको कमजोरी, मसलाहरुको सेवन बढि गर्ने गरेमा, सडेगलेको बासी खानाहरु खाएमा, खाना खाने बित्तिकै सुत्ने गरेमा, खाएको भोजन राम्रो सँग
नचपाई निलेमा इत्यादि कारणले गर्दा नेत्र ज्योति कम हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips