पहिलो टेष्टमै शिखर धवनले बनाए तिब्र गतिमा शतक

Posted by Sura Health on |








३ चैत, काठमाडौं । अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्टमा भारतीय व्याट्सम्यान शिखर धवनले आफ्नो पहिलो टेष्टमा नै शतक बनाएका छन् ।
पहिलो टेष्टमा नै तिब्र गतिमा शतक बनाउने उनी पहिलो क्रिकेटर समेत बनेका छन् । उनले ८६ बलमा २१ चौकाको मदतमा शतक पूरा गरेका हुन् । उनी १ सय ८५ रनमा क्रिजमा छन् र उनलाई मुरली बिजयले ८३ रनमा साथ दिइरहेका छन् ।
तेस्रो दिनको खेल सकिँदासम्म भारतले विना विकेटको क्षतिमा २ सय ८३ रन बनाएको छ ।
यसअघि ७ विकेटको क्षतिमा बनाएको २ सय ७३ रनबाट तेस्रो दिनको खेल थालेको अष्ट्रेलियाले थप ३ विकेट गुमाएर पहिलो पारीमा ४ सय ८ रन बााएको थियो । उसका मिचेल स्टार्कले ९९ र स्टीवन स्मीथ ९२ रन बनाए । उनीहरुले आठौं विकेटका लागि ९७ रनको साझेदारी गरे ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips