स्टाइ (stye) को बारे मा सामान्य जानकारी !

Posted by Sura Health on |







स्टाइ (stye)
स्टाइ भनेको आँखाको परेलीमा हुने एकप्रकारको इन्फेक्शन हो जसमा रातो दुख्ने दाना जस्तो चीज परेलीको किनार मा आउँछ कहिले काँही आँखा धेरै सुनिने पनि हुन सक्छ। एसलाई सामान्य भाषा मा आनो आउने पनि भनिन्छ ।
यो परेली को किनार मा हुने ग्लैंड मा एक प्रकार को स्ताफैलोकोकल ब्याक्टेरिया को इन्फेक्शन ले गर्दा हुन्छ



















लक्ष्यनहरु:
१)      आँखाको किनार मा दुख्ने
२)      आँखा बाट आँशु धेरै आउने
३)      आँखा चिलाउने  
४)      आँखा बाट चिप्रा (डिस्चार्ज) निस्किने
५)      प्रकाशमा हेर्न गार्हो हुने 


घरेलु उपचार: (के गर्ने ? के नगर्ने? )
१)     गरम सेक दिने; दिन मा ३- ४ चोटी ५ -१० मिनेट
२)     आँखा सफा राख्ने
३)     आँखा नमिच्ने
४)     दाना लाइ निचोर्ने वा प्रेस गरेर निकाल्न नखोज्ने
५)     आँखामा गाज़ल वा कन्ट्याक लेन्स नलाउने
६)     बजार मा पाउने जे पायो त्यही दबाई प्रयोग नगर्ने

        
डाक्टरको मा कहिले जाने?
१)     धेरै समस्या भए मा वा ७-१० दिन सम्म मा पनि कम नभएमा
२)     निम्न समस्या हरु देखिएमा जति सकिन्छ चांडो डाक्टर देखाउनु पर्छ:
·         आँखा धेरै सुनिएमा
·         धेरै दुख्न थालेमा
·         पीप या रगत निस्किन थालेमा
·         जरो आएमा
·         आँखाले देख्न कम भएमा
·         बारबार स्टाइ आएमा


मेडिकल उपचार: (डाक्टर को सल्लाह लिएर मात्र)
·         एन्टीबायोटिक ड्रोप दिनमा ३-४ बार
·         एन्टीबायोटिक ट्याब्लेट – जरुरत अनुसार
·         स्टेरोइड को सुइ – जरुरत अनुसार
·         कहिले काहीं सानो चिरा लगाएर पीप निकाल्नु पर्ने हुन सक्छ
·         दुखाइ कम गर्ने ट्याब्लेट
·         स्टाइ को सीस्तेमीक कारण को उपचार ( जस्तै मधुमेह)


स्टाइ को रोकथाम :
·         आँखा सफा राख्ने। सफा पानी ले धुने।
·         पुरानो गाज़ल, मस्कारा हरु को प्रयोग नगर्ने, र धेरै जनाले एउतै प्रयोग नगर्ने।
·         फोहोर हातले आँखा नछुने वा नमिच्ने।
·         कन्ट्याक लेन्स को सहि प्रयोग : लगाउनु र निकाल्नु अगाडी हात राम्ररी धुने, लेन्स लाई राम्ररी डिसइन्फेक्त गरेर मात्र प्रयोग गर्ने।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips