राष्ट्रिय खेल घोषणा नहुँदा खेलाडी चिन्तित

Posted by Sura Health on |








७ जेठ, काठमाडौं । कुनै पनि मुलुकको राष्ट्रिय खेल हुन्छ । तर बिडम्बना नै भन्नुपर्छ, नेपाली खेलकुदको विकासका लागि ५१ वर्षअघि स्थापना भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्म आˆनो देशको राष्ट्रिय खेल कुन हो भन्ने पहिचान गर्नसकेको छैन ।
परिषद्मा हालसम्म १२६ वटा खेलकुद सङ्घ दर्ता भएका छन् । कुन खेलकुद सङ्घको काम के हो र त्यसको कार्यालय कहाँ छ भन्नेसमेत थाहा छैन खेलकुद परिषद्लाई । तर, धेरैजसो सङ्घले भने आ-आˆनै खेललाई राष्ट्रिय खेल भनी दाबी गरिरहेका छन् । अझ, कतिपय सङ्घले त आˆनो खेललाई नै राष्ट्रिय खेलको मान्यता दिनुपर्‍यो भन्ने माग पनि गरिरहेका छन् । यस्तो माग गर्नेमा सबैभन्दा अगाडि अखिल नेपाल कबडी सङ्घ । कबडी सङ्घले धेरै समय अगाडिदेखि आफ्नो खेललाई राज्यले राष्ट्रिय खेलको मान्यता दिनुपर्‍यो भन्ने माग राख्दै आएको छ ।
सङ्घका अध्यक्ष लालकुमार लामाले सरकारले आधिकारिक रुपमा कुनै पनि खेललाई हालसम्म राष्ट्रिय खेलको मान्यता नदिएको बताउदै भन्नुभयो, “लोकसेवा आयोगको कोर्स, सामान्य ज्ञान र विद्यालयका पाठयसामग्रीमा समेत कबडीलाई राष्ट्रिय खेलका रुपमा उल्लेख गरेको हुनाले यसैलाई राष्ट्रिय खेलको मान्याता दिनुपर्छ ।” कबडी खेल नेपालको भूगोल सुहाउँदो भएको हुनाले आम जनता यस खेलमा जानकार भएको दाबी अध्यक्ष लामा गर्नुहुन्छ । कबडी खेल युवादेखि वृद्धासम्मले खेल्न जानेका छन्, गाउँघरमा गोठालो जाँदा चौरमा भेला भएर रमाइलो गर्न यो खेल युगौंदेखि खेलिने खेल हो र अहिले पनि व्यावसायिकरुपमा यस खेलको विकास भइसकेको तर्क उहाँ पेस गर्नुहुन्छ ।
पञ्चायतकालमा तत्कालीन परराष्ट्रमन्त्री स्वर्गीय शैलेन्द्रकुमार उपाध्यायले कबडीलाई राष्ट्रिय खेल घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत लिएर गएको स्मरण गर्दै अध्यक्ष लामाले तर सोही दिन मन्त्रिपरिषद् भङ्ग भएकाले प्रस्ताव पेस हुननसकेको बताउनुभयो । त्यसबाहेक राष्ट्रिय खेलको मान्यता दिन जोडदाररुपमा आवाज उठाइने अर्को खेल हो-डन्डिबियो । नेपाल डन्डिबियो सङ्घले पनि आफ्नो खेललाई राष्ट्रिय खेल घोषणा गर्न लामो समयदेखि माग गर्दै आएको छ ।
सङ्घका सदस्य मोतिराम फुयाँलको आफ्नै दाबी छ, “डन्डिबियो गाउँदेखि सहरसम्म सबैले खेल्दै आएको पुरानो खेल हो । गोठालो जाँदा होस् या मेला-पर्व डन्डिबियो खेल्ने गरिन्थो, त्यसैले यसलाई राष्ट्रिय खेलको मान्यता दिइनुपर्छ ।” राष्ट्रिय खेल घोषणा गर्नुपर्ने माग राख्ने अन्य खेलमा बाघचाल, धनुषवाण, बेम्बो आर्चरी पनि रहेका छन् । यी खेलसम्बद्ध सङ्घहरुले पनि परापूर्वकालदेखि धार्मिक एवम् साँस्कृतिकरुपमा आ-आफ्नो खेल खेल्दै आएको दाबी गरेका छन् ।
यसबीच बाघचाल सङ्घको भने आफ्नै तर्क छ । बाघचाल सङ्घले आफ्नो खेल पुस्तौंदेखि देशका समग्र ग्रामीण भेगमा खेल्दै आएको र यो खेल जनमानसमा पनि सर्वसुलभ भएका कारण यसलाई नै राष्ट्रिय खेल घोषणा गनुपर्ने माग अघि सारेको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालको राष्ट्रिय खेल के राख्ने भन्ने विषयमा चार वर्षअघि परिषद्का तत्कालीन सदस्य-सचिव जीवनराम श्रेष्ठको पालामा कार्यशाला गोष्ठी गरेको थियो । तर त्यो गोष्ठीले भत्ता खानेबाहेक कुनै काम गर्ननसकेको परिषद्को प्रचारप्रसार शाखाका एक कर्मचारीले बताए ।
सिन्धुली जिल्लाका उसु खेलाडी मनोज अधिकारी भन्नुहुन्छ, “देश सङ्घीयतामा प्रवेश गर्न लागेको परिप्रेक्ष्यमा पूर्वका लिम्बूवानले एउटा खेल, पश्चिमका थरुहटले अर्को खेल, ताम्सालिङ, मगरात र नेवाः राज्यको आ-आफ्नै खेल होला । यी सबैका मागप्रति आ-आˆनै अडान र विवाद रहने भएकाले राष्ट्रिय खेल निक्र्योलका लागि बृहत् जनमत सङ्कलन गरिनुपर्ने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुको भनाइ रहेको छ । खेलकुद परिषद्का योजना विभाग प्रमुख कमल खनाल सरकारले चाँडै नै राष्ट्रिय खेलको टुङ्गो लगाउनेे बताउनुहुन्छ । अहिलेसम्म राष्ट्रिय खेलबारे अन्योल कायमै रहेको उल्लेख गर्दै उहाँले तत्कालीन सदस्य-सचिव जीवनराम श्रेष्ठको पालामा भएको कार्यशालाबाट निस्केको निस्कर्ष र अर्को कार्यशालासमेत आयोजना गरी खेलविज्ञहरुबाट प्राप्त सल्लाह एवम् सुझावअनुसार राष्ट्रिय खेलको घोषणा हुने बताउनुभयो ।
युवा तथा खेलकुदमन्त्रालयका उप-सचिव शालिकराम शर्मा नेपालको राष्ट्रिय खेल कुनलाई बनाउने भन्नेबारे खेलविज्ञ, खेलाडी र अन्य सरोकार निकायसँग परामर्श गरिनुपर्नेमा जोड दिनुहुन्छ । डन्डिबियो नेपालको राष्ट्रिय खेल हो भनेर केही पाठयसामग्रीमा समावेश गरिएको पाइएता पनि त्यसमा कुनै सत्यता नभएको बताउँदै उहाँले भन्नुभयो, “हालसम्म नेपालको राष्ट्रिय खेल यही हो भनेर सरकारी स्तरबाट घोषणा गरिएको छैन ।”
नेपालीहरुले परापूर्वकालदेखि खेल्दै आएका साँस्कृतिक एवम् पौराणिक खेलहरु तारो हान्ने, छेलो हान्ने, धनुषवाणलगायत थुप्रै खेल छन् । एकातिर ती खेलको महत्व र तिनले समाजमा स्थापित गरेको मान्यतालाई अङ्गीकार गर्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतर्फ क्रिकेट, फुटबल र मार्सलआर्टजस्ता खेलको लोकपि्रयता एवम् सफलताले पनि तिनलाई राष्ट्रिय खेलको मान्यता दिन घचघच्याइ रहेको बताउनुहुन्छ-बक्सिङका ओलम्पियन खेलाडी रामप्रसाद गुरुङ । तसर्थ सरकारले चाँडै नै राष्ट्रिय खेल घोषणा गर्नुपर्नेमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा आम खेलप्रेमीले जोड दिएका छन् 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips