कामकाजी महिलाहरूका लागि स्लिमिङ टिप्स !!

Posted by Sura Health on |







                                                                                बिहान उठेर अफिस जानुभन्दा पहिले बिहानको नास्ता गर्नुपर्छ। बिहानको खाजा नियमित खानुपर्छ। बिहानको खाजामा अण्डा, फाइबर, जुस, कर्नफ्लेक्स, फलफूल तरकारी आदिलाई प्राथमिकतामा राख्नुपर्छ। यस्ता खाद्य पदार्थले शरीरमा शक्तिको कमी हुन दिँदैनन्। दिउँसोको खानामा रोटी, सलाद, गेडागुडी, भात तथा पाउरोटी खानुपर्छ। 


- अफिसमा काम गर्दा बसिरहने हुँदा नियमित जिम फिटनेस वा क्लब जानुपर्छ अथवा घरमा ट्रेडमिल खरिद गरेर आधा घन्टा हिँड्न सकिन्छ। ट्रेडमिलमा ५ मिनेट चाँडो तथा ५ मिनेट ढिला हिँड्नुपर्छ। 


- बाहिर हिँड्दा वा बढी व्यस्त हुँदा पानी कम पिइन्छ। त्यसैले ग्रीन टी सेवन गर्नुपर्छ। सकेसम्म दिनको ३ लिटर पानी पिउनुपर्छ। 


- रंगीचंगी फलफूल तथा तरकारी बढी खानुपर्छ। 


- खानपानले मात्र भएन भने स्लिमिङ सेन्टर जानुपर्छ। यसका साथै अल्ट्रा सोनिक क्याभिएसन, लाइफोसिस, रेडियो पि|mक्वेन्सी, प्रेसर थेरापी, एलेक्ट्रो म्याग्नेटिक थेरापी, अक्कुप्रेसर मसाजर प्रयोग गर्नुपर्छ जसले साइडइफेक्टबिना शरीरको तौल घटाउँछ। 


- दिनमा बढीमा १२ सय क्यालोरी सेवन गर्नुपर्छ। 


- राति हलुका खाना खानुपर्छ। रातिको डिनर भरसक चाँडै गर्नुपर्छ। 


- एउटा भनाइ छ-बिहान राजाले, दिउँसो राजकुमारले तथा राति माग्नेले खाए जस्तो खानुपर्छ। 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips