कपाल–टाउको दुखेमा Headache / Migrane pain !

Posted by Sura Health on |







                                                                            गुलाव जल र कपुरसित चन्दनको तेलको लेप गर्नाले टाउको दुख्ने र कपाल रोगहरु निको हुन्छ ।
·       अपराजिताको जरोको रस दिए आधा कपाल दुख्ने निको हुन्छ ।
·       प्रातः सुर्योदय भन्दा पिहिले एक साता सम्म गाईको दहि र भात खाने गरे आधा कपाल दुख्ने निको हुन्छ ।
·       गाईको दुधमा सुटो घोलेर दुखेको स्थानमा लेप भैm लगाई दिए एक छिन मै आराम हुन्छ ।
·       २५ ग्राम जति नासपातीको रसमा मह वा मिश्री मिलाएर खानाले कपाल दुखेको आराम हुन्छ ।
·       एक ग्राम सिंधेनुनको धुलो जिभ्रोमा राखेर पानीले निल्नु र नुनको मसिनो धुलो नस लिए पनि आराम हुन्छ ।
·       चारवटा ल्वाङ पानीमा पकाएर त्यो पानी पिए कपाल दुखेको निको हुन्छ ।
·       छायामा सुकाएको तुलसीको फुलको धुलो पारेर ५ ग्रामको मात्रा गरी महसित खाएमा आधा कपाल दुखेको निको हुन्छ । 
·       वातजन्य कपाल दुखाईमा बकाइनोको पात र फुलको तातो लेप गरेमा फाइदा हुन्छ ।
·       तालुमा घिउकुमारीको गुदी राखेमा कपाल दुखेकोमा आराम हुन्छ । गर्मी प्रकृतिको व्यक्तीले सेवन गर्नु हुदैन । 
·       मस्तकमा केसरको लेप गरे शिरः शुल हराउछ ।
·       मरिचको नसलिए छिक आउँछ, अनि शिरशुल निको हुन्छ ।
·       अमलाको चुर्ण गुलाव जलमा मिसाएर लेप गरे कपाल दुखेकोमा आराम ह्न्छ । 
·       कपाल दुखेमा अगस्तिको पात र फुलको रस सुँध्नाले रुधा लागेको र कपाल दुखेको आराम हुन्छ । 
·       रुधा लागेर कपाल दुखेको भए अकरकरालाई पिसेर राखेमा शीध्र आराम हुन्छ ।
·       पिपला मुलको चुर्ण २ ग्राम जति आधा आधा धण्टामा ३ पल्ट चिसो पानी सित खान दिएमा आधा कपाल दुखेको वा शिरः शुल स्वतः हराएर जान्छ ।
·       अपामार्गको वीज (विऊ) धुलो पारेर नाकमा नस लिनाले कपाल दुख्ने पुरानो रोग, आधा कपाल दुख्ने, मस्तिष्कमा जडता आएको र मस्तिष्कमा कफ अडिएर हुने पिडा शान्त हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips