कब्जियत को उपचार !!

Posted by Sura Health on |







डा.राममणि भण्डारी,
ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर /
हामीले खाएको खाना पाचन प्रक्रियापछि पोषक तत्व हाम्रो शरीरले शोषण गर्छ र अनुपयोगी तत्व ठोस पदार्थ मल र तरल पदार्थ मूत्रका रुपमा शरीरबाट बाहिर निस्कन्छ । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ । यसो नभई एक दिन, दुई दिन या धेरै दिन बिराएर दिसा हुने अबस्थालाई कब्जियत भनिन्छ । शौचको समयमा कठिनाई हुनु, राम्रो सँग मल निस्कासन नहुनु, र कडा सुख्खा मल निस्कासन हुने अबस्थालाई कब्ज भनिन्छ । यो कुनै विशेष रोग नभई रोगको लक्षणको रुपमा धेरै रोग यसैबाट जन्मन्छन् । अयोग्य र अनियमित भोजनका कारण हुने यस समस्या सबै उमेरका मानिसलाई हुनसक्छ । खानपान र जीवनशैलीका कारण हुने रोगहरु मध्ये कब्जियत पनि पाचन प्रणाली अन्र्तगतको मुख्य समस्या हो । समयमानै हेरचाह गरियो भने कब्जियत सजिलै सँग ठिक हुन्छ नत्र दिर्घकालिन कब्ज घातक पनि हुन सक्छ ।

कब्जियतको कारण

प्रशस्त पानी या अन्य झोल कुराहरु नपिउनाले, खानामा रेसा, बोक्राहरुको कमी हुनाले, हरियो सागपात, तरकारी, फलफूल, टुसा निकालेको गेडागुडी, काँचो खान मिल्ने काँक्रो, गाँजर, चुकन्दर नखानाले, पहिला खाएको खाना नपच्दै फेरी खाना खानु, ज्यादा दुग्ध पदार्थ सेवन गर्नाले, खाना राम्रो सँग नचपाई खानु, चिया, कफि, चुरोट मदिराको ज्यादा सेवन, शोक, चिन्ता, तनाव, अनिद्रा, बैचेनी, खाना खाने बित्तिकै दिमागी काम गर्नु, कुनै औषधी सेवनको असर तथा रोगको कारण जस्तै थाइराइड, नशाको समस्या, व्यायाम नगर्नु, धेरै समयसम्म सुत्नु ।

लक्षण

दैनिक दिसा हुदैंन या भएमा धेरै बेर बल लगाएर थोरै हुन्छ, कहिले कसिएका गोटा पर्दछ, कहिले पातलो दिसा हुन्छ, एकै पटकमा पनि अगाडि कडा गोटा र पछि पातलो दिसा हुन्छ, धेरै दिन दिसा नलागेमा पेट फुल्ने, अमिलो पानी मुखबाट आउने, मुख र गुदद्वारबाट दुर्गन्धित वायु चल्ने, रिँगटा लाग्ने, भोक नलाग्ने आदि हुन सक्दछ, जिब्रोको भागमा सेतो मैलो देखापर्नु, दिसा सुख्खा कडा र कम निस्कनु, केहि खाउँ जस्तो नलाग्नु । खानामा रुचि कम हुनु र शरीरको तौल घट्दै जानु ।

रोकथाम

- प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।
-   चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।
-    काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा -   दिसा आउँदा रोकेर राख्नु हुदैंन  र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।
-   धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।
-   धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।
-   भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।
-    तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।
-   सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।
-    बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।
-   खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।
-   मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

उपयोगी जडिबुटिहरु

बेल, बर्रो, राजवृक्ष, अडेंर, हर्रो, अमला, इसवगोल, यष्टिमधु, घिउकुमारी

घरेलु उपचार

-  सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।
-    इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।
-   राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।
-    एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।
-   अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ ।
-    अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।
-   गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।
-  १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।
-  दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।
-  घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
-   सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने  गर्नुपर्दछ ।
-    सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।
-   खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने ।
-    तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।
-   बिहानको समय ३–४ कि.मि हिंडडुल गर्ने ।

आयुर्वेद उपचार

आयुर्वेद शास्त्र अनुसार पनि कब्जियतलाई धेरै रोगको कारणको रुपमा बर्णन गरिएको छ । अयोग्य भोजन तथा जीवनयापनका कारण मानिसहरु कब्जियतबाट पिडित हुन्छन् । आयुर्वेद सिद्घान्त अनुसार कब्जियतलाई विभिन्न जडिवुटि तथा आयुर्वेदिक औषधी सेवन बाट उपचार गर्न सकिन्छ । यस्तै औषधी मध्ये त्रिफला चूर्ण कब्जियत अचूक औषधी हो । मुख्य बहुउपयोगी द्रव्य हर्रो, बर्रो र अमलाको मिश्रण त्रिफलाको सेवन राती सुत्ने बेलामा मनतातो पानी सँग गर्न सकिन्छ । यदि घरेलु उपचारबाट पनि उचित सुधार नभएमा तुरुन्त आयुर्वेद बिशेषज्ञ सँग सल्लाह गरि उचित औषधोपचार गराउनु पर्दछ ।

प्राकृतिक चिकित्सा

-   चिसो कटिस्नान, रीढस्नान, एनिमा
-    पेटको चिसो पट्टी
-   सम्पूर्ण शरीरको मालिस

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips