निमोनिया के हो यसबाट कसरी बच्ने |

Posted by Sura Health on |







      सामान्यतया न्युमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो । जसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । विशेष गरेर क्तचभउतयअयअअगक उलभumयलष्बभ प्रजातिको ब्याक्टेरियाले न्युमोनिया गराउँदछ । त्यस्तै केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया ९क्भखभचभ उलभumयलष्ब० गराउँदछन् ।

एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै घटे पनि त्यसले खतरनाक अवस्थासम्म भने पुर्‍याउँदछ । ७० वर्ष नाघेका व्यक्तिहरूमा अझै पनि न्युमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो ।

न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने छैन । एचआईभी/एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा लाग्ने न्युमोनिया चाँडै र धेरै लाग्दछ । त्यसैले केही अपि|mकन महादेशका देशहरू जहाँ ज्क्ष्ख्क्ष्ब्क्ष्म्क् व्याप्त छ, न्युमोनियाका बिरामीहरूको सङ्ख्या पनि अत्यधिक रहेको छ । न्युमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन् ।

व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि न्युमोनिया हुन सक्दछ । कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि न्युमोनिया देखिन सक्छ । अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, ज्क्ष्ख्क्ष्ब्क्ष्म्क् सङ्क्रमितहरू अङ्ग, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा न्युमोनिया चाँडै लाग्दछ । त्यस्तै धुम्रमान र मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्दछ ।

मानव शरीरमा एक जोडी फोक्सो हुन्छ । एउटा दाहिने पट्ट िर अर्को देब्रे पट्ट ि। दाहिने फोक्सो देब्रेभन्दा ठूलो र अलि गह्रुँगो हुन्छ त्यस्तै दाहिने फोक्सोमा छिर्ने श्वास नली छोटो, ठाडो र फराकिलो हुन्छ । फोक्सोका पनि खण्डहरू हुन्छन् । दाहिनेमा ३ वटा खण्ड हुन्छ भने देब्रेमा २ वटा खण्ड हुन्छ ।

न्युमोनियाले गर्दा फोक्सोको कुनै खण्ड -ीयदभ) को कुनै भागमा मात्र खराबी हुन सक्छ, कुनै एक खण्ड पूरै र एक वा बढी खण्ड पनि खराब हुन सक्छ जसलाई ९ीयदबच उलभumयलष्ब० लोबार न्युमोनिया भनिन्छ । फोक्सोका कुनै खण्डको सँगसँगै श्वास नलीका भागहरू ९द्यचयलअजष् र द्यचयलअजष्यभिक० पनि सङ्क्रमित भएमा ब्रोङ्को न्युमोनिया -द्यचयलअजय उलभumयलष्ब० भनिन्छ ।

अझ विशेष गरेर अचेत बिरामी तथा बच्चाहरूमा पेटको खानेकुरा सर्किएर श्वास नली हुँदै फोक्सोसम्म पुग्दछ । पेटको खाने कुरा सँगै ग्यास्टि्रक एसिड पनि फोक्सोमा पुग्ने हुँदा फोक्सोको कोषहरूमा क्षति पुग्न गई खतरनाक किसिमको न्युमोनिया हुन सक्दछ । जसलाई एस्पिरेसन न्युमोनिया ९ब्कउष्चबतष्यल उलभumयलष्ब) भनिन्छ । त्यसैले वान्ता गर्दा सर्किन सक्ने, खानेकुरा खाँदा बोलेमा सर्किन सक्ने भएकोले होशियार हुनु जरूरी छ ।

लक्षणहरू

बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र न्युमोनिया गराउने जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन् । व्याक्टेरियाले गर्ने न्युमोनियामध्ये पनि क्तचभउतय अयअअगक प्रजाति अति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल इन्फेक्सन भइसकेको व्यक्तिलाई बढी सताउने गर्दछ । यसको इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ । कहिलेकाँही ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ । केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ । केही दिनपछि खकार -पहेलो) आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ । सँगगँगै बिरामीको शरीरभरि डाबर आउन थाल्छ । बिरामीले छिटो-छिटो र छोटो छोटो सास फेर्न थाल्छ ।

फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले सास फेर्दा फोक्सो सङ्क्रमित भएको पट्ट िछाती फुल्दैन । यसरी फोक्सोले पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र त्यसलाई पूर्ति गर्न बिरामीले छोटो-छोटो र छिटो-छिटो सास लिनुपर्ने हुन्छ ।

उपचार

बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ । केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ । अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ । सास फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ भने बिरामीले मास्क लगाउन जरूरी छ । त्यस्तै मुख र छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ, ज्वरो र छातीको दुखाइका लागि औषधि लिनुपर्दछ ।

समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा माथि उल्लेख गरिएका लक्षणहरू देखिने वित्तिकै अस्पताल जानु बुद्धिमानी हुन्छ ।                                                           स्रोत :काठमाडौँ युनिभर्सिटि मेडिकल स्कुल|

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips