राजस्थानद्वारा हैदरावाद पराजित

Posted by Sura Health on |







iplकाठमाडौं, जेठ ४ – आइपिएल क्रिकेट अन्तरगत गएराती भएको खेलमा सनराईजर्स हैदरावादले राजस्थान रोयल्सलाई २३ रनले पराजित गरेको छ ।
टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले राजस्थानलाई १ सय ३७ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ्ग थालेको राजस्थान ९ विकेटको क्षतिमा १ सय १३ रनमा समेटियो ।जितसंगै हैदरावाद ९ वटा टिम सहभागी आइपिएल क्रिकेटको अंक तालिकामा चौथो स्थानमा पुगेको छ । जितसंगै हैदरावादले प्लेअफ पुग्ने सम्भावना बढाएको छ ।
यसअघि मुम्बई, चेन्नई र राजस्थान प्लेअफमा पुगिसकेका छन् । बेङ्लोरले शनिबार चेन्नईसंग हुने खेल जित्ने र हैदरावादले आइतबार कोलकातासंग हारेको अवस्थामा मात्र बेङ्लोर प्लेअफमा पुग्नेछ ।
चौथो स्थानमा रहेको हैदरावादको १८ अंक छ भने पाँचौस्थानमा रहेको बेङ्लोरको १६ अंक छ । आइपिएलमा शनिबार दिउँसो किंग्स इलेभेन पंजाब र मुम्बई इन्डियन्स तथा बेलुकी सवा आठ बजे बेङ्लोर र चेन्नई भिड्नेछन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips