टिम अस्पताल राख्न माग गर्दै आन्दोलित

Posted by Sura Health on |







झाङ, जेष्ठ १ - डडेलधुरामा लामो समयसम्म सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्‍याएको टिम अस्पताललाई स्थानीय बित्थडमा स्थापना गरिनुपर्ने माग राख्दै जिल्लाबासी आन्दोलित भएका छन् । बित्थडमा अस्पताल स्थापना गर्न टिम अस्पताल डडेलधुराबाट एक महिनाअघि सामग्रीहरू ढुवानी भइसकेको तर पछिल्लो समय अस्पताल सार्ने विषयमा राजनीतिक चलखेल भई सामान फिर्ता गर्न थालेपछि स्याडी गाविसलगायत आसपासका गाविसवासी आन्दोलनमा उत्रेका हुन् । डडेलधुरामा नेपाल सरकारअन्तर्गत उपक्षेत्रीय अस्पताल स्थापना हुने भएपछि विदेशीले सञ्चालन गरेको टिम अस्पताल डडेलधुरा, बैतडी, बझाङ, दार्चुलाको पाइक पर्ने गरी बित्थडमा राख्न टिम अस्पताल व्यवस्थापनले नै मालसामान ढुवानी गरेको थियो । यसका कर्मचारी र डडेलधुराका दलका नेताहरूले टिम अस्पताल बझाङ आउन रोक लगाएका थिए । नेताहरूको विरोधसँगै प्रहरीले बित्थडका सामान लिन खोजेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच आइतबार बेलुका सामान्य मुठभेड भएको प्रहरीले जनाएको छ । स्थानीयवासीले बित्थडमा आएको अस्पतालका सामान फिर्ता नदिने दबाब दिँदै आएका छन् । स्थानीयवासीले आइतबारबाट सडक अबरुद्ध गरी सडकमा धर्ना दिएको त्यहाँका शिक्षक मुरेलीधर अवस्थीले जनाए । स्थानीयवासी र प्रहरीबीच मुठभेडको खतरा देखिएकाले सदरमुकामबाट सोमबार प्रहरी निरीक्षक नेतृत्वमा थप बल स्थलमा पठाएको छ । सामान रातारात फिर्ता गर्न डडेलधुराबाट प्रहरी परिचालन गरेपछि स्थानीयवासी झन् आक्रोसित भएका छन् । आन्दोलनका अगुवा जयबहादुर बोहराले भने, 'अस्पताल बित्थडमै आवश्यक छ, यसका लागि हामी कुनै पनि मूल्य चुकाउन तयार छौं ।' आन्दोलनमा जिल्लास्थित सबै दलको समर्थन छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips