सडकको धुलोले विगार्दैछ फोक्सो !!
Posted by Sura Health on |
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विज्ञ डा. करबीरनाथ योगीले भने, ‘सडकको धुलोले हाम्रो फोक्सो विग्रंदै गएको छ । धुलोका कारण फोक्सोमा दीर्घकालीन गम्भीर समस्या आउँछ ।’ फोक्सो बिगि्रएपछि दम, खोकी, ब्रोङकाइटिसलगायतका रोग लाग्ने उनले बताए । धुलोधुवाँकै कारण पछिल्ला दिनमा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढेको जानकारी पनि योगीले दिएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । उनले भने ‘उसै त काठमाण्डौं प्रदूषित छ । त्यसमाथि महिनौंसम्म सडकमा उडेको धुलोले फोक्सो कमजोर बनाउँदै गएको छ ।’
बरिष्ठ छाती रोग विज्ञ डा. दीर्घसिंह बम राजधानीमा देखिएको धुलोको समस्यालाई हल्का रुपमा लिन नहुने बताउँछन् । उनका अनुसार फोक्सो विगि्रएपछि दीर्घरोगी भएर बाच्नु वा मर्नुको विकल्प छैन्
You can subscribe by e-mail to receive news updates and breaking stories.