Ayurvedic

Yoga

Upcomming event

Health Helping

Beauty Tips

Yoga

Yoga Program

Health Tips

सुदूरपश्चिममा कसरी स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पुर्याउन सकिएला त Sajha Sawal Episode 319: Access To Health Services In Far West

Posted by Sura Health on |

सुदूरपश्चिममा कसरी स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पुर्याउन सकिएला त Sajha Sawal Episode 319: Access To Health Services In Far West:

यो साझा सवाल हामीले अछाम सदरमुकाम मंगलसेनमा तयार गरेका छौं । अछाम नेपालमा सबैभन्दा धेरै एचआईभी संक्रमितहरु रहेको जिल्ला हो । भौगोलिक विकटता, पर्याप्त अस्पताल, डाक्टर र औषधी नहुँदा स्वास्थ्यका हिसावले अछाम मात्र होइन सुदूरपश्चिमका पहाडी जिल्लाहरु निकै पछाडि परेका छन् । 

सुदूरपश्चिममा कसरी स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पु¥याउन सकिएला त? स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँचको बारेमा आज हामी अछामको मंगलसेन दरबारको आँगनमा बहस गर्दैछौं ।

 डोटी, अछाम र बाजुराका तीन सयभन्दा धेरै सहभागीहरुको बीचमा रेकर्ड गरिएको साझा सवालमा सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख रामप्रसाद ओझा, जिल्ला जनस्वास्थ्य कार्यालय, अछामका प्रमुख डा. रामबहादुर केसी, न्याय हेल्थ बयलपाटा मेडिकल डाइरेक्टर श्रीराम तिवारी र स्वास्थ्य स्वयंसेविका एवं एचआईभी संक्रमित सुशीला रावल हुनुहुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस !!!

अन्तर्राष्ट्रिय अवार्ड नेपाली प्राध्यापकलाई Health Award

Posted by Sura Health on |

अन्तर्राष्ट्रिय अवार्ड नेपाली प्राध्यापकलाई Health Award

अन्तर्राष्ट्रिय अवार्ड नेपाली प्राध्यापकलाई Health Award
padam simkhada
















बेलायतको द युनिभर्सिटी अफ सेफिल्डका वरिष्ठ प्राध्यापक डा. पदम सिम्खडा ग्लोबल हेल्थ रिसर्च अवार्ड, २०१३ बाट सम्मानित भएका छन् । विश्वव्यापी संगठन भएको अमेरिकास्थित इन्टरनेश्नल इपिडियोमोलोजिकल एसोसियनले जनस्वास्थ्य क्षेत्रमा काम गर्ने एक जनालाई बर्सेनि यो अवार्ड प्रदान गर्छ  । सोही कार्यक्रमअन्र्तगत यसवर्ष नेपालबाट डा सिम्खडा छानिएका हुन् ।

भारतको महात्मा गान्धी युनिभर्सिटिमा उनलाई अवार्डद्वारा सम्मानित गरिएको हो । महात्मा गान्धी युनिभर्सिटिका उपकुलपति डा एभि जर्ज र केरला स्टेट आइयर एजुकेसन काउन्सिलका भाइस चेयरपर्सन टिपि श्रीनिवासनद्वारा संयुक्त रुपमा एक कार्यक्रमका बीच उनलाई यो अवार्ड प्रदान गरिएको हो । यो अवार्डबाट सम्मानित हुने उनी पहिला नेपाली हुन् । नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधारका लागि योगदान पु¥याएवापत डा. सिम्खडालाई ग्लोबल हेल्थ रिसर्च अवार्ड प्रदान गरिएको हो ।


‘अवार्डले मलाई थप हौस्याएको छ,’ सिम्खडाले भने ‘अब स्वास्थ्य क्षेत्रको उच्च शिक्षा सुधारका लागि लागिपर्नेछु ।’ बेलायतको द युनिभर्सिटी अफ सेफिल्डमा अन्र्तराष्टिय हेल्थ स्कुल तथा हेल्थ रिसर्चमा संलग्न डा सिम्खडाका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जर्नलमा ७० भन्दा बढी अनुसन्धनात्मक लेख प्रकाशित छन् । प्रजनन् तथा यौन स्वास्थ्य, बसाइसराइ, मातृ तथा शिसु स्वास्थ्यबारे प्रसिद्ध जर्नलमा  प्रकाशित उनका अनुसन्धनात्मक लेख नेपाल र अन्य न्युन आय भएका देशका लागि उपयोगी भएको एसोसियनले जनाएको छ ।


यसअघि सेभ द चिल्डे«न र स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. सिम्खडा पोखरा विश्वविद्यालयअन्र्तगतको नोबेल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको  मनमोहन मेमोरियल इन्सिटच्युटमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत थिए । सिम्खडा ग्रामिण महिलाको स्वास्थ्य क्षेत्रमा काम गर्ने ग्रिनतारा ट्रस्ट बेलायत र सोही संस्थाको नेपाल शाखामा आबद्ध छन् ।


यी पाँच तरिका बाट चिसोबाट बच्न सकिन्छ [health circle}

Posted by Sura Health on |

यी पाँच तरिका बाट चिसोबाट बच्न सकिन्छ [health circle}
यी पाँच तरिका बाट चिसोबाट बच्न सकिन्छ health circle
common cold image

१ आँखा र नाक ढाके राम्रो,


चिसोले देशभरको जनजीवन कष्टकर बनाएको छ । तराईका कतिपय ठाउँमा चिसोकै कारण मान्छेको मृत्यु भएको खबर पनि सार्वजनिक भैरहेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण बिहान-बेलुका घर बाहिर निस्कन समस्या छ । चिसोले बालबालिका र बृद्धबृद्धालाई बढी सताएको छ । अरुलाई पनि चिसोले उत्तिकै दुःख दिएको छ । योबेला रुघाखोकी नलाग्ने मान्छे निकै कम छन् ।


चिसोमा ध्यान नदिँदा स्वास्थ्य समस्या हुने भएकाले धेरै कुरामा विचार पुर्याउनुपर्ने चिकित्सकहरु बताउँछन् । बालबालिका, गर्भवती र सुत्केरी महिला तथा बृद्धबृद्धालाई यो बेला बढी ध्यान दिनुपर्छ । अरुले पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । कसरी जोगिने त चिसोबाट ? चिकित्सक डा. वासुदेव पाण्डेको सल्लाह यस्तो छ ः
छालाको हेरचाहः


चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ |

२ खानपानमा ध्यानः


जाडोमा घाममा बस्ने तथा आगो या हिटर ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमा पानी लगायतका झोलिलो कुरा बढी सेवन गर्नुपर्छ । तर चिसो होइन, तातोमा जोड दिनुपर्छ । पानी पनि तताएर पिउनुपर्छ । खानेकुरा पनि तातो नै खानुपर्छ । तातो झोल र प्रोटिनयुक्त खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।


योबेला चुरोट, बिडी, चिया कफी र मदिरा बढी सेवन गर्ने चलन छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यसले क्षणिक रुपमा तातो भएको जस्तो लागे पनि त्यस्तो हुँदैन । स्वास्थ्यलाई नकारात्मक असर गर्छ । चिया र कफीको मात्रा कम हुनु राम्रो हुन्छ । जाँडरक्सी र चुरोटबिडी त सेवन नै गर्न हुँदैन ।

३आगो र हिटरको प्रयोग कमः


जाडोमा आगो ताप्नु राम्रो भए पनि हिटरले नकारात्मक असर पुर्याउन सक्छ । झ्यालढोका थुनेर हिटर बाल्न हुँदैन । एकछिन कोठा तताएर निभाउनुपर्छ । नत्र कार्बन मोनोअक्साईड ग्यासले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै मान्छेको ज्यानै जाने सम्भावना समेत हुन्छ । आगो पनि धेरै ताप्न हुँदैन । घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ ।

४चिसो र तातोको सन्तुलनः


चिसोबाट एकैपटक धेरै तातो पार्दा शरीरलाई बेफाइदा हुन्छ । त्यसैले धेरै चिसो भएको छ भने एकैपटक आगोको छेउमा जान हुँदैन । शरीरलाई बिस्तारै तातो बनाउनुपर्छ । तातोपानीले नुहाउनु राम्रो भए पनि पानीलाई शरीरले सहनसक्ने मात्र बनाउँदा राम्रो हुन्छ । अर्थात मन तातोभन्दा पनि कम तातो भएको पानी उपयुक्त हुन्छ ।

५रुघाखोकीलाई औषधि हैनः


सामान्य रुघाखोकीका लागि औषधिभन्दा घरेलु उपचार नै राम्रो हुन्छ । तातोपानी, पानीको बाफ र झोल खानेकुराले रुघाखोकी निको पार्छ । रुघाखोकी लाग्दा सकभर बाहिर ननिस्कँदा राम्रो । निस्कनै परे रुमालले नाकमुख छोप्नुपर्छ । स्वस्थ मान्छेले रुघाखोकी लागेको मान्छेबाट टाढा बस्नुपर्छ । ज्वरो नै आयो भने स्वास्थ्य संस्थामा जाँच गर्न जानुपर्छ । रुघाखोकीका लागि मात्रै चाहिँ घरेलु उपचार नै उपयुक्त हुन्छ । तर, एकहप्ताभन्दा बढीरुघाखोकी लागिरहृयो भनेचाहिँ जाँच गराउन जानुपर्छ ।                                                                      स्रोत :एजेन्सी >>

सार्कोमा भनेको के हो र यो कस्तो रोग हो !{ news sarcoma cancer }

Posted by Sura Health on |

सार्कोमा भनेको के हो र यो कस्तो रोग हो !{ news sarcoma cancer }

सार्कोमा भनेको के हो र यो कस्तो रोग हो !news sarcoma cancer
image sarcoma











सार्कोमा भनेको के हो र यो कस्तो रोग हो ! news sarcoma cancer
image sarcoma
















डा. जनिथ सिंह, हाडजोर्नी तथा सार्कोमा रोग विशेषज्ञ, नर्भिक अस्पताल ? 

हाडजोर्नी, कुरकुरे हड्डी, नसा, धमनी, मांसपेसीलगायतमा हुने क्यान्सरलाई सार्कोमा भनिन्छ । यो निकै असाधारण प्रकारको क्यान्सर हो । तंथ्याकअनुसार शरीरमा हुनसक्ने सबै क्यान्सरमध्ये एक प्रतिशत क्यान्सर मात्र सार्कोमा हुन्छ । यो अरु क्यान्सरजस्तै बुढ्यौलीमा मात्र नभएर जुनसुकै उमेरमा पनि लाग्न सक्छ । बाल्यावस्था तथा युवावस्थामा हुने क्यान्सरमध्ये पन्ध्र प्रतिशत सार्कोमा हुन्छ ।

लक्षणहरु 

सार्कोमा प्रायः शरीरमा छिटो बढ्ने गिर्खाको रुपमा देखापर्छ । कहिलेकाहीं यो वर्षौंदेखि एकै आकारको भएर पनि बस्न सक्छ । सामान्यतया शरीरमा भएका साना, छालाको ठीक मुनि, दुइ औंलाको बीचमा उठाउन र चलाउन सकिने गिर्खा प्रायः क्यान्सररहित नै हुन्छन् । त्यस्तै सहजै उठाउन वा चलाउन नसकिने, तीन औंलाभन्दा ठूलो र ठोस आकार ठम्याउन नसकिने वा छिटो बढ्ने गिर्खाहरु सार्कोमा हुनसक्छन् । यस्ता गिर्खा देखिएमा डाक्टरसँग जाँच गराउनु आवश्यक हुन्छ ।

 
हामी मध्ये कतिपयले यस्ता गिर्खालाई बोसोको डल्ला वा व्यायामले बढेको मांसपेसी भनी वास्ता नगरेका हुनसक्छौं । दुखाइ खासै नहुने भएकाले पनि हामी यस्ता गिर्खाको उपचारतिर लाग्दैनौं । कतिपय अवस्थामा त चिकित्सक पनि बोसोको डल्ला वा सिस्ट ठानेर त्यस्ता गिर्खालाई विना कुनै अनुसन्धान निकालिदिन्छन् । प्याथोलोजी रिपोर्टमा सार्कोमा आएपछि वा गिर्खा पुनः पलाएर आएपछि मात्रै चिकित्सक सतर्क हुन्छन् । शुरु अवस्थामा सानो शल्यक्रियाबाट सुल्झिने समस्यालाई पछि जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्छ । कतिपय अवस्थामा हातखुट्टा बचाउन नसकिने स्थिति पनि आउन सक्छ ।

 
हड्डीमा भेटिने क्यान्सर प्रायजसो युवा अवस्था वा बाल्य अवस्थामा छिटो बढ्ने गिर्खाको रुपमा देखिन्छ । यसले हड्डी खोक्रो गराई भाँचिन सक्ने सम्भावना हुन्छ र शरीरका अरु भागमा पनि छिटो फैलिने भएकाले शंका लाग्नासाथ विना कुनै विलम्ब बिरामीलाई सम्बन्धित चिकित्सककहाँ पु¥याउनु आवश्यक छ ।

कारण र रोकथाम 


कुनै रोगको उपचारमा गरिएको रेडियसनको हानीले कालान्तरमा सार्कोमा गराउन सक्छ । यसबाहेक प्राय सार्कोमा विना कुनै कारण देखापर्छ । कुनै–कुनै असाधारण सिन्ड्रम रोगमा वाहेक यो वंशाणुगत हुँदैन । यो सरुवा रोग पनि होइन । खानपिन वा जीवनशैलीका कारण पनि यो रोग लाग्दैन । सूर्तिजन्य पदार्थ सेवन, धुमपान र मध्यपानसँग पनि यो क्यान्सरको खासै सम्बन्ध भएको पाइदैन । त्यसैले अन्य क्यान्सर झैं सार्कोमा रोकथाम गर्न भने सकिदैन । तर सचेतना अपनाउने र समयमै सही उपचार सुरु गर्न सक्यौंँ भने यसलाई निर्मुल पार्ने सम्भावना भने प्रशस्तै हुन्छ ।
 कुनै पनि शंकास्पद ठुला साना गिर्खालाई पहिले बिस्तृत रुपमा जाचिंछ ।


यसबाट सो गिर्खा कुन लीयरबाट उत्पन्न भएको हो र सो गिर्खाको आकारका बारेमा अनुमान गर्न सकिन्छ । जब सार्कोमा हुन सक्ने सम्भावना अत्याधिक हुन्छ हामी प्रायः एमआरआई गराउँछौं । एमआरआईबाट कतिपय गिर्खा क्यान्सर हो होइन भनी शल्यक्रिया वा बायोप्सीविना नै पत्ता लगाउन सकिन्छ । यदि क्यान्सर हो रहेछ भनेपनि कस्तो खालको र कति फैलिएको छ भन्ने कुरा पनि एमआरआईबाट थाहा हुन्छ । एमआरआईबाट शल्यक्रियामा कुन मांसपेसी, नसा, धमनी बचाउन सकिन्छ वा काट्नु पर्ने हुन्छ सो बारेमा पनि आँकलन गर्न सकिन्छ । यसपछि गिर्खाको सानो शल्यक्रिया गरी बायोप्सी गरिन्छ, जसबाट सो गिर्खामा क्यान्सर छ÷छैन भनी निक्र्यौल गर्न सकिन्छ ।

सार्कोमा  भए के गर्ने ?


कुनै गिर्खा सार्कोमा भएको पुष्टि भएपछि पहिला सो क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ कि छैन भनी अनुसन्धान गरिन्छ । यस अर्थमा सार्कोमा अरु क्यान्सरभन्दा अलि फरक हुन्छ । अरु क्यान्सर झैं यो कलेजोमा नभई सिधै फोक्सोमा फैलिन्छ । मोटामोटी रुपमा भन्नुपर्दा हड्डीमा हुने र मासुमा हुने सार्कोमाको उपचार भिन्न हुन्छ । तर दुवै अवस्थामा रोग पूर्ण निर्मूलीकरण गर्न शल्यक्रिया अनिवार्य हुन्छ ।

 
हड्डीको सार्कोमा पुष्टि भएपछि बिरामीलाई केही हप्ता केमोथेरापीमा राखिन्छ, शल्यक्रिया गरिन्छ र केही हप्तापछि पुनः केमोथेरापी सुरु गरिन्छ । मासुको सार्कोमाका बिरामीलाई भने कि त शल्यक्रिया मात्र गरिन्छ कि त शल्यक्रियासँग रेडियोथेरापी पनि दिइन्छ । सार्कोमाको शल्यक्रिया गर्दा क्यान्सर फेरि दोहोरिएर नआओस् भनी विशेष सतर्कता अपनाइन्छ । जसमा क्यान्सरसँगै छेउको नर्मल टिस्युलाई मार्जिनका रुपमा लिनु आवश्यक हुन्छ । क्यान्सरले ग्रसित हड्डीलाई निकालेर कृत्रिम जोर्नी राख्ने कामदेखि लिएर क्यान्सरले ग्रसित रगतका धमनी वा नशासमेत कृत्रिम रुपमा बनाउनुपर्ने हुन्छ ।

 

 

के सार्कोमा निर्मूल गर्न सकिन्छ ?


 
पश्चिमेली देशको तथ्यांक हेर्ने हो भने हातखुट्टाको सार्कोमाबाट ग्रसित हरेक १० बिरामीमध्ये ९ जनाको उपचारपछि रोग निर्मुल हुने गरेको पाइन्छ । हरेक ५ बिरामीमध्ये मात्र एक जनाको हात या खुट्टा बचाउन नसकिने अवस्था आउँछ । यदि क्यान्सर अरु अंगमा फैलिएको रहेछ भने ज्यानलाई खतरा हुने र उपचार गर्न पनि जटिल हुन जान्छ । तर सुरु अवस्थामा यदि उपचार सुरु गर्ने हो भने यसको पूर्ण निर्मूलीकरण सम्भव छ । हाम्रो देशमा सार्कोमाका बारे कुनै आधिकारिक तथ्यांक नभएकाले यी अंकसँग दाँज्न सकिन्न । तर आजको दिनमा सार्कोमाको उपचार नेपालमै संभव छ । आगामी दिनमा व्यवस्थित रुपमा यसको उपचार गर्न सक्यौं भने हामीले पनि पश्चिमा मुलुकमा जस्तै राम्रो नतिजा दिन सक्छौं ।

 
 
पहिलो कुरा, सार्कोमा जटिल क्यान्सर भएकाले यसको उपचार सार्कोमासँग सम्बन्धित विशेषज्ञ उपलब्ध हुने अस्पतालमा हुनुपर्छ । दोस्रो कुरा, सार्कोमाको उपचारका लागि दातृ निकायसँग सहकार्य गरी राष्ट्रिय कोष खडा गर्नु आवश्यक छ । विकसित मुलुकमा विभिन्न गैरसरकारी कोषहरुले सफलतापुर्वक सार्कोमा उपचार र अध्ययनमा सशक्त भूमिका निर्वाह गरेका  प्रशस्तै उदाहरण छन् । तेस्रो कुरो, नेपालमा पनि सरकारीस्तरबाट अरु अंग झै हाडजोर्नी दान तथा हड्डीको बैंक अर्थात्  बोन बैंक  विकसित गर्नु आवश्यक छ । चौथो र सबभन्दा महत्वपूर्ण कुरा चाहिँ सचेतना हो । यो चिकित्सक तथा बिरामी दुवैमा हुनु जरुरी छ । बिरामीले शंकास्पद गिर्खाको समयमै जाँच गराउने र चिकित्सकले पनि गिर्खा सार्कोमा हुन सक्ने शंकालागेमा विशेषज्ञलाई रिफर गर्नुपर्छ ।




स्रोत ::एजेन्सी 


स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारीको लर्को वीरगञ्जमा {,health news}

Posted by Sura Health on |

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारीको लर्को वीरगञ्जमा {,health news}
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारीको लर्को वीरगञ्जमा {,health news}
hospital image

काठमाडौं–१७ वर्षदेखि चलिरहेको राष्ट्रिय पोलियो खोप अभियानको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुन स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारीको लर्को वीरगञ्ज पुगेको छ ।

 

शनिबार सुरु हुने पोलियो थोपा खुवाउने कार्यक्रमको शुक्रबारै वीरगंजमा स्वास्थ्य मन्त्री विद्यधर मल्लिकले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रम अनावश्यक रुपमा जिल्लामा गरिनु र मन्त्रालय र विभागका अधिकांश कर्मचारीलाई उपस्थित हुन उर्दी जारी गर्नु सरकारी खर्चको दुरुपयोग भएको मन्त्रालयकै अधिकारीहरुको टिप्पणी छ ।

 

नयाँ सरकार बन्ने क्रममा स्वास्थ्य मन्त्री मल्लिकले ‘हाकिमहरुको चाकडी कम हुँदै गएको पाएपछि शक्तिशाली देखाउँन सबै हाकीमलाई उपस्थित हुनै पर्ने उर्दी जारी गरेको’ मन्त्रालयको उच्च स्रोतको भनाई छ । स्वास्थ्य मन्त्रीको ठाडो निर्देशनपछि अधिकांश हाकिम कामै नभएपनि वीरगञ्ज पुगेका हुन् । ‘यहाँ मैले जो–जो देखेको छु, ती मध्ये ९५ प्रतिशतको यहाँ कामै थिएन।’ वीरगञ्जमा रहेका स्वास्थ्यकै एक उच्च अधिकारीले भने, ‘यहाँ हेर्दा लाग्छ नाटक भइरहेको छ ।’

 

स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रविण मिश्र वीरगंज जाने भनेर टिकटसमेत लिइसकेपछि सन्चो नभएको भन्दै गएनन् । सामान्य रुघा लागेपनि मन्त्रीले अनावश्यक रुपमा धेरैलाई बोलाएको भन्दै असतुष्ट रहेका उनले ‘बिरामीको वहानामा कार्यक्रम बहिष्कार गरेको बुझाई केही उच्च अधिकारीको छ । ‘हिजो मन्त्रालय आउँदासम्म सचिवलाई केही भएको थिएन्, आज बिरामी भएको सुनियो ।’ मन्त्रालय स्रोतले भन्यो, ‘विदेश धाइरहन सक्ने सचिव, रुघा लाग्दैमा घरमै सुत्नुपर्ने थिएन, असन्तुष्ट भएरै हो ।’

 

मन्त्रालय र विभागका दशौ, एघारौ र बा¥हौं तहका अधिकांश चिकित्सक एवं कर्मचारी वीरगञ्जमा छन् । बाल स्वास्थ्य महाशाखाका भने सबैजसो कर्मचारी वीरगञ्ज पुगेका छन् । वीरगंज पुग्नेमा १२ औ तहकी डा.शिला बर्मा, विभागका महानिर्देशक लखनलाल शाहसमेत छन् । मन्त्रालयका डा.रोजेनसुन्दर श्रेष्ठ, उपसचिवहरु मुकुन्द निरौला र केदार अधिकारीलाई भने सचिवले रोकेको बुझिएको छ । ‘यसो घुम्न हुन्थ्यो, सचिवले नजा भने ।’ एक अधिकारी भने ।

 

त्यसैगरी विभागबाट बाल स्वास्थ्य महाशाखाका निर्देशक डा.सेनेन्द्रराज उप्रेति, एचआइभी केन्द्रका निर्देशक डा.नरेशप्रताप केसी, परिवार स्वास्थ्यकी निर्देशक डा.किरण रेग्मी, इडिसिडी निर्देशक डा.बाबुराम मरासैनीलगायत पनि वीरगन्ज पुगेका छन् । केही हाकीम भने मन्त्रीसँग नजिक हुने अवसर पाइने भएकाले वीरगन्ज गएको जनाइएको छ ।

 

तीन वर्षदेखि कुनै पनि संक्रमण नभेटिएपछि दक्षिणपूर्वी एसिया क्षेत्रका सम्पूर्ण देश नै आगामी फेब्रुअरी १२ देखि पोलियो संक्रमण शून्य देश घोषित हुँदैछन् । त्यसलगत्तै नेपालमा अन्तर्राष्ट्रिय टोली आएर शून्य प्रमाणीकरण गरी पोलियोमुक्त राष्ट्र घोषणा गरिनेछ । यस्तो अवस्थामा बालबालिकालाई पोलिया थोपा खुवाउनु जरुरी  भएपनि भव्य उद्घाटन र  हाकीमको लर्को अनावश्यक र अनियमितता भएको वरिष्ठ चिकित्सकहरुको भनाई छ ।

 

१५ औ राष्ट्रिय पोलियो खोप अभियान शनिबार सुरु हुँदैछ । पहिलो चरणमा पुष ६ गते तराई र पहाडका ६८  जिल्लामा र दोस्रो चरणमा चैत ८ र वैशाख १३ गते ७ हिमाली जिल्लाका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो थोपा खुवाइने कार्यक्रम स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । १७ वर्षदेखि जारी अभियान गत वर्ष भने खोप अभावका कारण सञ्चालन भएको थिएन् । अभियानमार्फत् मुलुकभरका करिव ४२ लाख २६ हजार बालबालिकालाई थोपा खुवाइनेछ ।
स्रोत :स्वस्थ्य खबरपत्रिका

हृदयघातबाट जोगिन दिनको एउटा स्याउ खाउ {health apple}

Posted by Sura Health on |

हृदयघातबाट जोगिन दिनको एउटा स्याउ खाउ health apple
apple image


हृदयघातबाट जोगिन दिनको एउटा स्याउ खाउ {health apple

बेलायती अनुसन्धानकर्ताले ५० वर्ष भन्दा माथिको उमेरमा हरेक दिन एउटा स्याउ खाए हरेक वर्ष हृदयाघातका कारण हुने मृत्यु ८ हजार ५ सयले कम गर्न सकिने बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले स्याउले बिना कुनै साइड इफेक्ट मुटुको स्वास्थ्यका लागि औषधिले जत्तिकै काम गर्ने दावी गरेका छन् । मुटु सम्बन्धि समस्याका लागि दिईने स्टाटिन औषधीले जस्तै स्याउबाट पनि कोलेस्ट्रोलको मात्रा घटाउन सकिने अनुसन्धानकर्ताको भनाइ छ ।


स्याउ एन्टीअक्सिडेन्ट र फ्ल्याभानोइड्स भनिने रासायनिक यौगिकहरुको प्राकृतिक श्रोत भएकाले स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । बेलायतमा दुई तिहाई वयस्कहरुले तोकिएको मात्रामा अर्थात् दैनिक खाने कूल खानेकुराको पाँच भाग फलफूल र तरकारी खाने गरेका छैनन् ।


खानेले पनि दिनमा एक भाग मात्रै खाने गरेको पाईएको छ । ५० वर्ष भन्दा माथिको उमेरमा मुटु सम्बन्धि रोगको जोखिम बढी हुने भएकाले त्यसबेला स्याउको उपभोग सबैभन्दा महत्वपूर्ण हुने अनुसन्धानकर्ताको भनाइ छ ।                                                                                                                                                          

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips