मुटु रोगीद्वारा सहयोग गर्न अपिल

Posted by Sura Health on |







संखुवासभा, वैशाख ३१ - मुटु रोगी तीन वर्षीया छोरी कोइसा थापाको ज्यान बचाउन रामेछाप सुकाफोर ६ बस्ने कुमार थापाले आग्रह गरेका छन । थापाको मुटुमा नशा टालिएको छ । उपचार नेपालमा हुन नसक्ने भएपछि सहयोग माग्न २२ जिल्ला पुगिसकेको उनले बताए ।
२२ जिल्लामा केही रकम जुटाए पनि अझै छोरीको उपचार गर्न रकम अपुग भएको उनले गुनासो गरे । कुमार सहयोग रकम संकलनका लागि अहिले संखुवासभा सदरमुकाम खाँदबारी आइपुगेका छन् । थापाले मुटु रोगी छोरीको उपचार गर्न १० लाख रुपैयाँ आवश्यक भएको बताए । चिकित्सकले उपचार गर्न उनलाई भारतको नयाँ डिल्लीस्थित गुडगाउँको मैदान्त अस्पताल लैजान भनेका छन् ।
muturogथापाले आफ्नी छोरी बचाउन आग्रह गर्दैै विभिन्न जिल्लाहरमा सहयोगको अपिल गरिरहेका छन् । छोरीको उपचार र जीवन रक्षाका लागि सहयोगी कोइसाका बुबा कुमारले सहयोग गर्नेलाई धादिङमा रहेको सानिमा विकास बैंकको खाता नं. ४००००१६८०१२ मा रकम जम्मा गर्न आग्रह गरेका छन् । बालिका काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका लागि भर्ना गरिए पनि रकम अभावका कारण घरमा फर्काउन बाध्य भएको उनले बताए । कुमारले सहयोग गर्ने दातालाई ९८५१०७४४६१ मा खबर गर्न समेत अनुरोध गरेका छन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips