निमोनियाको रोकथाम !!

Posted by Sura Health on |







-डा सन्तोष अधिकारी

घर आंगन  सफा सुघ्घर राखौं  हात धुनु एक यस्तो किफायती तरिका हो जसले अहिले सम्म अरुसबै सर्सफाइको तरीका भन्दा धेरै ज्यान जोगाएको छ। खाना बनाउनु भन्दा अगाडीपसकिनुभन्दा अगाडीखानभन्दा अगाडीखाना खाइसकेपछी,दिशा गरिसकेपछी इत्यादी समयमा साबुन-पानीले हात धुनाले धेरै रोग-ब्याधीबाट बचाउंछ।

२) रोगबाट बच्ने खोप समयमै लगाऔं। समयमै नियमित खोपको(डि.पि.टी, पोलियो(ओ.पी.भी), दादुरा इत्यादी) साथमा निमोनिया संक्रमण हुनसक्ने प्रबल बच्चाहरूमा अरु तीन खोप लगाउन सकिन्छ- न्युमोकोक्काइ कन्जुगेट खोप(PCV), हेमोफिलस इन्फ्लुएन्जाको खोप (हिब, Hib) र इन्फ्लुएन्जा भाइरसको खोप (Influenza Vaccine)
न्युमोकोक्काइ(PCV) को खोप २ बर्ष भन्दा मुनिका सबै बालबालिका तथा २-५ बर्षका संक्रमण-प्रबल बालबालिकालाई लगाउन सकिन्छ। यो खोप डि. पि. टी. संगै लगाउन सकिन्छ, १. ५ महिना, २. ५ महिना, अनी ३. ५ महिनामा , त्यसपछि १. ५  बर्षमा एक बुस्टर लगाएर यसको मात्रा पूरा हुन्छ। यो खोप किनेर लगाउनु पर्ने हुन्छ, सरकारको नियमित खोपकरण योजनामा यो खोप पर्दैन।

हेमोफिलस इन्फ्लुएन्जाको खोप (हिब, Hib): यो खोप पनि डि. पी. टी. संगै लगाइन्छ। डेढ महिनाअढाइ महिनाअनी साँढेतीन महिना पछी १६-१८ महिनामा एक बुस्टर लगाएर यसको मात्रा पूरा हुन्छ।  
इन्फ्लुएन्जाको खोप हरेक बर्ष त्यस छेत्रमा ब्याप्त इन्फ्लुएन्जा भाइरसको स्ट्रेन (H1N1, H5N1 etc.) अनुसार खोप तयारगरि लगाइन्छ। यसको उपलब्धता देशको खोपकरण योजना अनुसार फरक पर्दछ।

)धुम्रपान त्यागौं। तपाईंहामीले गर्ने धुम्रपानले नजिकका बालबालिकालाई पनि उत्तीकै असर पुर्याएको हुन्छ।

पौष्टिक खानाउचित ब्ययाम , उचित आराम  यी सबै तरिकाहरूले रोगसँग लड्ने क्षमता बढाउंदछ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips