गर्मीमा ‘सफ्ट ड्रिंक्स’ लिनुहुन्छ ? होसियार

Posted by Sura Health on |








तपाइँले कोकाकोला, फान्टा, पेप्सी जस्ता पेय पदार्थ तथा विभिन्न नामका जुस कत्तिको पिउने गर्नुभएको छ ? गर्मी बढेसँगै यस्ता पेय पदार्थको उपयोग ह्वात्तै बढ्छ । जिउ चिसो बनाउने र मुख मीठो बनाउने बहानामा यस्ता हल्का पेय पदार्थ अधिकांसले पिउँछन् । यी हल्का पेय पदार्थ खानलाई त मीठो हुन्छ तर यसले स्वास्थ्यमा भने नराम्रो असर पूराउँछ ।
चिनिको मात्रा बढि हुने ‘सफ्ट ड्रिंक्स’ को नियमित सेवन गर्ने मानिसमा मधुमेहको खतरा बढि हुने गरेको एक अध्ययनले देखाएको छ । दिनमा कम्तिमा एक क्यान सफ्ट ड्रिंक्स गर्ने मानिसमा मधुमेह हुने खतरा महिनामा एक क्यान मात्र ‘सफ्ट ड्रिंक्स’ लिनेमा भन्दा पाँच गुणा बढि हुने शोधकर्ताहरुको दाबी छ ।

युरोपियन जर्नल डाइबेटोलोजियामा छापिएको खबर अनुसार ‘सफ्ट ड्रिंक्स’ले मधुमेहको खतरा बढाउनुका साथै वजन समेत बढाउँछ । बेलायत, जर्मनी, डेनमार्क, इटाली, स्पेन, स्विडेन, फ्रान्स तथा नेदरल्याण्डका वैज्ञानिकहरुले संयुक्त रुपमा झण्डै ३ लाख ५० हजार जनामा यस्तो अध्ययन गरेका थिए ।

अधिकांस ‘सफ्ट ड्रिंक्स’ मा चिनीको मात्रा उच्च हुने भएकाले त्यो सरीरका लागि हानिकारक हुने विज्ञहरुको मत छ । यद्यपि फलफूलको जुस भने गुलियो भएपनि स्वास्थ्यका लागि हानिकारक हुँदैन ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips