कन्ट्याक लेन्सको बारेमा सामान्य जानकारी:!!{eye health }

Posted by Sura Health on |








---कन्ट्याक लेन्सको बारेमा सामान्य जानकारी:!!{eye health }

डा. सबिन साहु-

कन्ट्याक लेन्सलाई चस्माको विकल्पको रुपमा नजिकको वा टाढाको दृष्टि कमजोरीमा प्रयोग गर्ने गरिन्छ। सहि तरीकाले एसको प्रयोग गरिएन भने आँखामा विभिन्न इन्फेक्शन हुने, घाऊ हुने जस्तो खतरा रहन्छ त्यसैले सहि तरीकाले यसको ब्यबहार गर्नु जरुरी हुन्छ

कन्ट्याक लेन्सको बारेमा सामान्य जानकारी:!!
eye image
कन्ट्याक लेन्सको बारेमा सामान्य जानकारी:!!
eye image 








के गर्ने?
१)      कन्ट्याक लेन्स प्रयोग गर्नु अगाडी दुवै हात राम्ररी साबुन पानीले धुनुहोस्
२)      कन्ट्याक लेन्सलाई धुनको लागि त्यसकै निर्धारित सोलुशन मात्र प्रयोग गर्नुहोस्
३)      औंलाका सबै नङहरु काटेर सफा राख्नुहोस्।
४)      कन्ट्याक लेन्सलाई लेन्स केसमा स्टोर गर्दा दैनिक रुपले सोलुशनलाई बदल्नु होस्
५)      कन्ट्याक लेन्स केहिगरी भुइँमा खस्यो भने औंला भिजाएर बिस्तारै टिप्नु होस्। लेन्सलाई सहि तरिकाले प्रयोग गरिएन भने सतहमा दाग पर्न सक्छ
६)      कन्ट्याक लेन्सको भित्रि भाग चिनेर ठिकसंग लगाउनु होस् बाहिरी भाग भित्र नपरोस्
७)      कन्ट्याक लेन्स लगाई सकेपछि स्पष्ट देखिएको छ कि छैन, आराम-दायक लागेको छ कि छैन, आँखा रातो त भएको छैन, राम्ररी ख्याल गर्नुहोस् केहि समस्या देखिएमा तुरन्त लेन्सलाई निकाल्नु होस्, अनि आँखा बिशेषज्ञलाई देखाउनु होस्   
 के नगर्ने?
१)      कन्ट्याक लेन्स लगाउँदा आँखा नामिच्नुहोस्
२)      निर्धारित समय भन्दा धेरै समय सम्म लेन्सको प्रयोग नगर्नुहोस्
३)      कन्ट्याक लेन्स लगाएर कहिल्यै नसुत्नुहोस् 
४)      आँखा रातो भएमा, दुखेमा, वा स्पष्ट नदेखिएमा कन्ट्याक लेन्सको प्रयोग नगर्नुहोस् अनी तुरुन्त आँखा बिषेशज्ञलाई देखाउनुहोस्
५)      कन्ट्याक लेन्स लगाएर पौडी खेल्नु, आगोको छेउमा बस्नु जस्तो काम नगर्नु होस् लेन्स लगाउने बानी नपरे सम्म कुनै खेलकुद नखेल्नुहोस्
६)      निर्धारित सोलुशन बाहेक अरुले लेन्स सफा नगर्नुहोस् धाराको पानीले सफा गर्दा इन्फेक्शन हुने खतरा हुन्छ
७) कन्ट्याक लेन्सलाई विभिन्न तरीकाले बाहिर बाट रंगाउने प्रयास नगर्नुहोस्
८)      एउतै कन्ट्याक लेन्सलाई अरु कसै संग ब्यबहार नगर्नुहोस् यसले किटाणुको संक्रमण हुनसक्छ।                                                                   स्रोत :एजेन्सी 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips